Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

कांग्रेस सभापति देउवालाई घिमिरेको चिठ्ठिः मेयर र चुनावी तालमेलबारे यस्तो छ कहानी

काठमाडौं, ७ जेठ । पछिल्लो समय निकै चर्चामा आएकी कांग्रेस नेतृ मनिता घिमिरेले अनौठो तरिकाले धरान उपमहानगरपालिकामा मेयर पदमा दावी गरेकी छिन् ।
कांग्रेसबाट उपमेयर पदमा टिकट पाउने निश्चित जस्तै भएको बेला उनले सो पद त्यागेर मेयरमा दावेदारी प्रस्तुत गरेकी हुन् । पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा सुनसरी कांग्रेसका सभापति राजीव कोइरालालाई पत्र लेखेर मनिताले मेयरमा दावेदारी प्रस्तुत गरेकी हुन् ।
मनिताले माओवादीसँग चुनावी तालमेल गरिएकोमा पार्टी नेतृत्वको कडा आलोचना पनि गरेकी छिन् । उनले एमालेलाई सच्याउने र सहि बाटोमा लगाउने जिम्मेवारी पनि कांग्रेसको हो भन्दै पत्रमा लेखेकी छिन्, जनताले विवकेले मत दिने हुन्, तालमेल गरेर जनताको विवेकमाथि नेपाली कांग्रेसले अविश्वाश गर्न हुँदैन । तालमेल गरेर अरु पार्टीका लागि कांग्रेसले जनमत बटुलिदिने होइन् ।
कांग्रेसले महिलालाई अधिकांश ठाउँमा उपप्रमुखमा मात्र उम्मेदवार बनाएको, प्रमुखमा उम्मेदवार नबनाएकोमा मनिताले पत्रमा कडा आक्रोश पोखेकी छिन् ।
उनी लेख्छिन्, पहिलो चरणको चुनाव हेरेर म यो निष्कर्षमा पुगेको छु कि महिलाले अधिकांश ठाउँमा प्रमुख पदमा दावी पनि गरेनन् । यो गल्ती सच्याउन पनि म धरान उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदावर बनाउन पार्टीसँग विनम्र आग्रह गर्दछु ।
आफ्नो उम्मेदवारीले देशभरी कांग्रेसको चुनावी अभियानलाई सघाउ पुग्ने दावी पनि उनले गरेकी छिन्। उनी लेख्छिन्, नेपाली कांग्रेस पहिलो चरणमा रक्षात्मक बनेर उपस्थित भएको थियो भने प्रतिस्पर्धी दलहरु आक्रामक थिए । अब कांग्रेसले रचनात्मक आक्रामकताको नीति लिन आवश्यक छ । यसका लागि धरान सहितका प्रमुख र धेरै मतदाता भएका स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाइनुपर्छ ।
मनिताको भनाई छ, उपयुक्त उम्मेदवार चयन गर्नु भनेको चुनाव आधा जित्नु हो । उनले धरानलाई आफूले देशकै उत्कृष्ट थलो बनाउनसक्ने दावी पनि गरेकी छिन् ।
सभापति, श्री शेरबहादुर देउवाज्यू
महामन्त्री, श्री शशांक कोइरालाज्यू
वरिष्ठ नेता रामचन्द्र पौडेलज्यू
सुनसरी जिल्ला पार्टी सभापति राजीव कोइरालाज्यू
विषयः नेपाली कांग्रेसले गरिरहेको चुनावी तालमेल र धरान उपमहानगरपालिकामा प्रमुख पदमा उम्मेदवारी सम्बन्धमा
नेपाली कांग्रेस नेपालको अग्रणी पार्टी हो र यो नेपालमा क्रियाशील सबैभन्दा ज्येष्ठ राजनीतिक पार्टी पनि हो  । नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा लिने नीति र रणनीतिहरुले यसको आन्तरिक जीवन मात्र नभएर समग्र मुलुकको जीवनका साथै समग्र राजनीति प्रभावित हुन्छ । 
हाल संचालन भइरहेको स्थानीय तहको चुनावबाट पनि नेपाली कांग्रेस देशको अग्रणी राजनीतिक दलका रुपमा स्थापित हुँदैछ । पहिलो र दोस्रो चरणको चुनावबाट नेपाली कांग्रेस एक नम्बर राजनीतिक दलका रुपमा स्थापित हुने सुनिश्चित छ । लोकतन्त्र प्रेमीहरुका लागि यो खुसीको कुरा हो । 
\"\"
चुनावको दौरानमा नेपाली कांग्रेसले लिएका कतिपय नीतिले राष्ट्रिय राजनीतिमा दूरगामी सकारात्मक प्रभाव पर्ने देखिन्छ भने कतिपय नीतिले नकारात्मक प्रभाव पर्ने पनि देखिन्छ । नकारात्मक प्रभाव पर्ने नीतिहरुलाई सच्याउँदै अगाडि बढ्नुको विकल्प नेपाली कांग्रेससँग छैन ।
गलत चुनावी तालमेल 
नेपाली कांग्रेस मुलुकको अग्रणी राजनीतिक पार्टी भएकाले यसले लोकतन्त्रलाई संस्थागत गर्ने तथा नयाँ संविधान कार्यान्वयन गर्ने उद्देश्यले सबै राजनीतिक शक्तिहरुलाई समेट्ने, सबैसँग सहकार्य गर्ने नीति लिएको छ । तर, स्थानीय चुनावमा त्यस अनुसारको रणनीति अपनाउनमा नेपाली कांग्रेस चुकेको छ ।
कांग्रेसले विभिन्न स्थानमा अन्य पार्टीहरुसँग चुनावी तालमेल गर्ने कार्य गरेको छ । तालमेलको क्रममा कतिपय स्थानमा माओवादी केन्द्रलाई प्रमुख पदमा समर्थन समेत गरेको छ । यो गलत भएको छ ।
संसदभित्रको गणितीय राजनीतिमा पहिलो पार्टीले साना पार्टीलाई समर्थन दिनु, नेतृत्व दिनु स्वाभाविक हुनसक्छ तर आम जनताले मत दिने चुनावमा अरुलाई नेतृत्वदायी पद दिनु स्वाभाविक हुन सक्दैन । आम जनतामा कुनै पनि पार्टीले सैद्धान्तिक आधारमा मत माग्ने हो । चुनावमा राजनीतिक दलहरुले आफ्ना विचार, सिद्धान्त र कार्यक्रमहरु जनतामाझ पुराउने हो । अरुलाई नेतृत्वदायी पदमा समर्थन गरेर कांग्रेसले प्रभावकारी ढंगले आफ्नो विचार, सिद्धान्त तथा कार्यक्रम जनतामाझ पुराउन सक्दैन । नेपाली कांग्रेसले जनताको मत र विवेकमा विश्वाश गर्नुपर्छ । चुनावमा हुने पराजयलाई पनि स्वीकार्नुपर्छ । जनतामाझ आफ्ना विचार, सिद्धान्त तथा कार्यक्रम पुराउन सक्नु नै पहिलो विजय हो । मतगणनामा हुने विजय या पराजय दोस्रो विषय मात्र हुनसक्छ नेपाली कांग्रेसजस्तो लोकतन्त्रको पर्याय राजनीतिक पार्टीका लागि ।
जनताले विवकेले मत दिने हुन्, तालमेल गरेर जनताको विवेकमाथि नेपाली कांग्रेसले अविश्वाश गर्न हुँदैन । वामपन्थीहरुलाई तालमेल गर्न सुहाउँछ होला तर नेपाली कांग्रेसलाई सुहाउँदैन । जनप्रतिनिधिले गर्ने तालमेल भने बेग्लै विषय हो जसमा गणितीय समीकरण प्रमुख हुन्छ ।
संविधान कार्यान्वयन र लोकतन्त्र संस्थागत गर्न सबै राजनीतिक दलहरुबीच सहकार्य जरुरी छ तर कोसँग कांग्रेसले सहकार्य गर्ने भन्ने निर्णय नेपाली जनताले गर्ने हुन् । चुनावी तालमेलले जन अभिमतलाई दिग्भ्रमित पार्न सक्छ । कांग्रेसले जनमत आर्जन गरेको आधारमा राजनीतिक दलहरुलाई समेट्ने कार्य गर्नुपर्छ । यस विपरित जनमत बटुलिदिन कुनै पार्टीलाई सहयोग गरिदिने होइन । पहिलो चरणको चुनावमा गरिएको तालमेलले पार्टीलाई फाइदा नभएको पनि स्पष्ट भइसकेको छ ।
संविधान कार्यान्वयन तथा लोकतन्त्र सुदृढिकरणका लागि नेपाली कांग्रेसले मूलत नेकपा एमालेसँग सहकार्य गर्नुपर्छ । किनभने विगत तीन दशकदेखि नेपाली कांग्रेसको प्रतिस्पर्धी पार्टीका रुपमा एमाले रहँदै आएको छ । देशका प्रमुख दुई शक्तिमध्ये एमाले एक हो । यद्यपि एमालेको गलत नीति र कार्यशैलीले लोकतन्त्रको सुदृढीकरण र संविधान कार्यान्वयनमा अवरोध सिर्जना भइरहेको पनि उत्ति नै सत्य हो । एमालेलाई समेत सहि बाटोमा अगाडि बढाउने दायित्व नेपाली कांग्रेसको पनि हो भन्ने भुल्न हुँदैन ।
महिला उम्मेदवारी सम्बन्धमा
नयाँ संविधानले महिला अधिकार स्थापित गर्ने सम्बन्धमा धेरै काम गरेको छ । स्थानीय तहमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ । प्रमुख र उपप्रमुख मध्ये एक पदमा महिलालाई राजनीतिक दलले उम्मेदवार बनाउनुपर्ने भनेको छ । तर, पहिलो चरणको चुनावमा महिलालाई अधिकांश स्थानमा उपप्रमुखमा मात्र उम्मेदवार बनाइएको छ । यो गलत भएको छ । यसलाई सच्याउन आवश्यक छ ।
अतः मलाई धरान उपमहानगरपालिकाको मेयर पदका लागि हाम्रो पार्टी नेपाली कांग्रेसले उम्मेदवार बनाओस् भनी विनम्र आग्रह गर्दछु ।
नेपाली कांग्रेस नेपालमा समावेशीकरणको जननी हो, महिला अधिकार स्थापित गर्ने अग्रणी पार्टी हो । यो पार्टी अन्य पार्टीहरुभन्दा महिला प्रतिनिधित्वमा पछाडि पर्नु दुखको कुरा हो । महिला प्रतिनिधित्वमा पनि नेपाली कांग्रेस अग्रणी बन्न सक्नुपर्छ । यसका लागि कांग्रेसले दोस्रो चरणको चुनावमा यथासक्य धेरै स्थानमा महिलालाई प्रमुखको उम्मेदवार बनाओस् भनी विनम्र आग्रह गर्दछु ।
पहिलो चरणको चुनावमा नेपाली कांग्रेस संगठनात्मक रुपमा कमजोर रहेको ठाउँमा पनि प्रमुखमा महिलालाई उम्मेदवार बनाइएको ठाउँमा सम्मानजनक मत आएको स्मरण दिलाउन चाहन्छु । दोस्रो चरणमा महिलालाई अत्याधिक ठाउँमा प्रमुखको उम्मेदवार बनाउँदा पार्टीको चुनावी अभियानलाई ठूलो सघाउ पुग्ने पनि स्वत सिद्ध छ । 
पहिलो चरणको चुनावमा प्रमुख पदमा महिला प्रतिनिधित्वमा नेपाली कांग्रेस पछाडि परेको छ । त्यसको क्षतिपूर्तिका लागि पनि दोस्रो चरणमा महिलालाई अत्याधिक संख्यामा प्रमुखमा उम्मेदवार बनाउन आवश्यक छ । पहिलो चरणको चुनाव हेरेर म यो निष्कर्षमा पुगेको छु कि महिलाले अधिकांश ठाउँमा प्रमुख पदमा दावी पनि गरेनन् । यो गल्ती सच्याउन पनि म धरान उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदावर बनाउन पार्टीसँग विनम्र आग्रह गर्दछु ।
प्रतिकूलता र अनुकूलता
पहिलो चरणको चुनाव नेपाली कांग्रेसका लागि निकै प्रतिकूल रहेको थियो । खासगरी राष्टिय राजनीतिमा भएका कतिपय घटनाक्रमले कांग्रेसलाई अप्ठ्यारो परिस्थितिमा पुराएको थियो । त्यसका बावजुद कांग्रेसले पहिलो चरणमा शानदार विजय हासिल गरेको छ । नेपाली कांग्रेस पहिलो चरणमा रक्षात्मक बनेर उपस्थित भएको थियो भने प्रतिस्पर्धी दलहरु आक्रामक थिए । अब नेपाली कांग्रेसले रचनात्मक आक्रामकताको नीति लिन आवश्यक छ । यसका लागि धरान सहितका प्रमुख र धेरै मतदाता भएका स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाइनुपर्छ ।
यहाँहरुलाई थाहा भएकै कुरा हो, उपयुक्त उम्मेदवार चयन गर्नु भनेको चुनाव आधा जित्नु हो ।
चुनावमा विजय भएपछि परिस्थिति झन चुनौतीपूर्ण हुन्छ । किनभने विजयीहरुले नेपाली कांग्रेसको विचार सिद्धान्त आदर्श र कार्यक्रम अनुसार आआफ्नो ठाउँमा विकास निर्माण गर्नुपर्ने हुन्छ, सबै पक्षलाई समेटेर हिँड्नुपर्ने हुन्छ । विकासको संवाहक नेपाली कांग्रेस नै हो भनेर स्थापित हुँदै आएको छ र आगामी दिनमा पनि स्थापित गर्न जिम्मेवारी स्थानीय तहमा निर्वाचित हुने कांग्रेसका विजयी उम्मेदवारहरुको हो । यस दृष्टिले पूर्वाञ्चलको उत्कृष्ट र रणनीतिक थलो धरानलाई विकासका दृष्टिले देशकै नमूना थलोका रुपमा विकास गर्नुपर्छ । यो जिम्मेवारीलाई म गम्भीर ढंगले निर्वाह गर्न सक्छु भन्ने विश्वाश पनि दिलाउन चाहन्छु ।
धरान उपमहानगर देशको नमूना समावेशी थलो हो, उत्कृष्ट थलो हो, यहाँका जनता लोकतन्त्र प्रेमी छन् र यहाँ नेपाली कांग्रेसको विजय सुनिश्चित रहेको छ । पूर्वाञ्चलको यो नमूना थलोमा नेपाली कांग्रेसले दिने उम्मेदवारीले दोस्रो चरणमा चुनाव हुने अन्य ठाउँमा पनि सकारात्मक प्रभाव पार्नेछ  । नेपाली कांग्रेसले धरानमा सञ्चालन गर्ने चुनावी अभियानले देशव्यापी प्रभाव पार्न सक्छ । यो गम्भीर जिम्मेवारी मलाई दिन म पुन आग्रह गर्दछु ।
मनिता घिमिरे
नेपाली कांग्रेस, सुनसरी क्षेत्र नम्बर १ कार्यसमिति सदस्य
धन्यवाद
जयनेपाल
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending