Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

दुई हजार थान लागुऔषध सहित दुई पक्राउ

\"\"काठमाडौँ । प्रहरीले दुई हजार ३६७ थान लागुऔषध एम्पुलसहित दुई जनालाई आज पक्राउ गरेको छ । नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको विशेष टोलीले काठमाडौं, बूढानीलकण्ठ नगरपालिका– ७ बाट पक्राउ गरेकामा काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नं १ का दिनेश थापा र तेह्रथुम आठराई नगरपालिका–४ घर भई नयाँ बजार बस्ने पदम आले मगर रहेको लागुऔषध ब्युरोका प्रमुख धिरु बस्नेतले जानकारी दिएका छन् । निजहरुका साथबाट रु ४७ हजार नेपाली र एक हजार ९२० भारतीय रुपैयाँ पनि बरामद गरिएको छ । मुलुकमा हाल लागुऔषध प्रयोगकर्ताको संख्या करिब एक लाख रहेको प्रहरीले जनाएको छ । काठमाडौँ, पोखरा, बुटवल, धरानलगायत सहरमा लागुऔषध दुव्र्यसनीको संख्या अरु शहरको तुलनामा बढिरहेको जनाइएको छ । लागुऔषध प्रयोगकर्ता खास गरी १४ देखि २५ वर्ष उमेर समूहका भएको पाइएको छ । पछिल्लो छ वर्षमा लागुऔषध दुव्र्यसनीको संख्या दोब्बर पुगेको तथा सात प्रतिशत महिला रहेको जनाइएको छ । पछिल्लो समय विद्यार्थीका अतिरिक्त यातायात मजदूरले पनि यसको प्रयोग गरेको पाइएको ब्युरोले जनाएको छ । लागुऔषधका दुव्र्यसनीले हाल ससाना समूहमा यसको प्रयोग र व्यवसाय गर्दै आएको तथ्यांक प्रहरीले फेला पारेको छ । एक पटक दुव्र्यसनमा परिसकेका व्यक्तिलाई लागुऔषधको व्यवसायमा पुनःसंलग्न हुन यसको ओसारपसारमा संलग्न गिरोहले प्रोत्साहन गर्ने गरेको प्रहरीको ठम्याइ छ । अवैध हातहतियारको व्यापारपछि दोस्रो ठूलो व्यवसायका रुपमा गिरोहले लागुऔषध ओसारपसारलाई चलाउँदै आएको छ । हातहतियारको अवैध ओसारपसार र लागुऔषधको व्यवसाय अन्तर्राष्ट्रिय समस्याका रुपमा रहँदै आएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE