Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

यसरी ठग्दैछन् निजी विद्यालयले

काठमाडौं, मनपरी शुल्क लिएर निजी विद्यालयहरूले अभिभावक ठग्दै छन् । सम्बन्धित सरकारी निकाय फितलो नियमका कारण बेथिति बढेको भन्दै मौन बसेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–सरकारले मासिक अधिकतम शुल्क मात्रै तोकेको छ । निजी विद्यालयहरूले त्यसबाहेकको मर्मत, खेलकुद, खाजा तथा खानालगायतका शीर्षकमा मनपरी शुल्क असुलिरहेका छन् । उनीहरूले मासिक शुल्क भने सरकारले निर्धारण गरेकै शुल्कको वरिपरि तोकेका छन् । ललितपुरका जिल्ला शिक्षा अधिकारी शिवकुमार सापकोटाले ट्युसन फीबाहेक अरू शीर्षकमा अधिकतम कति लिन पाउने भन्ने कानुनले नतोकेका कारण समस्या भएको बताए । ‘अधिकतम शुल्क निर्धारण नभएकाले बेथिति भएको छ, उनले भने, ‘खाजा, खाना स्विमिङ, खेललगायतका शीर्षकमा मनलाग्दी लिने अभ्यास भइरहेको छ, तर कानुनले अधिकतम तोकेको छैन ।’ अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले अधिकतम मासिक शिक्षण शुल्क मात्रै तोक्ने, तर अरू शीर्षकमा अधिकतम शुल्क नतोक्दा निजी विद्यालयहरूले अभिभावक लुट्ने अवस्था सिर्जना भएको बताए । ‘मासिक शिक्षक शुल्क तोकिएअनुसार लिने र अरू शीर्षकमा अभिभावकको ढाड सेक्ने काम भएको छ, अरू शीर्षकमा पनि तत्काल अधिकतम सीमा तोकिनुपर्छ,’ उनले भने । आफूहरूले शिक्षा विभागमा यो प्रस्ताव लगिसकेको उनले बताए । अखिल (क्रान्तिकारी) का संयोजक रमेश मल्लले निजी विद्यालयहरूले मासिक शिक्षण शुल्क पनि बढाउने र अन्य शीर्षकमा समेत मनपरी असुलिरहेको बताए । आफ्नो संगठनले त्यस्ता धेरै विद्यालयले तोकेको शुल्क विवरण संकलन गरेको उनले बताए । ०७२ का लागि काठमाडौं र ललितपुरमा मासिक शिक्षण शुल्क निर्धारण गरिएको छ । काठमाडौंमा २२ र ललितपुरमा २० प्रतिशत शुल्क वृद्धि भएको छ । २२ प्रतिशत शुल्क वृद्धि भएपछि काठमाडौंका प्राविमा एक हजार तीन सय ४२, निमाविमा एक हजार पाँच सय २५ र माविमा दुई हजार ७४ निर्धारण गरिएको छ । ललितपुरमा २० प्रतिशत शुल्क वृद्धि भएपछि प्राविमा एक हजार तीन सय २०, निमाविमा एक हजार पाँच सय, माविमा दुई हजार ४० पुगेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending