Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

‘ममताले गोर्खा समुदायको स्वाभिमानमा चोट पुर्याइन्’

\"\"गोर्खाल्याण्डको माग गर्दै अहिले दार्जिलिङमा भइरहेको आन्दोनल केही हदसम्म सन् १९८५-८६ को आन्दोलन जस्तै लागिरहेको छ । त्यसबखत गोर्खा लिबरेशन फ्रन्ट यो क्षेत्रको एक बलियो संगठन थियो। उनीहरुले करिब चार-पाँच वर्ष आन्दोलन चलाएका थिए। अहिलेको अवस्था पनि त्यस्तै देखिंदैछ । यसको कारण के हो भने गोर्खाहरु एकदमै आक्रोशित छन्। उनीहरुको आम्दानीमा पनि चोट पुगेको छ । गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशनलाई लिएर गरिएको व्यवस्थाबारे गोर्खा समुदाय विशेष रुपमा असन्तुष्ट छ । उनीहरुलाई लागेको छ कि पश्चिम बंगाल सरकारले त्यसको सफलताको बाटोमा हरेक प्रकारले बाधा पुर्याइरहेको छ। र त्यसलाई विफल तुल्याउन सबै प्रकारको षडयन्त्र र कोसिस गरिएको छ। गोर्खाल्याण्डको माग यसकारण जबसम्म छुट्टै राज्य पाईंदैन तबसम्म आफ्नो क्षेत्रमा आफूले चाहेको काम गर्न सकिंदैन भन्ने उनीहरुलाई अनुभव भैरहेको छ । यसका पछाडि केही ठूला कारणहरु छन् । एक त ममता ब्यानर्जीको सरकारले पहाडमा गोर्खा समुदायबीच विभिन्न तरिकाले साम्प्रदायिक फूट ल्याउने प्रयास गरेको छ । \"\" र सबैभन्दा ठूलो कुरा के पनि हो भने गोर्खा समुदायका साथ त्यहां रहेका लेप्चा र भूटियाहरुलाई पनि विभाजित गर्ने कोसिस गरिएको छ । संगसंगै गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशनले पाउँदै आएको रकममा पनि थरीथरीका वाधा सृजना गरिएको छ, यद्यपि केन्द्रबाट आउने पैसा भने आइरहेकै छ । यसबाट गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशनको सत्ता सम्हालिरहेको गोर्खा जनमुक्ति मोर्चा रुष्ट छ । यसो हेर्दा गोर्खाल्याण्डलाई स्वायत्तता दिन भनी गरिएको प्रयोग पूर्ण रुपमा असफल भएको जस्तो देखिन्छ । र अहिले जे गडबडी भएको छ, त्यसबाट नेपालीभाषी गोर्खा समुदायको स्वाभिमानमा ठेस पुगेको छ । गडबडी के हो भने ममता ब्यानर्जीको सरकारले अचानक दार्जिलिङ सहित पश्चिम बंगालका सबै कुनामा बंगाली भाषाको पढाइ अनिवार्य हुने घोषणा गरिदिएको थियो । त्यस्तो आदेश पछि फिर्ता लिइयो, तर त्यसबेलासम्म आगोमा घिउ थप्ने काम भइसकेको थियो र आगो पनि फैलिन थाल्यो । यही कारणले गर्दा गोर्खा समुदायलाई आफू एक फरक जाति र समुदाय हो भन्ने लागेको छ। बाँकी बंगालसंग आफ्नो कुनै तालमेल नरहेको पनि उनीहरुलाई लागेको छ । तर साँचो कुरा के पनि हो भने वर्षौंदेखि बंगाली र गोर्खाहरु संगै बस्दै आएका थिए । पर्यटनमा नोक्सान मलाई लाग्छ गोर्खा समुदायका मानिसहरुले विवेक प्रयोग गरिरहेका छैनन् । त्यहाँ कामकाज बन्द गर्न सकिन्छ। त्यहाँको टोइ ट्रेनका नामले प्रसिद्ध रेल सेवा पनि रोक्न सकिन्छ । सन् १९६०-६१ मा बांग्ला भाषाको विषयलाई लिएर असममा रहेका बंगालीहरुले आन्दोलन गरेका थिए, त्यसबेला तिनीहरु रेल लाइनमा गएर बसेका थिए । रेलवे सेवा बन्द गरिदिन सकिन्छ। तर स्टेशनमा आगो लगाउने, पर्यटनको आधारभूत संरचनालाई नै ध्वस्त पार्ने जस्ता काम बुद्धिमत्तापूर्ण कदापि होइनन् । \"\" सहि सोच राख्‍ने गोर्खा समुदायले यस्तो काम गरेको हुन सक्दैन । यो गोर्खाल्याण्ड आन्दोलनलाई हानी पुर्याउन खोज्नेहरुको काम हुन सक्छ । मानिलिउँ आजैबाट उनीहरुले गोर्खाल्याण्ड पाए रे, काल्पनिक अवस्थै भएपनि त्यो अवस्थामा उनीहरुले बिगारेका सबै संरचना फेरि बनाउन खर्च त गर्नै पर्ने हुन्छ । यदि मानिसहरु साँच्चै आन्दोलनकारीहरुका साथमा छन् भने शान्तिपूर्ण तरिकाले पनि आन्दोलन संचालन गर्न सकिन्छ । गोर्खा जनमुक्ति मोर्चा र उसका नेता बिमल गुरुङ र रोशन गिरीले मानिसहरु आफ्नो पक्षमा रहेको भन्दै छन् । तर साँच्चै उनीहरुको साथमा जनता छन् भने रेलवे स्टेशन जलाउने, चिया बगानमा आक्रमण गर्ने, पूर्वाधारका संरचनामा क्षतिपुर्याउने जस्ता कामहरुलाई सहि भन्न सकिन्न । किनभने टि, टिम्बर र टुरिजम् अर्थात चिया, काठ र पर्यटन दार्जिलिङको अर्थतन्त्रको मुख्य श्रोत हुन् । नयाँ राज्य गठन गर्ने बारे प्रश्न यदि तपाईं अलग राज्यको माग गरिरहनु भएको छ भने यी सबै उद्योगहरुलाई नाफा कमाउन सक्ने अवस्थामा कायमै राख्‍नु कुनै पनि राज्यको लागि एकदम जरुरी हुन्छ । यदि तपाईंले केन्द्रलाई यो आधारभूत शर्त पूरा गर्ने भरोसा दिन सक्नु भएन भने केन्द्रले नयाँ राज्य गठन गर्ने मागमाथि कहिले पनि विचार गर्ने छैन । यो कुरा गोर्खाल्याण्डका वरिष्ठ नेताहरुले बुझेका छन्, तर युवा नेताहरुले यो कुरा बुझेका छैनन् । उनीहरुले अचानक आएको पैसा देखेका छन्, तर त्यो पैसा कहाँबाट आइरहेको हो भन्ने उनीहरुले देखेका छैनन् । त्यस्ता मानिसहरु नै जोशमा आएर ध्वंसात्मक कामहरु गरिरहेका छन् र उनीहरुले यो कार्य रोक्नै पर्छ । किनभने त्यस्ता काम नगरिकनै पनि तिनीहरुले आफ्नो आन्दोलनलाई निरन्तरता दिन सक्छन् । बीबीसी हिन्दि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending