एमाले काठमाडौंमा किर्ते गरेर मेयर सिफारिस गरेको भन्दै उजुरी
बैशाख १३ गते, २०७४ बुधवार 26th April, 2017 Wed१६:३६:५३ मा प्रकाशित
काठमाडौं, १३ वैशाख । नेकपा एमाले काठमाडौंले किर्ते गरी प्रदेशमा उम्मेद्वार सिफारिस गरेको आरोप लागेको छ । सहइन्चार्ज सुरेन्द्र मानन्धरले जिल्ला कमिटीले एकपक्षीय रुपमा नगरपालिकाहरुको मेयर सिफारिस गरेको भन्दै किर्ते गरेको आरोप लगाएका हुन् । किर्ते गभएर आएको नाम कुनैहालतमा स्वीकार्य नहुने अडान प्रदेश कमिटी बैठकमा मानन्धरले राखेका छन् । कृष्ण राई अध्यक्ष रहेको जिल्ला कमिटी अवैध भएको उनको आरोप छ । मानन्धर एमाले नेता माधबकुमार नेपाल समुहका हुन् ।
मानन्धरकाअनुसार बुढानिलकण्ठ नगरपालिकाको मेयरमा पहिलो नम्बरमा सिफारिस भएका क्षेत्रिय अध्यक्ष कुसुमकुमार कार्कीको नाम सिफारिस नगरे भन्दै विवाद भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली समुहले आफू अनुकुल थपघट गरेको छ । गुटकाले टिकट पाउने गरी प्रदेशमा लगेपछि विवाद भएको हो । बैठकमा मानन्धरले भने ‘यो त एउटा नमुना मात्र हो अन्य नगरपालिका पनि त्यस्तै गरी कीर्ते भएको छ ।
नागार्जुन नगरपालिकामा थाहै नदिई मेयर सिफारिस गरेको भन्दै उजुरी परेको छ । नागार्जुनबाट प्रकाश श्रेष्ठ, कृष्णहरी खत्री र देवकी भट्टराईको नाम सिफारिस भएको छ । सिफारिस भएको तीन जना नै ओली समुहका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: