Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

श्रीमान् दस बर्षदेखि बेपत्ता भएपछि श्रीमती गुनासोः बालबच्चा कसरी हुर्काउँ ?

\"\"पाल्पा, १२ वैशाख । धन कमाउने आशा बोकेर परिवारलाई खुसी र सुखी बनाउन भारत पुगेका रामपुरकी समिरुन मियाँका श्रीमान् एक दशकदेखि सम्पर्कविहीन बनेका छन् । रातदिन श्रीमान् जिउँदो या मरेको अत्तोपत्तो नहुँदा उनलाई न रातमा निद्रा न दिनमा भोकजस्तै भएको छ । श्रीमती र चारजना सन्तानका अभिभावक रहेकी समिरुनका श्रीमान् छोराछोरीको पढाइ खर्च र घरखर्च चलाउनका निम्ति भारत पसेको लामो समय बितिसक्दा पनि परिवारको कुनै सम्पर्कमा अहिलेसम्म छैनन् । श्रीमान् बेपत्ता भएपछि चारजना छोराछोरीको लालनपालन पढाइ खर्च गर्न उनलाई निकै समस्या छ । बास बस्ने एउटा सानो झुप्रो पनि नहुँदा उनी अर्काको घरमा डेरामा बस्न बाध्य छन् । उनले रामपुरको बाङ्गेपसल नजिकै एक घरमा तीन कोठा भाडामा लिएर जीवन गुजारा गर्दै आउनुभएको छ । साँझ बिहान के खाने के लाउने भएको बखतमा बास बस्ने एउटा थलोसम्म नहुँदा उनलाई घरभाडा कसरी तिर्ने भन्ने समस्या रातदिन बल्झिरहेको बताउछिन् । उनी भन्छिन, “गरेर खाने एक टुक्रा जमिन छैन, दश नङ्ग्रा खियाएर रातदिन मजदुरी नगरेसम्म साँझ बिहान चुलोमा आगो बल्दैन ।” उनका चार सन्तानमध्ये जेठो छोरो जुम्मादिन मियाँ शारीरिक तथा मानसिक रुपमा पूर्ण अशक्त छन् । उनी अहिले २३ वर्ष पुगे । १० वर्षको उमेरमा मेनिन्जाइटिस रोगका कारण छोरो जीवनभर अपाङ्ग भएर बस्नुपरेको आमा समिरुनको भनाइ छ । “उपचारका लागि त्यस समयमा रु तीन लाखभन्दा बढी खर्च गरियो तर निको भएन, छोरो जीवनभर अपाङ्ग भयो”– “छोरो अपाङ्ग नभएको भए अहिले ठूलै भइसकेको थियो, काममा सघाउँथ्यो” उनले भने । बाउ बेपत्ता भएपनि छोराले केही गर्छ भनेको उल्टै छोरो जीवनभर अर्काको सहारामा बस्नुपरेको उनले बिलौना गरिन् । “उपचार गर्दा केही समय त छोरो निको हुन्छ भन्ने ठानेकी थिएँ, पछि डाक्टरले निको नहुने बताएपछि मनमा पिरैपिरको ठूलो भारीले रातदिन सताउने गरेको छ” उनीले भनिन् । उनीका कान्छो छोरा अब्दुल हुसेन अहिले ११ वर्षका भए । उनी एक वर्षको हुँदा बुबाले घर छोडेका हुन् । उनलाई बुबाको माया र सम्झनाबारे कुनै अत्तोपत्तो छैन । साथीहरुले बुबाको बारेमा कहिलेकाहीँ जिस्काउने र सोध्ने गरेको उनी बताउँछन् । कान्छी छोरी हसिना खातुन १५ वर्ष पुगिन् । खातुन बुबा अझै पनि घर आउने आशा लागेको बताउँछिन् । समिरुनले दिनभर मजदुरी गरेर दिनमा रु ४०० देखि ५०० सम्म बुझेको रकमले घर व्यवहार, छोराछोरीको पढाइ खर्च जुटाउँदै आएका छन् । बास बस्ने सानो झुप्रो नहुँदा पनि उहाँलाई परिवार पाल्न निकै धौधौ छ । दुःखसुख गरेर एउटा बास बस्ने झुपडी बनाउन पाए हुन्थ्यो, एक टुक्रा जमिन पनि आफ्नो नहुँदा निकै पिरोलेको उहाँले पीडा पोखे । समिरुनले अझै पनि श्रीमान् घर आउने आशा भने मारेकी छैनन् । एक दिन छोराछोरीको मायाले घर फर्कने आशा उनीमा अझै जिवित छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE