Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

एक दिवसीय प्रधानमन्त्री कपमा आर्मीले पुलिसलाई हरायो

\"\"काठमाडौँ, १४ जेठ । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले पुलिसमाथि सात विकेटको जित हासिल गर्दै समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । सोही समूहको उपविजेता बन्दै पुलिस पनि सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले जारी प्रतियोगितामा ६ अङ्क जोड्यो भने पुलिसको ४ अङ्क छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले २५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनको झिनो योगफल तयार ग¥यो । पुलिसले दिएको ११० रनको विजय लक्ष्य पछ्याएको आर्मीले ११६ बल बाँकी छर्दै पूरा ग¥यो । आर्मीले ३० दशमलव ४ ओभरमा ३ विकेट गुमाउँदै ११३ रन बनायो । पहिले ब्याटिङ गरेको पुलिसका लागि दिलीप नाथले सर्वाधिक ५० रन जोडे । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २२ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन् । पुलिसलाई सस्तैमा समेट्ने क्रममा आर्मीका सुशन भारी एक्लैले ६ विकेट लिए । जारी प्रतियोगिताको एकै खेलमा– ६ विकेट लिने सुशन दोस्रो खेलाडी बने । त्यसअघि आर्मीकै जितेन्द्र मुखियाले सुदूरपश्चिमाञ्चल विरुद्धको खेलमा ६ विकेट लिएका थिए । त्यस्तै आर्मीको जितमा कप्तान विनोद भण्डारी र नरेश बुढाएरले नटआउट ७६ रनको साझेदारी गरे । पचास बल खेलेका विनोदले ७ चौका एक छक्काको मद्दतमा ४६ रन जोडे । यता नरेशले ७४ बल खेल्दै १ छक्का र तीन चौका प्रहार गर्दै ४१ रन बनाए । त्यसैगरी महेश क्षेत्रीले १३, सागर पुनले ११ रन जोडे । पुलिसका ललितसिंह भण्डारीले दुई विकेट लिए भने सुशील कँडेलले १ विकेट लिए । भोलि समूह ‘ए’ मा रहेका सशस्त्र प्रहरी बल (एपिएफ) र पश्चिमाञ्चल विकास क्षेत्रवीच खेल हुनेछ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending