Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

राप्रपाले कांग्रेस एमालेसँग चुनावी तालमेल गर्ने

\"\"काठमाडौँ, १० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा वैचारिक तथा सैद्धान्तिक रुपमा नजिक रहेका दलसँग चुनावी तालमेल गर्ने भएको छ । पार्टीले आफू हार्ने स्थानमा अन्य दललाई सहयोग गर्ने तथा जित्ने सम्भावना भएका स्थानमा अन्य दलको सहयोग लिने गरी तालमेल गर्न सम्बन्धित जिल्लालाई अधिकार उपलब्ध गराएको छ । पार्टीले तालमेलका लागि अहिलेसम्म नेपाली काँग्रेस र नेकपा (एमाले) सँग समन्वय र छलफल गरिरहे पनि टुङ्गो लागिसकेको छैन । ती दुई दलमध्ये एक दलसँग तालमेलका लागि निर्णय लिएपछि उम्मेदवार छनोट अगाडि बढाइने छ । उम्मेदवार छनोटका लागि आवश्यक विधि र प्रक्रियासमेत निर्माण गरिएको छ । निर्वाचनमा उम्मेदवारको कार्य दक्षता, क्षमता, जनसमर्थन, पार्टीप्रतिको निष्ठालगायत विषयलाई मूल्याङ्कन गरी टिकट दिइने छ । काठमाडौँ जिल्ला कार्यसमितिले काठमाडौँका १० नगरपालिका प्रमुख तथा प्रमुखका लागि नामावली तयार पारिसकेको भए पनि तालमेलको निर्णय भइनसकेकाले ती नामावली सार्वजनिक गर्न नसकिएको समितिका अध्यक्ष नवराज सिङ्खडाले जानकारी दिए । उनले स्थानीय तहको निर्वाचनमा केही स्थानमा पार्टीले एक्लै सफलता प्राप्त गर्न सक्ने तथा भने केहीमा पार्टीको निर्णय निर्णायक हुने जिकिर गरे । पार्टीले स्थानीय विकास तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर घोषणापत्र ल्याउन लागेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख तथा उपप्रमुखमा अन्य क्षेत्रभन्दा विशेष महत्व दिइएको छ । पार्टीको काठमाडौँ महानगर कार्यसमितिले कामपा प्रमुखमा राजाराम श्रेष्ठलाई उम्मेदवारीका लागि निर्विरोध सिफारिस गरेको छ । उपप्रमुखमा भने सोनाम शाक्य, रेश्मा शाह, गङ्गा विक, सुधा जोशी र कुन्तीदेवी पोखरेललाई सिफारिस गरिएको छ । नायिका रेखा थापालाई प्रमुखमा उठाउने चर्चा चले पनि उनको नाम सिफारिस हुन सकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE