Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

गोरखा–१ लाई ‘नमुना क्षेत्र’ बनाउइनेः भट्टराई

गोरखाबजार, एमाओवादीका नेता बाबुराम भट्टराईले गोरखा जिल्ला निर्वाचन क्षेत्र नं १ लाई नमुना निर्वाचन क्षेत्रका रुपमा विकास गर्ने अवधारणापत्र सार्वजनिक गरेका छन् । नयाँ वर्षको अवसरमा मंगलबार गोरखा सदरमुकाममा पाँच पृष्ठ लामो विकासको योजनासहितको सो अवधारणापत्र भट्टराईले प्रस्तुत गरेका हुन् । पार्टी नेता, कार्यकर्ता, उद्योगी, व्यवसायी सहभागी रहेको भेलामा भट्टराईले तीन वर्षभित्र क्षेत्र नं १ लाई विकासका पूर्वाधार खडा गरेर देशकै ‘नमुना निर्वाचन क्षेत्रको’ रुपमा विकास गर्ने बताए । सरकार, दातृ निकाय, राजनीतिक दल, गैरसरकारी सङ्घसंस्था, उद्यमी, व्यवसायी र नागरिक समाजको प्रत्यक्ष सहयोगमा विकासका योजना निर्माणसँगै लागू गरिने भट्टराईले जानकारी गराए । ‘उत्पादनशील, रोजगारीमूलक, आत्मनिर्भर र दिगो कार्यक्रम ल्याएर स्थानीय बासिन्दाको जीविकोपार्जनमा सुधार ल्याउनेछौँ । कृषि, गैरकृषि क्षेत्रमा लगानी वृद्धि गरेर, गाउँघरमा रहेको गरिबी, बेरोजगारी समस्या दूर गर्ने हाम्रो योजना छ ।’– अवधारणापत्र प्रस्तुत गर्दै भट्टराईले भने । युवामैत्री आधुनिक प्रविधि भित्र्याउने, सहकारीमार्फत व्यावसायिक कृषि, पशुपालन बढाउनका लागि स्थानीयस्तरबाट श्रम, सीप र पुँजीलाई परिचालन गर्नुपर्ने भट्टराईको भनाइ छ । अनिकाल समस्या भोग्दै आएका गोरखाका पाँच गाविसका चेपाङ समुदायलाई राहतको व्यवस्था मिलाउने, चेपाङ विद्यार्थी पढ्ने आवासीय विद्यालय निर्माण गर्ने, भुम्लिचोक गाविसको हिक्लुङस्थित त्रिशूली नदीमा एक वर्षभित्र झोलुङ्गे पुल निर्माण गर्ने, चेपाङ समुदाय विकास ट्रस्ट गठन गर्नेलगायतका कार्यक्रम भट्टराईले प्रस्तुत गरेको अवधारणापत्रमा उल्लेख छ । उनले जथाभावी त्यही खन्न नहुने धारणाा राख्दै भने- ‘जताभावी रुपमा गाउँगाउँमा सडक खन्नु हुँदैन, एक गाउँ एक पोखरी खनेर पानी सङ्कलन गर्नुपर्छ ।’ उनले ऐतिहासिक, सांस्कृतिक, धार्मिक पर्यटनको विकास गरी वार्षिक एक करोड आन्तरिक पर्यटक नेपाल एकीकरण गरेको भूमि गोरखामा भित्र्याउन पहल गरिने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending