Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

सरकारको नयाँ प्रस्तावमा एमाले-मधेसी मोर्चा दुबै सहमत

\"\"काठमाडौं, १४ वैशाख । सरकारले असन्तुष्ट मधेसी मोर्चालाई मनाउन नयाँ प्रस्ताव राखेको छ । सरकारका तर्फबाट उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा राष्ट्रिय जनता पार्टी नेता र प्रमुख प्रतिपक्षी एमाले नेताहरुसँग छलफल गर्दै विराटनगर र वीरगन्ज महानगरपालिका बनाउने नयाँ प्रस्ताव राखेका हुन् । मधेसी मोर्चालाई मनाउन सरकारले ११ जिल्लामा स्थानीय तह थप्नेबारे गृहकार्य थाल्ने भएको छ । बैठकपछि एमाले प्रमुख सचेतक भानुभक्त ढकालले विराटनगर र वीरगन्जलाई महानगरपालिका बनाउनेबारे मधेसी मोर्चा र हाम्रो मिलेको बताए । विराटनगर र वीरगन्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउनुपर्ने माग आएकाले यसबारे पनि सरकारको ध्याना गएको मन्त्री थापाले बताए । मधेसका कुन कुन जिल्लामा स्थानीय तह कसरी थप्नुपर्ने हो भन्नेबारे मापदण्ड र प्राविधिक कार्य गर्न भन्दै थापाले बैठकमा उपस्थित मन्त्रालयका अधिकारीलार्इं दुई दिनको समय दिए । बैठकमा मन्त्री थापाले मधेसमा स्थानीय तहको संख्या थप्ने कुरा गर्दा उही आयोगको सिफारिसलाई आधार मानेको हो, त्यसैले तपाईंहरु संख्या थपिनेमा ढुक्क हुनुस् । बैठकमा उपप्रधानमन्त्री थापा, एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकाल, एमाले नेता अग्निप्रसाद खरेललगायत सहभागी थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies