Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

अवैध सालको काठसहित तिन ट्याक्टर चालक पक्राउ

\"\"सिन्धुली, ४ असार । सिन्धुलीको कमलामाई नगरपालिका–४ बाट प्रहरीले अवैध रुपले ल्याइएको तीन ट्याक्टर सालको काठसहित तीन चालकलाई पक्राउ गरेको छ । आज बिहान जङ्गलबाट काँचो सालको काठ अवैध निकासी भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले काठ नियन्त्रणमा लिएको हो । कमलामाई नगरपालिका–४ ज्यामिरे कुडुलेको बाटो हुँदै काठ निकासीमा संलग्न ती ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कनपा–४ निवासी ज१त ३१७६ नंको ट्याक्टर चालक २३ वर्षीय राकेश ढकाल, कनपा–४ कै ना४त ७८८२ नंको ट्याक्टर चालक २१ वर्षीय दीपेन्द्र श्रेष्ठ र कनपा–४ कै ना५त ५१५६ नंको ट्याक्टर चालक २६ वर्षीय मोहन दाहाल पक्राउन परेका हुन् । प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराका अनुसार काठ तस्करीमा संलग्न मुख्य व्यक्ति भाग्न सफल भएपनि उनीहरुको खोजी जारी छ । कटान गरिएका काँचा सालका गोलिया काठमा जिल्ला वन कार्यालयले टाँचा नलगाएको पाइएकाले अवैध रुपमा काठ कटान गरी निकासी भएको पाइएपछि पक्राउ गरिएको हो । यता लामो समयदेखि भूकम्पपीडितले काठ नपाएको गुनासो गरेका छन् । स्थानीयवासीले नवदुर्गा सामुदायिक वन उपभोक्ता समितिसँग घर निर्माणका लागि भूकम्पपीडितले काठ माग गरेपनि समितिले उपलब्ध नगराएको भूकम्पपीडितको भनाइ छ । वन समितिले काठ दिने र समितिको नाममा रकम जम्मा गरेको बैंक भौचर भएमा दिने बताए पनि आफूहरुसँग बैंकमा रकम जम्मा गरेको भौचर हुँदा पनि समितिले काठ नदिएको नाम उल्लेख नगर्ने सर्तमा एक भूकम्पपीडितले दुखेसो पोखे । लामो समयदेखि वन क्षेत्रभित्र पर्ने सालका हरिया रूख कटान गरी नजिकै रहेको काठ उद्योगलाई समितिका अध्यक्ष तारा लामिछानेले काठ उद्योगका बुद्धि श्रेष्ठसँग मिलेमतो गरी व्यापक वन फँडानी गरेको उनकोे भनाइ छ । भूकम्पपीडितलाई सरकारले काठ उपलब्ध गराउने भनेको सुनेका थियो तर समितिले आलटाल गर्दै आएको थियो । घर बनाउन काठ नपाएपाछि महँगो मूल्यमा समिलबाट काठ खरिद गरी काठ किनेको समितिकै सदस्य रहेका उपभोक्ताको भनाइ छ । सो समितिका अध्यक्ष लामिछानेले वन कार्यालयको अनुमति बिना आफूखुसी पैसा कमाउने उद्देश्यले अवैध काठ निकासी गरेको उनीहरुको आरोप छ । जिल्ला वन कार्यालयका सहायक वन अधिकृत बच्चुराम सुवेदीले नवदुर्गा सामुदायिक वनमा उपभोक्तालाई वितरण गर्न दुई हजार ५०० क्युफिट काठ कटान गर्न आदेश दिएको बताएका छन । समितिले वनले आदेश दिएभन्दा वेगरका रूख कटान गरे/नगरेको भन्ने अनुसन्धान गर्ने बताए । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत रूख कटान गर्न आदेश दिएको उहाँको दाबी छ । वैज्ञानिक वन व्यवस्थापनमा बुढो, धोद्रो, वनको सुन्दरचामा आँच पुर्याउने र सुकेका रूख कटान गर्न सकिने प्रावधान भए पनि वन समितिले सग्ला हरिया सालका रूख कटान गरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE