Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

एमालेले बुथ कब्जा गरेको भन्दै कांग्रेसद्धारा पुनः मतदान गर्न माग

\"\"काठमाडौं, १५ असार । नेकपा एमालले केही स्थानमा बुथ कब्जा गरेको कांग्रेसले आरोप लगाएको छ । बिहिवार (आज) एक विज्ञप्ति जारी गर्दै कांग्रेसले यस्तो आरोप लगाएको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘बझाङ र अछाम जिल्लाका तीन ठाँउमा पुन मतदान गर्न माग गर्दछौं । एमालेले मतदान केन्द्र कब्जामा लिई एकलौटी मतदान गरेको छ ।’ एमालले बझाङको जयपृथ्वी नपा वडा नं ७ को सुलिपिपलचौर उच्च मावि केन्द्रमा नेकपा (एमाले) र अनेरास्ववियुका कार्यकर्ताहरुले नेपाली कांग्रेसका प्रतिनिधिहरुलाई मतदान स्थलमा बस्न नदिएको र एकलौटी मतदान गरेको उल्लेख छ । त्यस्तै अछामको चौरपाटी गाउँपालिका वडा नं ४ को वैधनाथ मावि मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा माओवादी (केन्द्र)का कार्यकर्ता, मतदाता र उम्मेदवारहरुलाई एमालेका कार्यकर्ताहरुले निर्मम तवरले कुटपिट गरी मतदान स्थलबाट लखेटेका छन् । एमालेले एकलौटी मतदान केन्द्र कब्जामा लिएको छ । सुरक्षा निकायलाई समयमै जानकारी गराएता पनि सुरक्षा निकाय मुकदर्शक बसेको, मतदान स्थलमा खटिएका प्रहरीको बलमा नेकपा एमालेका कार्यकर्ताहरुले महिलाहरुप्रति दुव्र्यवहार गरेको र आममतदातालाई मत खसाल्नबाट वञ्चित गरेको विज्ञप्तिमा भनिएको छ । त्यसैगरि साँफेबगर नगरपालिका वडा नं ६ चन्द्रोदय प्रावि भाग्यश्वर मतदान केन्द्रमा नेकपा ९एमाले० का कार्यकर्ताहरुले नेपाली कांग्रेसका प्रतिनिधिहरुलाई उक्त मतदान स्थलमा बस्न नदिई मतदान केन्द्र कब्जामा लिई एकलौटी मतदान गरेको उल्लेख छ । मतदान केन्द्र कब्जामा लिने, मतदातालाई डर, धाक र धम्की दिने, सुरक्षा वलको आडमा अभद्र व्यवहार गर्ने जस्ता नेकपा एमालेको क्रियाकलापको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । उक्त मतदान स्थलको यथार्थ छानविन गरी पुनः मतदान गराउन नेपाली कांग्रेस निर्वाचन आयोगसँग जोडदार माग गर्दछ जारी विज्ञप्तिमा भनिएको छ । र, यो पनि एमाले उपाध्यक्ष रावलको निर्देशनमा एकलौटी गरेको भन्दै मतदान प्रक्रिया खारेजीको माग
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE