Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

न्यूनतम पारिश्रमिक निर्धारण ऐन कार्यान्वयनमा जोड

\"\"भक्तपुर, १५ असार । नेपाल पत्रकार महासँघ भक्तपुर शाखाको समन्वयमा न्यूनतम पारिश्रमिक निर्धारण समितिको एक दिने कार्यशाला आज भक्तपुरमा सम्पन्न भएको छ । शाखा अध्यक्ष पुस्करराज बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा समितिका केन्द्रीय सदस्य युवराज विद्रोहीले समितिले श्रमजीवी पत्रकारहरुको पारिश्रमिकका बारेमा उपत्यका लगायत देशभरीका सञ्चारमाध्यममा अनुगमन गरिरहेको बताएका छन् । उनले समितिले पत्रकारहरु हकहित र अधिकारका लागि साउन एक गतेदखि कडाईका साथ समितिले तोके अनुसारको पारिश्रमिकका लागि पहल गर्ने बताए । उक्त कार्यक्रममा पत्रकार कमल न्यौपानेले समितिले बेमौसमी रुपमा अनुगमन गरेर मात्रै ऐनको कार्यान्वयन सम्भव नभएको भन्दै ऐन कार्यान्वयनका लागि समिति प्रभावकारी रुपमा योजनाबद्ध ढंगबाट अघि बढ्नुपर्ने बताए । कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य दिलिप थापा मगरले पत्रकारहरुले पनि ऐन कार्यान्वयन र आफना हकहित र अधिकारका लागि निर्धक्क आवाज उठाउनुपर्नेमा जोड दिए । उक्त कार्यक्रममा रफत सञ्चार क्लबका अध्यक्ष सुशिलबन्धु थापा, पत्रकार प्रविण जोशी, शाखाको पूर्व अध्यक्ष विकल श्रेष्ठ, शाखाको उपाध्यक्ष रोशन शिल्पकार, सचिव कृष्ण प्रसाद नेपाल, सदस्य जयराम बास्तोला, नगेन्द्र सापकोटा लगायतले श्रमजीवी पत्रकार ऐन तत्काल कार्यान्वयनमा जोड दिएका थिए । महासँघले असार १५ अर्थात रोपाई दिवसका अवसरमा सहभागीलाई दहि चिउरा समेत खुवाउने कार्यक्रम सम्पन्न गरेको महासँघका कोषाध्यक्ष मोहन बल्लले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE