Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

प्रचण्डलाई काँध थाप्न एमाले तयार : ज्ञवाली

\"\"काठमाडौं, ७ वैशाख । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले चुनाव गराउन कुनै बाधा, अड्चन र अप्ठ्यारो आए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो पार्टीले काँध थाप्ने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा एमाले सचिव ज्ञवालीले अहिले सरकारमा सहभागी हुने आफ्नो पार्टीको कुनै चाहना नरहेको जिकिर गर्दै भने, ‘हामी अहिले सरकारमा सहभागी हुँदैनौं, तर प्रचण्डजीलाई कुनै बाधा भए बाहिर बसेर हामी उहाँलाई सहयोग गर्छौं ।’ उनले आफ्नो पार्टीको ध्यान पूर्ण रुपमा चुनावमा केन्द्रित रहेको स्पष्ट पारे । उनले चुनाव कुनैपनि हालतमा बैशाख ३१ गते नै हुने बताए । ज्ञवालीले भने,‘कुनैपनि बहानामा चुनावलाई सार्न, टार्न र असफल बनाउने काम भए नेकपा एमाले त्यसको सशक्त विरोधमा उत्रिन्छ, हामीलाई यो कुरा स्विकार्य छैन।’ उनले प्रधानमन्त्री प्रचण्डले दुई चरणमा चुनाव गर्नेगरि अघि सारेको प्रस्तावलाई आफूहरुले अस्विकार गरिसकेको उल्लेख गर्दै उक्त प्रस्तावको अहिले कुनै अर्थ नरहेको स्पष्ट पारे । सचिव ज्ञवालीले मधेशी मोर्चा चुनावमा आउने कुराको ग्यारेन्टी कसले लिने भन्दै प्रश्न समेत तेर्साए । उनले भने,‘ अब कुनैपनि बहानाबाजी बनाउनुहुँदैन, सरकारले अब जनतालाई अल्झ्याउने काम बन्द गर्नुपर्छ, दुई चरणमा चुनाव गर्ने भन्ने कुरा पनि जनता अलमलाउने काम हो, यो कुरा स्वयम् जनताले नै ठाडै अस्विकार गरिसके ।’ उनले मधेशी मोर्चाले निर्वाचनको मुखैमा आन्दोलन गर्ने घोषणा गरिसकेकोले अब आन्दोलनमा उत्रिएका पक्षलाई कुरेर निवाचनको मिति तलमाथि गर्न नहुने धारणा राखे । उनले माओवादी केन्द्रका नेता वर्षमान पुनले एमालेले स्थानीय तहको निर्वाचन कात्र्तिकमा सार्नुपर्ने माग गरेको भनेर अभिव्यक्ति दिएकोप्रति टिप्पणी गर्दै भने, ‘एमालेले चुनाव सार्ने कुराको कल्पना पनि गर्न सक्दैन, यो कुरा जनतालाई सोध्नुहोस्, यो निराधार र भ्रमपूर्ण अभिव्यक्ति हो।’ निर्वाचन आचार संहिता उल्लंघन गरेर सरकारले गैर–बजेटरी रकमानन्तर गरिरहेकोप्रति आफ्नो दलले आजमात्रै संसदीय दलका उपनेता सुवास नेम्बाङ्को नेतृत्वमा निर्वाचन आयोगलाई ध्यानाकार्षण गराएको जनाए । त्यस्तै उनले आज भएको ५ मधेशवादी दलहरुवीचको एकताको स्वागत गर्दै आगामी दिनमा नेपाल जनता पार्टी नाम जस्तै देश र जनतो हितमा काम गरेर देखाउन शुभकामना दिए । उनले भने, ‘ढिलै भएपनि उहाँहरुले नेपाललाई सम्झिनुभएको छ, हाम्रो शुभकामना छ, पार्टीहरु विभाजित भएर जानुभन्दापनि एकतावद्ध भएर जानु नै राम्रो हो ।’ उनले मोर्चालाई चुनाव बहिष्कार नगर्न सुझाव दिँदै भने, ‘चुनावमा सबैले भाग लिनुपर्छ, यदि नलिने हो भने त्यो तपाईहरुकै लागि आत्मघाती हुनेछ।’ उनले मोर्चालाई चुनावमा भाग नलिँदा कस्तो भयो भनेर एकचोटी मोहन बैद्य र रामबहादुर थापाहरुसँग छलफल गर्न आग्रह गरे । उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको मुख्य प्रष्पिर्धा नेपाली कांग्रेससँग भएकोको भन्दै कांग्रेसबाहेकका दलहरुसँग चुनावी तालमेल हुने बताए । उनले खासगरी चित्रबहादुर केसीको जनमोर्चा र कमल थापाको राप्रपासँग चुनावी तालमेलको बढि संभावना रहेको स्पष्ट पारे । त्यस्तै केही ठाउँमा माओवादी केन्द्रसँगपनि तालमेल हुने उनको भनाई थियो । यद्धपी चुनावी तालमेल राष्ट्रिय रुपमा नभएर स्थानीय गाउँपालिका र नगरपालिकामा मात्रै हुने उनले प्रष्ट्याए । पार्टीले स्थानीय सरकारलाई बलियो बनाउनेगरि घोषणापत्र तयार पारेको जानकारी दिँदै सचिव ज्ञवालीले भने, ‘स्थानीय सरकार बलियो, सशक्त र साधनस्रोतहरुले भरिपूर्ण बनाउनुपर्छ।’ उनले जनताको घरमा पुग्ने अधिकार कटौति गर्ने कुरामा एमाले सँधै विपक्षमा उभिने विश्वास दिलाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE