Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

२ र ५ नम्वर प्रदेशमा साउन या दसैंपछि चुनाव गर्ने तयारी

[caption id=\"attachment_135332\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं, ३१ जेठ । प्रमुख राजनीतिक दल र असन्तुष्टि दल राष्ट्रिय जनता पार्टीबीच आज दिउँसो छलफल हुँदैछ । हिजो मंगलवार प्रमुख राजनीतिक दल र राजपाबीच छलफल निष्कर्ष विहिन टुङ्गिएपछि आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बस्दैछ । केहि समयअघि भएको छलफलमा राजपाका नेताहरुले असार १४ गते हुने भनिएको दोस्रो चरणको निर्वाचन केहि पर सार्न आग्रह गरेका थिए । तर बैठकमा सहभागि दलहरुले उक्त प्रस्तावलाई ठाडै अस्वीकार गरेका थिए । तर हिजो भएको वार्तामा सत्तारुढ दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई प्रधानमन्त्री शेरबहादुर देउवाले १४ गते तोकिएको निर्वाचनमध्ये २ र ५ नम्बर प्रदेशमा भने केहि समय पर सार्न प्रस्ताव गरेका थिए । तर देउवाको उक्त प्रस्ताव माओवादी र एमालेले ठाडै अस्वीकार गरेको थियो । \'राजपाको आग्रहमा पटक–पटक चुनाव सारिएको हो । तरपनि जुन बैठकमा पनि नयाँ नयाँ माग तेस्र्याएर चुनाव झन्–झन् पछि धकेल्दैछ । यसबाटै बुझिन्छ राजपाका नेताहरुले चुनाव चाहेका छैनन् । यसअघि चुनाव सार्ने बैठकमा सरकारले राजपासँग लिखित नै गर्नुपथ्र्यो, नगर्नु सरकारको गल्ति हो\' स्रोतले भन्यो । प्रधानमन्त्री सचिवालय उच्च स्रोतका अनुसार आजको बैठकमा सरकारले राजपासँग लिखित नै गर्ने तयारी गरेको छ । स्रोत भन्छ ‘प्रधानमन्त्रीले कि साउनको पहिलो साता नभए दसैंपछि चुनाव हुने संकेत गरिसक्नु भएको छ ।’ कुनै हालतमा असार १४ गते निर्वाचन हुन नदिने भन्दै राजपाले आन्दोलनको कार्यक्रम सार्वजनिक गरिसकेको छ । हिजोदेखि तराई–मधेसका जिल्लामा बन्द शुरु गरेको छ । दोस्रो चरणको चुनावका लागि असार २ गते हुने मनोनयनलाई ध्यान दिदै राजपाले जेठ ३० देखि असार २ सम्म तराई–मधेसका जिल्लामा बन्द आव्हान गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE