Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

जीएमआरमाथि विप्लव माओवादीको आक्रमण

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले अपर कर्णाली जलविद्युत आयोजना निर्माण गर्ने जिम्मेवारी लिएको भारतीय निर्माण कम्पनी जीएमआरको कार्यालयमाथि आक्रमण गरेको समाचार प्राप्त भएको छ । जीएमआर कार्यालय सुर्खेत जिल्ला सदरमुकाम वीरेन्द्रनगर नगरपालिकास्थित खजुरामा व्यवस्थित एवम् मजबुत कम्पाउन्डभित्र अवस्थि छ । २४सै घन्टा सरकारी सुरक्षा निकायले पहरा दिँदै आएको जीएमआरको कार्यालयमा बिहीबार राति माओवादीले आक्रमण गरी तोडफोड गरेपछि त्यस्तो काम कसरी सम्भव भयो भनी गम्भीरतापूर्वक अध्ययन भइरहेको बताइएको छ । माओवादी आक्रमणबाट उक्त भारतीय ठेकेदार कम्पनीको कार्यालयका झ्याल–ढोकामा बढ्ता क्षति पुगेको देखिएको छ भने कार्यालयभित्र समेत थप क्षति भएको प्रहरीले जनाएको छ । राति दुई बजेतिर उक्त कार्यालयमा एक्कासि आक्रमण भएको खजुराका स्थानीयवासी बताउँछन् । एक स्थानीयवासीले भने– ‘राति २ बजेतिर ठूलो आवाज आयो । म बाहिर निस्किएँ, ठूलो समूहले जीएमआर कार्यालयमा लगातार ढुंगा हानिरहेका रहेछन् ।’ नेकपा माओवादीका केन्द्रीय सदस्य कृष्ण धमलाले अपर कर्णाली परियोजनामा ठूलो राष्ट्रघात भएको उल्लेख गर्दै त्यसका विरुद्ध आफ्नो पार्टीले ‘सांकेतिक कारबाही’ गरेको बताएका छन् । नेता धमलाले जीएमआरसँग नेपाल सरकारले गरेको सम्झौताबाट स्थानीय जनता पूर्ण रुपमा ठगिएको दावी गर्दै सोही सम्झौताअनुसार आयोजना अगाडि बढाइए नेपालले ठूलो घाटा ब्यहोर्नुपर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending