Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

भारतीय राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा शास्त्री

\"\"भारत । भारतीय राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा रवि शास्त्री नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले सल्लाहकार समितिको सिफारिसलाई अनुमोदन गर्दै मंगलबार रवि शास्त्रीलाई टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । पूर्वक्रिकेटर सौरभ गांगुली, सचिन तेन्दुल्कर र भीभीएस लक्ष्मण सम्मिलित सल्लाहकार समितिले शास्त्रीको नाम मुख्य प्रशिक्षकमा सिफारिस गरेको स्रोतले जनाएको छ । बोर्डले शास्त्रीलाई सन् २०१९ मा हुने एकदिवसीय विश्वकपसम्मका लागि नियुक्त गरिएको जनाएको छ । सल्लाहकार समितिको सिफारिसलाई अनुमोदन गर्दै बोर्डले तीव्र गतिका पूर्वबलर जहिर खानलाई सोही अवधिसम्मका लागि परामर्श बलिङ प्रशिक्षकका रूपमा नियुक्त गरेको छ । यसैगरी अन्तर्राष्ट्रिय टेस्ट शृंखलाका लागि पूर्वकप्तान तथा ब्याट्सम्यान राहुल द्रभिडलाई परामर्श ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको छ । निवर्तमान मुख्य प्रशिक्षक अनिल कुम्बलेले राजीनामा दिएपछि सो पद रिक्त बनेको थियो ।हालै इङ्ल्यान्डमा भएको च्याम्पियन्स ट्रफीको फाइनलमा भारतीय टोली पाकिस्तानसँग पराजित भएपछि कप्तान विराट कोहलीसँग सम्बन्ध बिग्रिएकाले कुम्बलेले राजीनामा दिएका हुन् । शास्त्रीले रिक्त पदपूर्तिका लागि सल्लाहकार समितिले गरेको दोस्रो चरणको आह्वानमा मात्र आवेदन दिएका थिए । भारतीय राष्ट्रिय टोलीबाट ८० टेस्ट तथा एक सय ५० एक दिवसीय क्रिकेट खेलेका ५५ वर्षीय शास्त्री एक टेस्ट शृंखलामा कप्तानसमेत बनेका थिए । चोटका कारण उनी कप्तानका रूपमा भने लामो समय टिक्न सकेनन् । सन् २००७ मा भारतीय टोलीको बंगलादेश भ्रमणमा व्यवस्थापक बनेका उनी सन् २०१४ देखि सन् २०१६ सम्म भारतीय टोलीका निर्देशक थिए ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending