म्याग्दी, परम्परागत अन्नबालीको विकल्पमा बहुउपयोगी जडीबुटी भनेर चिनिने चिराइतोखेती गर्न थालेपछि म्याग्दीका किसान यथेष्ट आम्दानी गर्न सफल भएका छन् ।
यहाँका सात गाविसका बासिन्दा घरमै बसीबसी मनग्गे आम्दानी गर्न थालेका हुन् । उच्च पहाडी क्षेत्रको खेतीयोग्य जमिनमा खाद्यान्न बालीको सट्टा चिराइतोखेती गरेर हिस्तान, रुम, गुर्जा, मुदी, मुना, बेग र ओखरबोट गाविसका ८०० भन्दा बढी परिवारले वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् ।
अन्नबाली लगाउँदा सोही जमिनमा मुस्किलले रु पाँच हजार बराबरको खाद्यान्न उत्पादन हुने गरेको किसानले बताएका छन् । खाद्यान्न बाली लगाउँदा थोरै मात्र उत्पादन हुने जमिनमा अन्नबालीको विकल्पमा सामुदायिक वन उपभोक्ता समूहमार्फत नगद आम्दानी हुने र कम श्रममा गर्न सकिने जडीबुटी खेती गर्न थालिएको छ ।
सोही जग्गामा सयौँ गुणा बढी आम्दानी लिन सकिएकोे रिमका कृषक मनबहादुर पुर्जाले बताए ।
खाद्यान्न उत्पादन कम हुन थालेपछि त्यसको विकल्पमा जडीबुटीखेतीमार्फत गाउँमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले चिराइतोखेती गर्न थालिएको हो । नेसरानी सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध ४५ घरधुरीले १० वर्षका लागि पाखो भाडामा लिएर चिराइतोखेती सुरु गरेका स्थानीय लीलबहादुर पुनले बताए ।
हिस्तानका साथै अर्मनको रानीबन र दरवाङको गोज्जामा सामुदायिक वन उपभोक्ता समूहमार्फत १० हेक्टरमा चिराइतोखेती गरिएको छ ।
म्याग्दीको मध्य पहाडी क्षेत्रमा खेतीयोग्य जमिन बाँझो बन्ने समस्या देखिएपछि जमिनको सदुपयोग तथा रोजगारी सिर्जना गराउने उद्देश्यले बहुसरोकारवाला वन कार्यक्रमअन्तर्गत तीन वर्ष अघिदेखि चिराइतोखेती सुरु गरेको वन कार्यालयका रेञ्जर चन्द्रमणि सापकोटाले जानकारी दिए ।
समुन्द्री सतहदेखि एक हजार २०० देखि तीन हजार मिटरको उचाइमा गर्न सकिने चिराइतो प्रतिरोपनी डेढ मेट्रिक टनसम्म उत्पादन गर्न सकिन्छ ।
घाउ, खटिरा, खानाको स्वाद र रुची बढाउने, औलो ज्वरोको औषधि बनाउन कच्चा पदार्थका रुपमा प्रयोग गरिने चिराइतो खेतीको व्यावसायिक सम्भावना रहेको सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य देवबहादुर घलेले जानकारी दिए ।
चिराइतोखेती विस्तारका लागि बहुसरोकारवाला वन कार्यक्रमले महासङ्घमार्फत सामुदायिक वनका उपभोक्तालाई प्राविधिक तालिम र बीउ उपलब्ध गराएको वन कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: