Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

कुमाल समुदायमा देखिएन चुनावी चहलपहल

\"\"पाल्पा, १३ वैशाख । नयाँ संरचनाअनुसार स्थानीय तहको निर्वाचनले जिल्लाभर चहलपहल ल्याएपनि पाल्पाको कुमाल समुदायमा चुनावी सरगर्मी बढ्न सकेको छैन । बाह्रै महिना घरखर्चको जोहो गर्नुपर्ने बाध्यतामा रहेका पाल्पा बगनासकाली गाउँपालिका–१, घोरबन्दामा बासिन्दासम्म चुनावी प्रचार र चहलपहल पुग्नै सकेको छैन । कुमाल समुदाय आदिवासी जनजातिअन्तर्गत आर्थिकरुपमा विपन्न समुदायका रुपमा रहिआएका छन् । राज्यको प्रशासनिक निकायमा कमजोर सहभागिता रहेको कुमाल समुदाय कला संस्कृतिका दृष्टिमा भने धनी जातिका रुपमा लिइन्छ । परिवारको लागि घरखर्च जुटाउन बाह्रै महिना मजदुरी गर्ने यहाँका कुमाल समुदाय गरिबीले चुनाव केन्द्रित हुन नसकेको स्थानीयवासी कुलबहादुर कुमालले बताए । “गरिबीले गर्दा साथमा पैसा छैन, पैसा नभएपछि परिवार पाल्न मुस्किल हुँदो रहेछ, त्यसैले पहिला साँझ बिहान चुलोमा आगो बाल्नु नै पहिलो काम रहेछ,” उनले भने, हाम्रो ऋण छ, पैसा र विकास दिदैनन् । त्यसैले निर्वाचनप्रति चासो घटेको हो ।” स्थानीय कान्छी कुमालले भने –“पैसा छैन । ऋण छ, कसैले पनि तिरिदिँदैनन् । त्यसैले चुनावले छुन नसकेको हो । पहिला भोट माग्न आउनेहरु पनि भोट माग्न आएका छैनन् ।” पचपन्न वर्षीय कुलबहादुर पञ्चायतकालमा समेत गाउँ पञ्चायतमा निर्विरोध सदस्य बनेका थिए । पाल्पा सदरमुकाम तानसेन नजिकै रहेको घोरबन्दामा १२० कुमाल परिवार भएपनि चुनावमा प्रशस्त पैसा खर्च गर्न नसक्ने भएकाले यो समुदायको कोही पनि उम्मेदवार बन्ने मनस्थितिमा नभएको स्थानीय युवा तामबहादुर कुमालले बताए । यहाँको कुमाल वस्ती शिक्षा, स्वास्थ्य, सडक, खानेपानी जस्ता आधारभूत सुविधाबाट समेत वञ्चित छन् । पाल्पाको छहरारैनादेवी, रिब्दीकोट, बगनासकाली, माथागढी गाउँपालिका र रामपुर नगरपालिकालगायतका स्थानमा कुमाल समुदायको बाक्लो बस्ती रहेपनि स्थानीय तहमा यो समुदायको प्रतिनिधित्व कमजोर हुने देखिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies