Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

रोनाल्डोले कमाउँछन इन्स्टाग्रामबाटै ३ लाख १० हजार पाउन्ड

\"\"लन्डन २५ असार । स्पेनी क्लब रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले इन्स्टाग्राममा गरेको एक पोस्टबाटै तीन लाख १० हजार पाउन्ड रकम कमाइ गर्ने गरेका छन् । इन्स्ट्राग्राम सेडुलर्स हुपरले गरेको एक अध्ययनले रोनाल्डोले सो रकम कमाउने जनाएको छ । इन्स्टाग्राम पोस्टमार्फत प्रशस्तै कमाइ गर्नेमा रोनाल्डोमात्रै पर्दैनन् । इन्स्टाग्रामको एउटा पोस्टमार्फत सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा रोनाल्डो तेस्रो स्थानमा पर्छन् । रोनाल्डोभन्दा अघि गाईका सेलेना गोमेज शीर्ष स्थानमा छिन् भने मोडल किम कार्दासियन दोस्रो स्थानमा रहेको अध्ययनमा जनाइएको छ । रोनाल्डो सामाजिक सञ्जालमा सर्वाधिक ‘फ्लोअर्सु भएकामध्ये पर्छन् । रोनाल्डोसँग सामाजिक सञ्जालमा १० करोड ६० लाख फलोअर्स छन् । आफ्नो कामको सिलसिलामा विभिन्न स्थान पुगिरहने रोनाल्डो इन्स्टाग्राममा पनि नियमित रूपमा तस्बिर राखिरहेका हुन्छन् । खेलकुदका सर्वाधिक रुचाइने खेलाडीमध्येका रोनाल्डोको नियमित अभ्यास र सामान्य गतिविधिका तस्बिरसमेत सामाजिक सञ्जालमा धेरै रुचाइन्छ । त्यसैले उनी जति पटक इन्स्टाग्राममा तस्बिर राख्छन्, त्यत्तिनै पटक आफ्नो कमाइमा लाखौं रकम थप्छन् । हुपरले सार्वजनिक गरेको रिपोर्टको शीर्ष १० भित्र पर्ने रोनाल्डो मात्र दुई खेलाडीभित्र पर्छन् । इन्स्टाग्रामको एक पोस्टमार्फत लाखौं कमाइ गर्ने खेलाडीको शीर्ष १० भित्रको सूचीमा रोनाल्डो पछि अमेरिकन बास्केटबल खेलाडी लेब्रोन जेम्स परेका छन् । लेब्रोन १० औं स्थानमा छन् । उनी आफ्नो प्रत्येक पोस्टबाट ९३ हजार पाउन्ड कमाइ गर्छन् । एजेन्सि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending