Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

राजपाको आन्दोलनमा फोरम र नँया शक्तिको पनि समर्थन

\"\"नवलपरासि, ३१ जेठ । संयुक्त लोकतान्त्रिक मधेसी थरुहट मोर्चा नवलपरासीमा आबद्ध चार दलीय गठबन्धन राजपा नेपालको आन्दोलनमा संघिय समाजबादी फोरम नेपाल , नेपाल लोकतान्त्रिक फोरम र नँया शक्ति नेपाल नवलपरासीले पनि समर्थन जनाएका छन् । मोर्चाका जिल्ला संयोजक मुकुर्जि गिरीको अध्यक्षतामा आज परासीमा बसेको मोर्चाको बैठकमा समाजबादी फोरम , लोकतान्त्रिक फोरम र नँया शक्तिले समर्थन जनाएका हुन् । यि तिन दलहरुलाई राजपाको आन्दोलनमा समर्थन नजनाउन केन्द्रिय निर्देशन रहेपनि मधेसका मांग सम्बोधन गराउन मधेसबादी दलहरु जिल्लमा एकताबद्ध रहेकाले जिल्ला स्थित नेताहरुले नवलपरासीको आन्दोलनलाई समर्थन गरेका हुन् । यस अघिपनि ति दलका जिल्ला स्थित नेता तथा कार्यकर्ताहरुले संंयुक्त लोकतान्त्रिक मधेसी थरुहट मधेसी मोर्चा सँगै आन्दोनलमा होमिएका थिए । आजको बैठकवाट मोर्चाका नेताहरुले राजपा नेपाल , संघिय समाजबादी फोरम , नेपाल लोकतान्त्रिक फोरम र नँया शक्ति पार्टि नेपालको जिल्लामा मोर्चा बनाएर नै आन्दोलन गर्ने औपचारीक निर्णय गरेका छन् । राजपा र अन्य तिन दलका जिल्ला स्थित केन्द्रिय सदस्य , जिल्ला अध्यक्ष तथा अगुवा कार्यकर्ताहरुको उपस्थितमा आज परासीमा गरेको बैठकमा परासी क्षेत्रका पाँचवटै स्थानीय तहमा आन्दोलन चर्काउनका लागि १ सय १ सदस्सीय आन्दोलन समिति गठन गरीएको राजपाका प्रवक्ता राधेरमण पाण्डेले जानकारी दिनुभयो । सरकारले राजपालाई बहिष्कार गरी असार २ गते मनोयन दर्ता गराउन पर्यत्न गरे राजपाको गठित समितिले मनोयन बिथोल्नका लागि आन्दोलन गर्नेछ । जस अन्तर्गत रामग्राम नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमका जिल्ला अध्यक्ष शुबास गिरीको संयोक्जत्वमा समिति गठन गरीएको छ । यस्तै पाल्हीनन्दनको संयोजकमा मुकर्जि गिरी , सरावल गाँउपालिकामा राधेश्याम चौधरी , प्रतापपुर गाँउपालिकामा रामपृत यादव र सुस्ता गाँउपालिकामा प्रेमचन्द्र गुप्ताको संयोक्जत्वमा आन्दोलन समिति गठन गरीएको छ । समितिहरुमा जिल्ला स्तरका नेता र सम्बन्धित स्थानीय तहका अगुवा कार्यकर्ताहरु रहेका छन् । यस्तै बैठकले मधेसबादी दलको मांग सम्बोधन नभएसम्म ति स्थानीय तहहरुमा असार २ गते उमेदवारहरुलाइ मनोयन दर्ता नगराउन र चुनावको प्रचार प्रसार रोक्नलाई मोर्चाले आग्रह समेत गरेको छ भने बन्द हडतालमा मोटरसाईकल चलाउन छुट दिईएपनि अब मोटरसाईकल चलाउदा कालो झण्डा बाधेर चलाउनु पर्ने मोर्चाले सर्वसाधरणलाई जानकारी गराएको छ । राजपाले आह्वान गरेको बन्दको दोस्रो दिन आज पनि सदरमुकाम परासी सहित दक्षिणि क्षेत्रको जनजिवन प्रभावित बनेको छ । आजपनि मधेसबादी दलका नेता तथा समर्थकहरुले बिभिन्न ठाँउहरुमा टायर बालेर नारबाजी गर्दै प्रदर्शन गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE