Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

यसकारण माघभित्र तीन तहकै चुनाव गर्न असम्भव

\"\"काठमाडौं, ५ असार । आउँदो माघ ७ गतेभित्र बाँकि रहेका तहको चुनाव गरिसक्नु बताइएपनि चुनौती थपिँदै गएको छ । एकतातिर स्थानीय तहको चुनाव धकेलिँदै जानु र अर्कोतिर समयकै कानुन नहुँदा तोकिएको मिति माघ ७ गतेभित्रै चुनाव गर्न चुनौती थपिएको हो । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयभित्र बाँकि रहेका सबै तहको चुनाव सकिने दावी गर्दै आएका छन् । प्रधानमन्त्री देउवाको मूख्य चुनौती नै बाँकि रहेका तहको चुनाव रहेको माओवादी केन्द्रका एक नेताले बताए । निर्वाचन आयोगका एक आयुक्तका अनुसार तोकिएको मितिभित्रै सबै तहको चुनाव गर्न कठिन भएको बताए । तेस्रो चरणको स्थानीय चुनावअघि नै आवश्यक ऐन–कानून बनेमा र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन भएर काम पूरा भएमात्रै निर्धारित समयसीमाभित्र प्रादेशिक र केन्द्रीय चुनाव हुन सक्ने उनले बताए । माघ पहिलो साताभित्रै तीनै तहका चुनाव गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले निर्वाचन क्षेत्र निर्धारण गर्न समयको चाप पर्दै गएको हो । हाल रहेका २ सय ४० निर्वाचन क्षेत्रलाई घटाएर १ सय ६५ मा झार्नुपर्ने संवैधानिक व्यवस्था छ । साथै प्रादेशिक र केन्द्रीय चुनावसँग सम्बन्धित कतिपय महत्वपूर्ण कानून अहिलेसम्म बन्न सकेका छैनन् । हाल स्थानीय चुनावमा व्यस्त रहेको निर्वाचन आयोगले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनसम्बन्धी विधेयकको मस्यौदा हालै गृह मन्त्रालयमा पठाइएको जनाएको छ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले भने ‘सरकारले क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्नुपर्छ ।’ सरकारको तर्फबाट त्यसो होस भन्नका लागि हामी पनि पहल गर्छौँ र कानूनहरु समयमै उपलब्ध गराइएमा हामी निर्धारित समयमै सबै तहका निर्वाचन गर्न सक्छौँ ।’ प्रदेशसभाको निर्वाचन छठ पर्वपछि र त्यसको एक डेढ महिनाभित्रै संसदीय निर्वाचन गर्ने आयोगको तयारी रहेको जनाएको छ। स्रोतका अनुसार यसअघि सरकार र निर्वाचन आयोगले असोज महिनामा तयारी सम्पन्न गरी दशैँ र तिहारको बीचमा प्रदेशसभाको निर्वाचन गर्ने कार्यतालिका बनाएको थियो । तर स्थानीय तहको निर्वाचन असोजसम्म लम्बिएपछि समयको चापबीच निर्धारित समयमै अन्य तहको चुनाव गर्नुको विकल्प नभएको गृहमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले बताएका छन् । निर्वाचन क्षेत्र निर्धारण आयोग गठनबारे उनले भने, ‘स्वाभिक रुपमा हामीलाई समयको चाप छ नै । तर हामीसँग अर्को विकल्प छैन् । चापकै बीचमा तीनवटै निर्वाचन गर्नुपर्ने परिस्थिति भएकोले सोही अनुसार तयारी अगाडि बढाइएको छ । राजनीतिक रुपमा छलफल भइरहेको छ, अब छिट्टै निर्वाचन क्षेत्र निर्धारण आयोग बनाइन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE