Khabar Dabali ३ फाल्गुन २०८२ आईतवार | 15th February, 2026 Sun
Investment bank

हरिबोल गजुरेलको नजरमा यस्ता छन् माओवादी हार्नुका कारण

\"\"काठमाडौं, २० असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले स्थानीय तहको चुनावमा पार्टीले धेरै तहमा हार्नुको कारण खुलाएका छन् । पार्टीको नेतृत्वमा रहेको सरकारले जनताको हितमा धेरै काम गरे पनि चुनावमा मत तान्न नसक्नुमा पार्टीकै कमजोरी भएको औँल्याएका छन । पार्टीको नेतृत्वमा भएका कामहरु सन्तोषजनक भए पनि चुनावी नतिजमा भने माओवादीले कम भोट पाउनुमा जनतासमक्ष पार्टीले सही सुचना प्रवाह गर्न नसकेको गजुरलेको भनाई छ । चुनावका बेला नेपाली कांग्रेससँग भएको तालमेल पनि प्रभावकारी हुन नसकेको उनले औँल्याएका छन् । पहिलोे चरणको स्थानीय तहको चुनावमा १६ प्रतिशत मात्रै मत ल्याएको माओवादीले दोस्रो चरणमा २० प्रतिशत जित हासिल गर्ने अनुमान गरेको गजुरेलले खुलाएका छन् । तर आँकलन गरिए अनुसारका स्थानमा पनि माओवादीले जित्न नसकेको गजुरेलले स्विकार गरेका छन् । चुनावी नतिजाले पार्टीलाई गम्भीर बनाएको र सोही अनुसार बहस र समिक्षा भइरहेको गजुरेलले बताएका छन् । तर उनले अस्वभाविक परिणामको रुपमा भने नलिएको बताए । गजुरेलले पार्टी टुटफुटको सिकार भएकाले निर्वाचनमा अपेक्षित नतिजा आउन नसकेको भन्दै नतिजालाई अस्वभाविक रुपमा लिन नहुने बताएका हुन् । पछिल्लो पटक छरिएर रहेका विभिन्न माओवादी पार्टीसँग भएको एकतालाई पनि तल्लो स्तरसम्म सन्देश पु¥याउन नसक्नु पार्टीको कमजोरी भएको नेता गजुरेलको ठम्याई छ । गजुरेलले विभन्न दलसँग एकता भएपछि पार्टीको संगठन निर्माण हुन नसक्नुले पनि कमजोर बनाएको उल्लेख गरे । उनले भने, “६ महिनासम्म केन्द्रिय सदस्य २ सय बनाउने कि, ४ हजार बनाउने वा ८ हजार बनाउने भन्नेमा टुङ्गो लागेन । ” “विवादकै बिच ६ महिनासम्म संगठनको काम रोकिनु पार्टीका लागि हानिकारक भएको हो ।” गजुरेलले भने । प्रधानमन्त्रीको हैसियतमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन गराउन सफल भएको उल्लेख गर्दै नेता गजुरेलले मधेशी मोर्चासँग पनि वार्ता मार्फत सहज वातावरण बनाएको दाबी गरेका छन् । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराकै पहलमा चिनसँग वान बेल्ट रोड ओबिआर सम्झौता भएको उनको भनाई छ । फास्ट ट्रयाक लगायतका राष्ट्रिय गौरवका आयोजना समेत दाहाल नेतृत्वको सरकारले नै अघि बढाउन सफल भएको उनको तर्क छ । माओवादी नेतृत्वको सरकारका पालामा बन्द हडताल जस्ता गतिविधि पनि नभएको र विद्युत आपूर्तिमा भएको कुशल व्यवस्थापनले देशकै अर्थतन्त्रमा सुधार आएको गजुरेलको प्रष्टोक्ति छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE