Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

लक्ष्मण स्मृति चौथो राष्ट्रिय इन्डोर आर्चरीको उपाधि रमेश र ज्ञानुलाई

\"\"काठमाडाैं । लक्ष्मण स्मृति चौथो राष्ट्रिय इन्डोर आर्चरीको व्यक्तिगत रिकर्भमा स्वयम्भू रिक्रिएसन सेन्टरका रमेश भट्टचनले उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार भएको फाइनलमा रमेशले कास्कीका असिम शेरचनलाई ६–० को अंकअन्तरले पराजित गरेका थिए । १२ औं सागका कांस्य विजेता स्वयम्भूका प्रेमप्रसाद पुनले तेस्रो स्थानमा चित्त बुझाए । सोही विधाको महिलातर्फ आर्मी क्लबकी ज्ञानु अवाले च्याम्पियन भइन् । उनले कास्कीकी रश्मी दर्लामीलाई ६–० कै अन्तरले हराइन् । कास्कीकै राज्यलक्ष्मी जोशी तेस्रोमा सीमित भए । पुरुष व्यक्तिगत स्टयान्डर्डमा अन्नपूर्ण आर्चरी क्लबका देउबहादुर रोकामगर विजेता बने । उनले फाइनलमा आर्मीका डम्बर थापालाई पन्छाए । द बेस्ट आर्चरी क्लबका ग्रिष्म गुरुङ तेस्रो भए । सोही विधामा महिलातर्फ आर्मीकी केशरी आलेमगरले स्वर्ण जितिन् । उनले अन्नपूर्णकी रोजिना थापा मगरलाई ६–२ अंकले हराइन् । अन्नपूर्णकी सेलिना गुरुङ तेस्रो भइन् । पुरुष व्यक्तिगत कम्पाउन्डमा कञ्चनपुरका होमबहादुर थापामगर विजेता भए । उनले सनातन मल्लमाथि कठिन जित निकाले । बेस्टका प्रजित अग्रवाल तेस्रो भए । पुरुष रिकर्भ टिममा स्वयम्भू पहिलो, कास्की दोस्रो र अन्नपूर्ण तेस्रो भए । पुरुष स्टयान्डर्ड टिममा बेस्टले स्वर्ण, अन्नपूर्णले रजत र स्वयम्भूले कांस्य पदक जिते । १८ मिटर दूरीमा प्रतिस्पर्धा गराइएको दुईदिने प्रतियोगितामा ४७ पुरुष र १६ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता संघका पूर्वअध्यक्ष लक्ष्मणकुमार श्रेष्ठको स्मृतिमा भएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending