Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

यी हुन् महिला क्रिकेटबारे कम थाहा भएका ९ तथ्य

\"\"काठमाडाैं, १२ असार । महिला एक दिवसीय विश्व कप क्रिकेट प्रतियोगिता हाल इङ्गल्याण्डमा जारी छ । यसै मेसोमा सम्वाददाता आदेशकुमार गुप्ताले महिला एक दिवसीय क्रिकेटबारे कम थाहा भएका रोचक ९ तथ्य पस्किएका छन्: १) पहिलो महिला विश्व कप क्रिकेट प्रतियोगिता पहिलो पुरुष विश्व कप क्रिकेट प्रतियोगिताभन्दा दुई वर्ष पहिले नै खेलाइएको थियो। उक्त प्रतियोगिता सन् १९७३ मा इङ्गल्याण्डमा भएको थियो । पुरुष विश्व कप क्रिकेट भने इङ्गल्याण्डमै सन् १९७५ मा शुरु भयो । २) सन् १९७३ को प्रतियोगितामा नक आउट राउण्ड थिएन । घरेलु टोली इङ्गल्याण्डले अंकको आधारमा प्रतियोगिता जितेको थियो । उसले ६ मध्ये ५ खेल जितेको थियो । सो प्रतियोगितामा भारत सहभागी थिएन । ३) महिला विश्व कप क्रिकेटको दोस्रो प्रतियोगिता भारतमा भएको थियो । जबकि भारतले पुरुष विश्व कप प्रतियोगिता भने पहिलोपटक सन् १९८७ मा मात्र आयोजन गर्यो । ४) सन् १९८२ को विश्व कप फाइनल खेलको अम्पायर डिकी बर्ड थिए । पुरुष तथा महिला विश्व कप फाइनल दुवै खेलमा अम्पायर बन्ने सौभाग्य प्राप्त उनी पहिलो अम्पायर हुन् । ५) अष्ट्रेलियाकी बेलिण्डा क्लार्क एक म्याचमा सबभन्दा धेरै व्यक्तिगत स्कोर बनाउने खेलाडी हुन् । उनले भारतमा भएको सन् १९९७ को विश्व कप प्रतियोगिताको एक खेलमा डेनमार्क विरुद्ध अविजित २२९ रन बनाइन् । ६) पुरुष एक दिवसीय प्रतियोगितामा कुनै खेलाडीले दोहोरो शतक बनाउने किर्तिमान खडा गर्नुभन्दा निकै पहिले बेलिण्डा क्लार्कले दोहोरो शतक बनाउने महिला खेलाडीको किर्तिमान बनाइसकेकी थिइन् । पुरुष एक दिवसीय प्रतियोगितामा दोहोरो शतक बनाउने पहिलो खेलाडी सचिन तेन्दुलकर हुन् । उनले सन् २०१० मा दक्षिण अफ्रिका विरुद्ध अविजित २०० रन बनाएका थिए । ७) कुनै एक दिवसीय प्रतियोगितामा सबभन्दा धेरै रन स्कोर बनाएको किर्तिमान अष्ट्रेलियाको खातामा छ । उसले सन् १९९७ मा डेनमार्क विरुद्ध भएको खेलमा तीन विकेट गुमाएर ४१२ रन बनाएको थियो । ८) महिला विश्व कप प्रतियोगिताको खेलमा सबभन्दा कम स्कोर बनाएको किर्तिमान चाहिं पाकिस्तानको छ । सन् १९९७ कै एक खेलमा उसले अष्ट्रेलिया विरुद्ध केवल २७ रन बनाएको थियो । ९) अष्ट्रेलियाले ६ वटा विश्व कप उपाधि जितिसकेको छ । इङ्गल्याण्डले ३ अनि न्यूजील्याण्डले १ पटक सो उपाधि जितेका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending