Khabar Dabali ३ फाल्गुन २०८२ आईतवार | 15th February, 2026 Sun
Investment bank

भूकम्पको केन्द्र गोरखामै बल्ल बन्यो ५ सय घर

\"\"गोरखा, २५ असार । ‘गोरखा भूकम्प’को केन्द्र गोरखामा अनुदान लिएर पनि घर बनाउनेको सङ्ख्या कम छ । पचपन्न हजार जना लाभग्राहीले रु ५० हजारका दरले पहिलो किस्ता बुझेको भए पनि वर्षभरमा जम्मा पाँच हजार ५०० जनाले मात्रै घर बनाएको तथ्याङ्क छ । पहिलो चरणमा अनुदान पाउने लाभग्राही सूचीमा ५८ हजार ३०३ जना परेका थिए । यीमध्ये ५५ हजार जनाको बैंक खातामा गत वर्ष भदौमै अनुदान रकम पठाइसकिएको थियो । लाभग्राहीमध्ये अधिकांशले अनुदान रकम घर, व्यवहार चलाउन खर्च गरे, चाडपर्व मनाए । केहीले भने बैंकबाट पैसा नै झिकेका छैनन् । “अनुदान रकम पाएको वर्ष दिनमा पनि किन घर बनाएनन् भन्ने खोजीको विषय बनेको छ,” राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालय गोरखाका प्रमुख राजेन्द्र कार्कीले भने – “पैसा दिएर मात्रै घर बन्ने होइन रहेछ भन्ने देखियो । प्राधिकरणले घर बनाइदिन्छ भन्ने मानसिकताबाट माथि उठेर आफ्नो घर आफैँ नबनाएसम्म पुनःनिर्माणले गति लिने देखिँदैन ।” सरकारले एकमुष्ट रु तीन लाख दिनुपर्ने, तीन लाखले घर बनाउन त के निर्माण सामग्री ढुवानी गर्न पनि नपुग्ने, दोस्रो र तेस्रो किस्ता लिन झन्झटिलो प्रक्रिया तथा घरको मापदण्ड प्राधिकरणका इञ्जिनियरले भनेजस्तै हुबहु बनाउन नसकिने लाभग्राहीले प्रतिक्रिया दिँदै सजिलो मापदण्डको पर्खाइमा रहँदा घर पुनःनिर्माणमा केही ढिलाइ भएको स्वीकार गर्छन् । तेस्रो बर्खा पनि टहरोमा काट्दै आएकी सुलिकोट–४ सौरपानी झोलुङ्गेकी मालथानी गुरुङले भने, “घडेरी छैन कहाँ घर बनाउने ?” भूकम्पले भत्किएको घरसँगै जमिन चिराचिरा पर्दा नयाँ घर बनाउने घडेरीको गुरुङलाई खाँचो परेको छ । झोलुङ्गेका ३२ घरधुरीमध्ये केही घरमूलीले मात्रै घर पुनःनिर्माण गरेका छन् । घडेरीको खोजीमा रहेकी गुरुङ बालुवा–बारपाक सडकखण्ड छेउमा टहरोमा बस्दै आएका छन् । स्थानीय तह निर्वाचनपछि जनप्रतिनिधिले पुनःनिर्माणको पाटो अघि बढाउने आशा गरेको प्राधिकरणले जनप्रतिनिधिसँग अन्तरक्रिया गर्दै पुनःनिर्माणलाई तीव्र गति दिन आग्रह गरिसकेको छ । नगरपालिका र गाउँपालिकाका विभिन्न केन्द्रमा पुगेर पुनःनिर्माणका चुनौतीको खोजी गर्दै समाधानका उपायबारे जानकारी गराइसकिएको कार्कीले बताए । भूकम्पले भत्किएका घरको तथ्याङ्क लिन गाउँ पुगेका इञ्जिनियरले ‘बदमासी’ गर्दा वास्तविक भूकम्पपीडित पनि अनुदान पाउने लाभग्राही सूचीमा परेनन् जसले गर्दा १६ हजार २०० जनाले अनुदान माग गर्दै गुनासो दर्ता गराए । गुनासो आएकाको समस्या अझै समाधान गर्न सकिएको छैन । नयाँ कार्यविधि ल्याइएकाले अब वडाध्यक्ष, वडा सचिव र इञ्जिनियर रहेको तीन सदस्यीय समितिले वडाबाटै गुनासोको सम्बोधन गर्ने बताइएको छ । नीतिगत र व्यावहारिक समस्याले गर्दा भूकम्पपीडितले घर बनाउन नसकेको गोरखाका प्रजिअ जितेन्द्र बस्नेतले तर्क गरे । उनले भने, “भूकम्प गएको करिब छ महिनापछि प्राधिकरण गठन भयो । त्यसको छ महिनापछि गाउँमा इञ्जिनियर खटिएका थिए । तथ्याङ्क सङ्कलनदेखि अनुदान वितरणसम्म ढिलाइ भएकै हो । तर अनुदान पाएको १ वर्षसम्म पनि लाभग्राहीले किन घर बनाएनन् भन्ने प्रश्न गम्भीर छ ।” निर्माण सकिएका घरहरु यदि भूकम्प प्रतिरोधी छन्, मापदण्डअनुसार बनेका छन् भने दोस्रो र तेस्रो किस्ता वितरणमा ढिलाइ गर्न नहुने प्रजिअ बस्नेतको भनाइ छ । गोरखाका मसेल, पन्द्रुङलगायत गाउँमा एनजिओ (स्वाँरा सघन गाउँ विकास केन्द्र)को सहयोगमा तेस्रो किस्ता रकम वितरण गरिएको भए पनि सरकारी तवरबाट एउटै घरलाई तेस्रो किस्ता रकम उपलब्ध गराइएको छैन । प्रजिअ बस्नेत भन्छन्, “प्राधिकरण गठन भएको दुई वर्षभित्र घरहरु पुनःनिर्माण गरिसक्ने प्रतिबद्धताअनुसार दाताहरुले पैसा दिएका थिए । भूकम्प गएको २६ महिनामा हामी छौँ तर निजी आवास पुनःनिर्माणले तीव्रता पाउन सकेन ।” कार्यविधिहरु सजिला आएकाले अब घर निर्माणको दर केही बढ्ने अपेक्षा गर्न सकिने उनले बताए । स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यले दोस्रो किस्ता माग गर्नेको संख्या पाँच हजार ५०० पुगेको बताए । जग खनेर डिपिसी गरेपछि इञ्जिनियरले दोस्रो किस्ता रकम माग गर्छन् । इञ्जिनियरले फाइल शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय पठाएपछि जिल्ला समन्वय समितिबाट अनुदान रकम निकासा गरिन्छ । आचार्यका अनुसार नयाँ आर्थिक वर्ष साउनदेखि स्थानीय तहमै अनुदान रकम पठाइन्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE