Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

जुम्लामा माओवादी केन्द्रले मात्रै दलित उम्मेदवार छान्यो

\"\"जुम्ला, ९ वैशाख । स्थानीय तहको निर्वाचन आउन अब २१ दिनमात्र बाँकी हुँदा पनि जुम्लामा कुनैपनि पार्टीबाट प्रमुख पदका लागि दलितको नाम चर्चामा आउन सकेको छैन । जुम्लामा एक नगरपालिकासहित सात गाउँपालिकाको प्रमुख–उपप्रमुख कुनै पदमा कुनै पनि दलले दलितको नाम अघि सारेका छैनन् । नगर गाउँपालिका गरी ६० वडा भएको जुम्लामा गुठिचौर गाउँपालिका– ५ मा नेकपा (माओवादी केन्द्रले नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य चन्द्रबहादुर नेपालीलाई वडाध्यक्ष पदमा सिफारिस गर्नुबाहेक अन्य कुनै ठाउँमा दलितको नाम अघि बढेको छैन । विगतको संस्कृतिलाई पछ्याउँदै दलहरुले यसपटक पनि दलित जातिलाई भोट बैंकको रुपमा प्रयोग गर्न लागेको नेकपा माओवादी केन्द्रका केन्द्रीय आयोजक कमिटी सदस्य लालबहादुर सार्की बताउँछन् । दलितलाई कार्यकारी पद दिनुप¥यो भनेर तातोपानी गाउँपालिकाको प्रमुख पदमा आफूले दाबी गरेको सदस्य सार्कीले बताए । “जातीय विभेद् अन्त भए पनि राजनीति विभेद् कायमै रहेको छ, जसका कारण दलित उपेक्षामा परेका छन्,” उनले भने । राज्यले व्यवस्था गरेको समावेशीतालाई लिएर दलहरुले फाइदा उठाएको उनको आरोप छ । राप्रपाका पूर्व केन्द्रीय सदस्य मनसुर सुनारले कुनै पनि पार्टीले जिम्मेवार पदको टिकट नदिँदा दलितको अपमान भएको बताउनुभयो । दलितलाई भोटका लागि मात्र प्रयोग गरेको उनको बुझाइ छ । वडाध्यक्ष पद नपाउने दलितका लागि मेयर उपमेयर पद त कल्पना भन्दा बाहिर भएको उनको तर्क थियो । नेपाली काँग्रेस जुम्लाका महाधिवेशन प्रतिनिधि जनक कामीले वडा, गाउँ हुँदै नगरपालिकासम्म दलित प्रमुख पदमा आउने विषयमा पार्टीभित्र छलफल भइरहेको तर टुङ्गो लागिनसकेको बताए । नेकपा एमाले निकट दलित जातीय उत्पीडित मुक्तिमोर्चाका जुम्ला अध्यक्ष धनकृष्ण नेपालीले दलितभित्रको क्षमताको कदर कुनै दलले नगरेको गुनासो गरे । नेपालको राजनीति परिवर्तन र विकासको इतिहासमा दलितको योगदान हुँदा पनि पुरातन सोचबाट दलितलाई लत्याइएको उनको बुझाइ छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE