Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

सानो बोले नसुन्ने, ठूलो बोले नारावादी भन्ने !

सामान्य रुपमा भन्दा साहित्य कसका लागि हो ? र, वर्तमान समाजमा कुन दिशातर्फ जाँदैछ साहित्य ? साहित्य कसका लागि हो भन्ने प्रश्नको उत्तर खोज्नुअघि हामीले साहित्यले के गर्छ भनेर बुझ्नुपर्ने हुन्छ । मैले जानेसम्म साहित्यले समाजलाई आफ्ना शब्दहरुमा उतार्ने हो । अर्थात्, साहित्य समाजलाई लेख्ने प्रक्रिया हो । समाजमा विभिन्न कुराहरु समावेश भएका हुन्छन् । नेपाली साहित्यमा पहिलेको अवस्था र आजको अवस्थामा धेरै भिन्नता छ । पहिले साहित्य शासकहरुका लागि लेखिन्थे भने आज साहित्य जनताका लागि लेखिन्छ । पहिलेको साहित्यमा शासकको स्वर उँचो हुन्थ्यो भने आजको साहित्यमा जनताको स्वर उँचो भएको छ ।
जति पनि मानिसहरुले विचारविहीनता भनेर कोकोहोलो मच्चाइरहेका हुन्छन्, उनीहरुले आफ्नो अमूक विचार नियोजित रुपमा लागू गराउन तथा लाद्न त्यो शब्दलाई प्रयोग गरिरहेका हुन्छन् ।
वर्तमान नेपालको साहित्य कुन दिशातर्फ जाँदै छ भन्ने तपाईंको जिज्ञासाको सजिलो उत्तर छ– यो जनताको आवजलाई प्रस्फुटित गर्ने सन्दर्भमा गतिशीलताका साथ अगाडि बढ्दै छ । अबको नेपाली साहित्य समाजका साथसाथै बालबालिकालाई पढाइने पाठ्यक्रमलाई समेत हस्तक्षेप गर्नेगरी अगाडि बढ्दैछ । आजको पाठ्यक्रमले हिजोको सौन्दर्यचिन्तन बोकेर हिँडिरहेको छ । त्यसैले यसलाई भत्काउनुपर्छ र पाठ्यक्रम बदल्नुपर्छ भनेर अगाडि बढि रहेकोछ आजको साहित्य । पाठ्यक्रमले हाम्रा साना बाबुनानीहरुलाई पाँच–छ कक्षामा नै ‘गुरुङ इज अ पोर्टर, शर्मा इज अ प्रोफेसर’ भन्ने मनोविज्ञान दिइरहेको छ । त्यसैले अहिलेको साहित्यको ध्येय भनेको पुरानो मनोविज्ञानलाई भत्काउँदै नयाँ मनोविज्ञानलाई स्थापित गर्नु हो । तपाईंले अहिले यस्ता धेरै साहित्य देख्न सक्नुहुन्छ, जहाँ मधेशी, जनजाति, महिला, दलित, उत्पीडित समुदायसहित सुदूरपश्चिमको मनोविज्ञानलाई व्यक्त गरिएको छ । साहित्यमा पहिचानको कुनै खास अर्थ छ  र ? साहित्यमा पनि ‘पहिचान’ भन्न थाल्नाले साहित्य कमजोर भयो भन्नेहरु पनि छन् नि ? अफ्रिकी साहित्यमा अत्यन्त स्थापित नाम हो– चिनुवा अचिवे र चिमामान्डा अदिचे । उनीहरु दुबै काला जातिबाट आएका साहित्यकार तथा लेखक हुन् । उनीहरुले लेखेको साहित्यलाई पश्चिमाहरु मात्र नभएर स्वयम् काला जातिका मानिसहरु पनि ‘ब्ल्याक लिटरेचर’ भन्न मन पराउँछन् । ‘ब्ल्याक लिटरेचर’ भनेको पहिचानको मुद्धालाई महत्वका साथ उठाइएको साहित्य हो । उनीहरु अझै पनि लेखिरहेकै छन् । र, उनको लेखाइ संसारभर रुचाइन्छ । हो, कतिपय ठाँउमा पहिचानको साहित्यले साम्प्रदायिक रुप पनि लिने गरेको छ । मानिसले जहाँ पनि आफ्नो परिचय, अस्तित्व र आत्मसम्मान खोज्छ । पहिचानको मान्यता भनेको सदियौंदेखि उत्पीडनमा परेको समुदायलाई पहिचान दिएर अगाडि बढाउनुपर्छ भन्ने धारणा हो । तर, आजको सन्दर्भमा पहिचानको मुद्धालाई भ्रष्टीकरण गरेर गलत व्याख्या गरिएको छ । एउटा समुदायले परिचय र पहिचान खोज्नु भनेको अर्को समुदायको परिचय र पहिचान खोस्नु होइन । लामो समयदेखि रहिआएको सत्ताको यही मनोविज्ञानले पहिचानको मूल मुद्धालाई भ्रष्टीकरण गरेको छ; हामीले यसलाई भत्काउन सक्नुपर्छ । अहिले हामी संक्रमणकालबाट गुज्रिरहेका छौं त्यसैले अहिलेको तरल अवस्थाले धेरै गहन विषयलाई पनि भ्रष्टीकरण गर्ने र अपव्याख्या गर्ने काम गर्दै आएको छ ।
अबको नेपाली साहित्य समाजका साथै बालबालिकालाई पढाइने पाठ्यक्रमलाई हस्तक्षेप गर्नेगरी अगाडि बढ्दैछ । आजको पाठ्यक्रमले हिजोको सौन्दर्यचिन्तन बोकेर हिँडिरहेको छ त्यसैले आजको साहित्य त्यसलाई भत्काउनुपर्छ र पाठ्यक्रमलाई बदल्नुपर्छ भनेर अगाडि बढिरहेको छ ।
तर, पहिचानवादी शक्तिले एउटा कुरा के बुझनु जरुरी छ भने पहिचान भन्ने कुरा एक दिनमा स्थापित हुने र एक दिनमा भत्किने विषय होइन; यो निरन्तर वर्षौंसम्म चल्ने प्रक्रिया हो । हामी त्यसतर्फ अघि बढदै छौं । तपाईंलाई यहाँ उल्लेख्य लाग्ला– केही समयअघि आएको बुद्धिसागरको ‘कर्णाली ब्लुज’, नयनराज पाण्डेको ‘लु’, ‘उलार’ तथा स्वयम् मेरै दुई उपन्यास ‘हेच्छाकुप्पा’ र ‘दमिनीभीर’; त्यहाँका आञ्चलिकता र पहिचान झल्काउने साहित्य नै हुन् । कर्णाली ब्लुजले मध्यपश्चिमको भाषालाई समाएको छ भने लु र उलारले नेपालगञ्ज आसपास मधेशको संस्कृति र त्यहाँको भावभूमिलाई पक्रेको छ । साहित्यमा स्थानीयताको बोध, नयाँ र नवीन सौन्दर्यचिन्तन तथा साहित्यमा स्थानीय भाषा, संस्कृति, दर्शन आउँछ भने रोइलो मच्चाउनुको के अर्थ ! तर, शासकवर्ग त्यसो भन्दैन । उसले पुरानो सौन्दर्यचिन्तनलाई निरन्तरता दिइरहन चाहन्छ । जस्तै– ‘कालो अनुहार भएकी युवती कामीनी–दमिनीजस्ती र गोरो अनुहार भएकी बाहुनीजस्ती !’ पहिचानमुखी लेखन भनेको नै पुरानो मनोविज्ञानको अन्त्य र नयाँ सांस्कृतिक चेतनाको बिजारोपण हो । साहित्यमा विचारको भूमिका कस्तो हुन्छ र विनाविचार लेखिएका साहित्य कस्ता हुन्छन् ? पहिलो कुरा के भने जति पनि मानिसहरुले विचारविहीनता भनेर कोकोहोलो मच्चाइरहेका हुन्छन्, उनीहरुले आफ्नो अमूक विचार नियोजित रुपमा लागू गराउन तथा लाद्न त्यस शब्दलाई प्रयोग गरिरहेका हुन्छन् (कसैले नजानेर पनि त्यसो भनिरहेको हुन सक्छ तर ती नबुझेका मानिसहरु पनि उनीहरुको जालमा फसिरहेका हुन्छन्) । रह्यो कुरा साहित्यमा विचारको भूमिकाको । यसमा सबै स्पष्ट हुँदा राम्रो– विचारविहीन लेखन भनेको आत्मरति मात्रै हो ।
सवाल सदियौंदेखि दमनमा परेका–पारिएका समुदायको मुक्तिको छ । उनीहरुलाई अधिकार दिने कि नदिने ? उनीहरुलाई पहिचान दिने कि नदिने ? उनीहरुका सांस्कृतिक मूल्य–मान्यतालाई राज्यले स्वीकार्ने कि नस्वीकार्ने भन्ने छ ।
आत्मरतिले मान्छेलाई व्यक्तिकेन्द्रित बनाउँछ भने विचारले समाजकेन्द्रित बनाउँछ । मैले माथि नै भनें कि साहित्यले समाजकै लेखन गर्ने हो । त्यसैले समाजबाट कटेर गरिएको स्वैरकल्पनामुखी लेखनको कुनै अर्थ छैन । तपाईंले हाम्रै अगाडि भएका उदाहरण लिन सक्नुहुन्छ । आहुतिको नयाँ घर पढेर कति युवाहरु कम्युनिस्ट भए र कति जनयुद्धमा गए ? त्यही जनयुद्ध लड्नेहरुको बलमा नेपालमा गणतन्त्रको स्थापना भयो र राजतन्त्रको अन्त्य भयो । यो भनेको साहित्यको समाजप्रतिको दायित्व र जिम्मेवारी नै थियो । स्वैरकल्पनामा लेखिएका साहित्यले समाजमा, राजनीतिमा, जनजीवनमा कस्तो प्रभाव पारे ? तपाईं आफैं केलाउन सक्नुहुन्छ । साहित्यमा विचार र पहिचानको पक्षधरता लिनेहरुमाथि कलापक्ष कमजोर भयो भनेर बारम्बार आरोप लाग्ने गरेको छ नि ? केही समय अघिसम्म तपाईंले भनेको कुरा आंशिक ठीक हो । तर, अहिले विषयवस्तु, घटनाक्रम, समय हुँदै नेपालको साहित्य धेरै अगाडि बढिसकेको छ । कुनै बेला थियो, जतिबेला साहित्यमा नाराको पनि प्रमुखता थियो । त्यस समयमा त्यसको आफ्नै महत्व र योगदान रहेको कुरालाई हामीले भुल्नु हुँदैन ।
सदियौंदेखि हेपिएका समुदायले सानो स्वरमा बोल्दा नसुन्ने र ठूलो स्वरमा बोल्दा उग्रवादी, आतंकवादी र जातीयतावादी भन्ने शासकीय मानसिकताले उपजाएको ‘ह्याङ’ मात्र हो । शासकहरुले कलाको निर्णय गर्ने होइन, यसको निर्णय पाठक र जनताले गर्ने हो । त्यसैले उनीहरुले यस्तो कोकोहोलो नगरेकै राम्रो ।
तर, यहाँ सवाल मात्र नारा अथवा विशुद्ध साहित्यको छैन । यहाँ सवाल सदियौंदेखि दमनमा परेका–पारिएका समुदायको मुक्तिको छ । उनीहरुलाई अधिकार दिने कि नदिने ? उनीहरुलाई पहिचान दिने कि नदिने ? उनीहरुका सांस्कृतिक मूल्य–मान्यतालाई राज्यले स्वीकार्ने कि नस्वीकार्ने ? के बैरागी काइँलाले लेखेको ‘मातेको मान्छेको भाषण मध्य रातको सडकसित’ भन्ने कवितामा नारा छैन ? त्यो त नारैनारामा लेखिएको कविता हो । मैले अघि पनि भनें सवाल साहित्यमा कला पक्षको कमीको होइन । साहित्य पनि भन्ने अनि कलापक्ष छैन पनि भन्ने कुरा नै आफैंमा परस्पर विरोधी विचार हो । सहित्य हो भने त कला स्वतः हन्छ । यहाँ मुख्य सवाल उनीहरुले उठाएको मुद्धासित हो । सदियौंदेखि हेपिएका समुदायले सानो स्वरमा बोल्दा नसुन्ने र ठूलो स्वरमा बोल्दा उग्रवादी, आतंकवादी र जातीयतावादी भन्ने शासकीय मानसिकताले उब्जाएकाे ‘ह्याङ’ मात्र हो हो । त्यसैले उनीहरुले यस्तो अनावश्यक कोकोहोलो नगरेकै राम्रो ।                                                                                                                               प्रस्तुतिः नरेश ज्ञवाली
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies