Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसबाट श्रेष्ठको नाम चर्चामा

\"\"भरतपुर, १५ बैशाख । स्थानीय तहको अब हुने निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट शेरबहादुर देउवा पक्षका नेताले टिकट पाउने सम्भावना बढ्दै गएको छ । कांग्रेसभित्र शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौला रहेको तीन गुटमध्ये पार्टी सभापति समेत रहेका देउवाले आफ्नो पक्षका एक नेतालाई टिकट दिने सम्भावना बढी रहेको कांग्रेस निकट स्रोतले जानकारी दिएको छ । चितवनको भरतपुर महानगरपालिका कांग्रेसका लागि सबैभन्दा महत्वपूर्ण मानिन्छ । भरतपुर महानगरमा मेयर पदका लागि कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । मेयरको टिकटका लागि जिल्लाका आकांक्षी नेताहरु तीव्र रुपले शीर्ष नेताहरुको घरदैलोमा धाईरहेका छन् । चितवन जिल्ला कांग्रेसले मेयरका लागि आवेदन दिएका ३२ जनाको नाम केन्द्रमा पठाईसकेको छ । जसमा देउवा, पौडेल र सिटौला निकटका नेताहरुको दाबेदारी रहेको छ । पौडेल र सिटौला पक्षको भन्दा देउवा पक्षका नेताहरुको नै बढी दाबेदारी परेको छ । मेयरका लागि अधिकांश युवा नेताहरु आकांक्षी बनेका छन् । मेयर पदमा देउवा निकट मानिने नेताहरु मिलनबाबु श्रेष्ठ, भरत गुरुङ, प्रकाश अधिकारी र ऋषि पाण्डेको नाम चर्चामा छ । उता नेपाली कांग्रेस चितवनका पूर्व सभापति टेकप्रसाद गुरुङले पनि मेयर पदमा दाबी गरिरहेका छन् । तर गुरुङले टिकट पाउने सम्भावना कम छ । गुरुङलाई सिटौला निकटको नेता भनेर चिनिन्छ । मेयरमा देउवा निकटका नेता मिलनबाबु श्रेष्ठले टिकट पाउने सम्भावना धेरै रहेको कांग्रेस निकट स्रोतले जानकारी दिएको छ । श्रेष्ठलाई देउवाको पुरा समर्थन रहेको बताईन्छ । दुई पटक सम्म भरतपुर वडा नं ७ बाट वडा अध्यक्षमा चुनाव जितेका श्रेष्ठ चितवनमा लोकप्रिय मानिन्छन् । उनी २०४९ र २०५४ सालमा वडा अध्यक्ष भईसकेका नेता हुन् । उनी पहिलेदेखि नै देउवा क्याम्पमा आबद्ध थिए । श्रेष्ठ समाजसेवी पनि हुन् । उनले आफ्नो चुनावी एजेण्डा विकासमुखी बनाउने घोषणा गर्दै दौडमा लागेका छन् । तत्कालीन भरतपुर नगरपालिकाका नगर सभापति समेत रही सकेका श्रेष्ठ कांग्रेसबाट नगर प्रतिनिधिका रुपमा समेत सहभागिता जनाईसकेका नेता हुन् । उता दिनेश कोइराला, भरत गुरुङ, र शंकर कँडेल पनि आकांक्षी देखिएका छन् । युवा नेता भरत गुरुङपनि पार्टी सभापति देउवा निकट हुन् । कांग्रेसको महासमिति सदस्य रहेका गुरुङ २०४८ सालमा अमृत साइन्स क्याम्पस नेविसंघको अध्यक्ष भईसकेका नेता हुन् । मेयरका लागि अर्का आकांक्षीमा विजय भुषालको नाम पनि आएको छ । जग्गाको कारोबार गर्दै आएका भुषाल पार्टी राजनीतिमा त्यति धेरै चर्चित छैनन् । चितवनमा जग्गाको कारोबार बढ्दै गर्दा उनी पार्टी राजनीतिलाई कम महत्व दिएर जग्गाको काममा लागेका थिए । भुषाल अहिले टिकट पाउन रामचन्द्र पौडेल निकट भएर लागेका छन् । तर स्रोतका अनुसार भुषालले पनि टिकट पाउने सम्भावना ज्यादै न्युन छ । त्यस्तै युवा नेताहरु शंकर कँडेल र दिनेश कोइरालाले पनि मेयर पदमा आकांक्षा देखाएका छन् । कँडेल कांग्रेस जिल्ला कोषाध्यक्ष हुन् । कंडेललाई चितवनका पार्टी सभापति जितनारायण श्रेष्ठले साथ दिएका छन् भने कोइरालालाई सिटौलाको साथ रहेको छ । कँडेल र कोइरालाले पनि टिकट पाउने सम्भावना ज्यादै कम छ । भरतपुर महानगरभित्र २९ वटा वडाहरु छन् । भरतपुर महानगरमा कांग्रेस र एमालेको तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय निकाय पुनर्संरचना आयोगले साविकको भरतपुर उपमहानगरपालिकालाई महानगर बनाएको हो । भरतपुर महानगरमा करिब एक लाख ५२ हजार मतदाताहरु रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies