Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

मेसी अब ५ वर्ष बार्सिलोनाबाटै खेल्ने

\"\"काठमाडौं, २२ असार । लियोनल मेसी सन् २०२१ सम्म बार्सिलोनामै रहन तयार भएका छन् । विश्व फुटबलका सुपर स्टार मेसीले १७ वर्षअगाडि बार्सिलोनासँग किशोर अवस्थामै अनुबन्ध गरेका थिए । नयाँ अनुबन्धपछि उनी ३४ वर्षको उमेरसम्म क्याटलन क्लबमै रहने छन् । बार्सिलोनाले नयाँ अनुबन्ध हुनेबारे बुधबार घोषणा गरेको हो । यससँग पाँचपल्टका बालोन डे’अर विजेताको भविष्यबारे रहेको अन्योल पनि समाप्त भएको छ । ‘प्रि–सिजनका लागि मेसी क्लबमा फर्केयता आउने केही सातामा सम्झौतामा हस्ताक्षर हुनेछ,’ क्लबले जनाएको छ । आफ्नो बाल्यकालदेखिकी प्रेमिकासँग विवाह गरेका मेसीले हालै अर्जेन्टिनामा हनीमून मनाइरहेका छन् । यसअघि मेसीले आफ्नो पहिलो क्लबका लागि खेल्न भविष्यमा अर्जेन्टिना फर्कने इच्छा समेत देखाएका थिए । उनको पहिलो क्लब रोसारियोको सीए नेवेल्स ओल्ड ब्वाइज रहेको छ । तर उनले त्यति बेला आफ्नो प्रमुख उद्देश्य बार्सिलोनाका लागि थप बढी उपाधि जित्ने रहेको पनि बताएका थिए । मेसी १३ वर्षदेखि बार्सिलोनामा छन् । उनी यसै सहरलाई आफ्नो घर पनि मान्छन् । नयाँ अनुबन्धअनुसार उनले कति पारिश्रमिक पाउने हुन्, त्यो बाहिर आएको छैन । तर स्पेनी मार्का स्पोर्ट्स डेलीका अनुसार अनुबन्ध ३४ करोड डलर बराबर रहेको छ । दुई पक्षबीचको पछिल्लो अनुबन्ध सन् २०१८ मा समाप्त हुनेछ । मार्काका अनुसार अब मेसीले पारिश्रमिकमा प्रत्येक वर्ष दुई करोड युरो पाउने छन् । त्यसमा मेसीले विज्ञापनबाट पाउने रकम र राम्रो खेलेवापत पाउने बोनस समावेश छैन । क्लबले बुधबार जनाएको छ, ‘मेसीले १६ वर्षको उमेरमा एफसी पोर्टोविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो टिमबाट खेले । लगत्तै उनले १७ वर्षको उमेरमा स्पान्योलबाट स्पेनी लिगमा डेब्यू गरे । नोउ क्याम्पमा उनले अल्बाटेसविरुद्ध पहिलो सिनियर स्तरको गोल गरेका थिए ।’ नयाँ अनुबन्ध भएयता बार्सिलोनाका समर्थकले राहत भने महसुस गर्न सक्ने छन् । अन्यथा पछिल्लो सिजन बार्सिलोनाका लागि खराब रह्यो । बार्सिलोनाले गत सिजन कोपा डे रे मात्र जित्न सकेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending