Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

एक सय मिटर दौडमा आशिष र लुज:लाको स्वर्ण

\"\"काठमाडौं,२० असार । दशरथ रंगशालामा जारी नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्डमा ललितपुरका खेलाडीद्वय आशिष खत्री र लुज:ला अमात्यले एथलेटिक्सतर्फ १ सय मिटर दौडमा स्वर्ण हात पारेका छन् । सोमबार भएको खेलमा छात्रमा आशिषले निर्धारित दूरी ११.३६ सेकेन्डमा पार गरेका हुन् ।उोफ खेलमा सर्लाहीका मिठुन चौधरी दोस्रो र मकवानपुरका सन्तराम माझी तेस्रो भएका हुन् । छात्रामा लुज:लाले १३.३८ सेकेन्डमा दूरी पार गरिन् । धादिङकी रन्जिता अधिकारी दोस्रो र धनुषाकी सीता शाह तेस्रो भएका छन् । छात्रतर्फ १५ सय मिटर दौडमा काठमाडौंका अजितकुमार यादव विजेता भएका छन् । उनले ४ मिनेट १३.३२ सेकेन्ड लगाएका थिए । सिन्धुलीका सुवास थापा दोस्रो र ललितपुरका विक्रम परियार तेस्रो भए । सोही दूरीमा छात्रातर्फ काठमाडौंकै हुमी बुढामगर पहिलो भइन् । उनले ५ मिनेट ३७.५६ सेकेन्ड लगाइन् । चितवनका निरु महतो दोस्रो र भावना महतो तेस्रो भए । ४ सय मिटर दौडको छात्रतर्फ ५१.६ सेकेन्डसाथ चितवनका भुवन महतो विजेता हुँदा मकवानपुरका छिरिङ थिङ र सन्तराम राई क्रमशस् दोस्रो र तेस्रो भए । छात्रातर्फ १ मिनेट ०७.९६ सेकेन्डका साथ ललितपुरकी काजल विष्टले स्वर्ण जितिन् । काठमाडौंकी सुनिता श्रेष्ठ रजत र सर्लाहीकी साजिया खातुन कांस्य जित्न सफल भए । सटपुटको छात्रमा चितवनका वीरेन्द्र चौधरी १३.८३ मिटरमा विजेता बने । दोलखाका विशाल तामाङ दोस्रो र धादिङका सन्तोष गुरुङ तेस्रो भए । छात्रामा धादिङकी अनिता घले विजेता भइन् । अनिताले ८.७८ मिटर टाढा फालिन् । सिन्धुलीकी प्रमिला माझी दोस्रो तथा नुवाकोटकी प्रतिमा राई तेस्रो भए । हाइजम्पतर्फ छात्रमा सिन्धुपाल्चोकका महेन्द्र कार्कीले स्वर्ण जिते । भक्तपुरका निश्चल शाही ठकुरीले रजत र महोत्तरीका लोकबहादुर श्रेष्ठले कांस्य पाएका छन् । छात्रामा काठमाडौंकी मेलिना श्रेष्ठ, दोलखाकी रोजिना कार्की र काभ्रेकी राधिका खड्का शीर्ष तीन स्थानमा विजयी भएका हुन् । ४ गुणा १ सय मिटर रिलेमा छात्रमा चितवन, ललितपुर र मकवानपुर तथा छात्रामा काठमाडौं, ललितपुर र चितवनले क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान हात पारेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies