Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu

मजदुर किसान पार्टीको घोषणापत्र सार्वजनिक, कसैसँग एकता नगर्ने घोषणा (पूर्णपाठसहित)

\"\"काठमाडौं, ७ वैशाख । नारायणमान बिजुक्छे अध्यक्ष रहेको नेपाल मजदुर किसान पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ । विहिवार काठमाडौंमा घोषणापत्र सार्वजनिक अध्यक्ष विजुक्छेले २८ जिल्लामा स्थानीय तहको निर्वाचनमा भाग लिने भएको बताएका छन् । घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै बिजुक्छेले भने– ‘२८ जिल्लामा पार्टी दर्ता भएकोले सबै जिल्लामा चुनाव लड्न नसकेको बताए । ‘कसैले चुनाव बहिस्कार गर्छ भने त्यो उसको अधिकार हो’ विजुक्छेले भने ‘त्यो कुनै अनौठो कुरा होईन् । त्यस्तै उनले ३ प्रतिशत थ्रेसहोल्ड लगाउनु प्रजातन्त्र विरोधि भएको बताएका छन् । उनले आफ्नो पार्टी कोहि कसैसँग पनि एकता नगर्ने बताएका छन् । आफ्नो पार्टी सानो नै भएपनि अरुजस्ते एकता नगर्ने बताएका हुन् । यस्तो छ घोषणापत्र जनताको प्रजातन्त्रको लागि मादल चिन्हमा मतदान गरौं !

स्थानीय तहको निर्वाचन घोषणापत्र २०७४ सम्पूर्ण दिदीबहिनी र दाजुभाइहरू, वि सं २०५४ सालपछि अहिले २०७४ अर्थात् २० वर्षपछि स्थानीय निकाय वा तल्लो तहको निर्वाचन हुँदैछ । तल्लो तह वा स्थानीय निकाय प्रजातन्त्रको जग हो । देशी वा विदेशी प्रतिक्रियावादीको दबाबले दुई दशकसम्म तल्लो तहको निर्वाचन नहुँदा ३०–३५ वर्षका युवाहरू गाउँपालिका र नगरपालिकाको निर्वाचनबारे शिक्षित हुन पाएनन् र प्रजातन्त्रको जगमा उभिएर देश र जनताको सेवा गर्न पाएनन् । १५ वर्षसम्म कर्मचारीहरूले नै गाउँ र नगरपालिका चलाउँदा जनताको इच्छा र भावनाअनुसार गाउँ र नगरको सफाइ, विकास निर्माण, शिशुशाला, ज्येष्ठ नागरिकहरूको आदर निकेतनको बन्दोबस्त गर्ने तथा शिक्षा र स्वास्थ्यको निःशुल्क सेवामा कुनै प्रगति भएन । गाउँ र नगरहरूमा अरबौं अरब रकमको विकास–निर्माण अवरुद्ध भयो, जनप्रतिनिधि नहुँदा गाविस सचिव, नगरपालिकाका कार्यकारी अधिकृत र जिविसका स्थानीय विकास अधिकारीलाई धम्की दिएर योजना र लगत इस्टिमेटविना नै करोडौं करोड रकम शासक दलका राजनैतिक कार्यकर्ता र प्रतिनिधिको नाममा दुरूपयोग भयो । विकास निर्माणको काम नहुँदा गाउँ र नगरका लाखौं युवाहरू घरखेत बेचेर वा ऋण लिएर एक हातले आँसु पुछ्दै र अर्को हातले पसिना पुछ्दै बिरानो मुलुकमा रगत बगाउँदै छन् । यस्तो परिस्थिति ल्याउन म्यानपावर कम्पनी जन्माउने आमा–बाबु पनि शासक दलहरू नै हुन् । वैदेशिक रोजगारीमा गएकाहरू रोगी भएर फर्कने, दिनदिनै ३–४ वटा लाश फर्कंदा तिनीहरूका लालाबालाहरूको हेरचाहमा समस्या र विदेशी जेलमा मृत्युलाई कुरिरहेका कतिपय युवाहरूको पीडा र दुःखका कारणहरू पनि शासक दलहरू नै हुन् । युवालाई बेचविखनजस्तै गरी वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनी र शासक दलहरूले ठगी गर्ने सहकारीहरूको संरक्षण गरेकै हुनाले ती अपराधीहरूबाट पीडित जनताका रकम असुलउपर भइरहेको छैन । गाउँपालिका र नगरपालिकाको निर्वाचनबाट योग्य र इमानदार प्रतिनिधिहरू चुनिएमा यस्ता अनेक जेलिएका समस्याहरू सुल्झिन ठूलो सहयोग पुग्नेछ । वर्तमान निर्वाचनबाट चुनिने जनप्रतिनिधिहरूले गर्नुपर्ने कामबारे जनतालाई शिक्षित गर्नु आवश्यक छ । स्थानीय तहका जनप्रतिनिधिहरूको काम कर्तव्यबारे शिक्षित गर्नु पनि दलहरूकै काम हो । गाउँ र नगरपालिकामा हाम्रा जनप्रतिनिधिहरूले तल उल्लिखित काम–कर्तव्य पूरा गर्नुपर्नेछ –  - नगर प्रहरी, सहकारी संस्था र एफएम सञ्चालन गर्ने अधिकार व्यवस्थित गर्नेछ । प्रगतिशील कर प्रणालीअनुसार सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारीसाधन करलाई स्थानीय करको रूपमा सड्ढलन गर्नेछ र सेवा शुल्क, दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमि कर ९मालपोत० र मनोरञ्जन करलाई प्रभावकारी बनाउनेछ । दण्ड जरिवानाबारे जनतालाई सचेत गराउनेछ । - गाउँ र नगरपालिकाले स्थानीय तथ्याड्ढ अभिलेख सड्ढलन, स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरू, आधारभूत र माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य र सरसफाइजस्ता स्थानीय सेवाको बन्दोबस्त गर्नेछ । -स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता, स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाईको समेत आ–आफ्नो गाउँपालिका र नगरपालिकाले गर्नेछ । - नगर र गाउँ सभा, जिल्ला सभा तथा स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको भूमिका जनताको सेवाको रूपमा निर्वाह गरिने छ । -स्थानीय अभिलेख व्यवस्थापन गर्ने, घरजग्गा धनी पूर्जा वितरण, कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य र सहकारीको व्यवस्था गर्नेछ । पहिले नगरपालिकाको काममा छाडा पशुको व्यवस्थापन गर्ने कान्जी हाउस, मानसिक रोगीहरूको व्यवस्थापन गर्नुपर्ने थियो । तर नयाँ बन्दोबस्तअनुसार नगर र गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्ता भएका व्यक्ति र अशक्तहरूको समेत व्यवस्थापन गर्नुपर्ने छ भने बेरोजगारहरूको तथ्याड्ढ सड्ढलन, कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण, खानेपानी, साना जलविद्युत आयोजना र वैकल्पिक ऊर्जा गोबर ग्यास, सौर्य ऊर्जा र हावाको ऊर्जा आदिको समेत बन्दोबस्त गर्नेछ । नगर र गाउँपालिकाले आ–आफ्नो नगर र गाउँ गाउँका बाढी, पहिरो, आगलागी, भूकम्प, महामारी रोगजस्ता विपद्को व्यवस्था गर्नुपर्नेछ । जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण तथा भाषा, संस्कृति र ललितकला अर्थात् नाच–गान, भाषा साहित्यको संरक्षण र विकास गर्नेछ । भूकम्प पीडितहरूको पुनःस्थापना र क्षति भएका संरचनाहरूको पुनःनिर्माणमा जोड दिनेछ ।

आदरणीय दाजु–भाइ, दिदी–बहिनी तथा सम्पूर्ण नेपाली जनता, नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरू स्थापनाकालदेखि नै निर्दलीय ९पञ्चायत० निरंकुशताविरुद्ध बागमती, नारायणी, जनकपुर, भेरी, कर्णाली र सगरमाथा अञ्चल तथा देशका अन्य जिल्ला र गाउँमा जनतालाई सचेत पार्ने र मौलिक तथा राजनैतिक अधिकारको निम्ति देश र जनताप्रति पार्टीको कर्तव्यबारे प्रचार गर्ने काममा निरन्तर लाग्नुभयो । पार्टीका कार्यकर्ताहरू बागमती, नारायणी, जनकपुर, कर्णाली अञ्चलका दुर्गमका जेलहरूमा समेत पञ्चायती अत्याचारको विरोधमा संघर्षरत हुनुहुन्थ्यो भने केही नेता र कार्यकर्ताहरू भूमिगत र प्रवासमा संघर्षरत हुुनुहुन्थ्यो । केही कार्यकर्ताहरू पञ्चायती प्रतिक्रियावादी संघ–संस्थामा गएर देश र जनताको हक हितको निम्ति निःस्वार्थ रूपले सेवामा संघर्षरत रहनुभयो । २०३६ सालको जनमत संग्रहमा जहाँ जहाँ नेमकिपाका कार्यकर्ताहरू सक्रिय रहे, ती ती जिल्ला र गाउँमा बहुदलको पक्षमा जनताको मत अत्यधिक देखियो । २०४६ को प्रजातन्त्रको पुनःस्थापनाको संघर्षमा पनि नेमकिपाका नेता र कार्यकर्ताहरू देशभरि सक्रिय रहनुभयो । २०६२–६३ सालको प्रतिगमनविरोधी संघर्षमा पनि हाम्रा नेता र कार्यकर्ताहरू आन्दोलनप्रति समर्पित भएर लाग्नुभयो । संविधान निर्माणमा पनि नेमकिपाका विधायकहरू पूँजीवादी र समाजवादी संविधानको तुलनात्मक अध्ययन गरी समाजवादी संविधानका सकारात्मक विषयमा संविधान सभा र देशका विभिन्न जिल्लामा जनसभा, प्रदर्शन, अन्तरक्रिया, अन्तर्वार्ता र पत्रकार भेटघाटहरूको माध्यमबाट जनतालाई जानकारीमूलक सूचना प्रवाह गर्ने र राजनैतिक शिक्षा प्रचारमा लाग्नुभयो । राजनैतिक दल र थ्रेसहोल्ड (मत सीमा) बारे हाम्रो मत संरा अमेरिकाका राजदूत मोहियानले संयुक्त राष्ट्र संघको एक बैठकमा नेपाललाई ‘भाडाका सिपाहींहरूको देश’ ९कन्ट्री अफ मर्सेनरिज्० भनी नेपाल र नेपालीहरूको हुर्मत लिने असफल प्रयास गरे । २०४८ सालको संसदमा नेमकिपाले नेपाल र नेपाली जनताको निधारमा ‘गोर्खा भर्ती केन्द्र एक कालो टिका हो, त्यसलाई खारेज गर्नुपर्ने’ आवश्यकता आंैल्यायो । त्यसको एक–दुई दिनमा एक पूर्व गोर्खा सिपाहीका मित्र नेपाली कांग्रेसका एक सांसदले ५ प्रतिशत मत प्राप्त नगरेको दललाई राष्ट्रिय दलको मान्यता दिन नहुने प्रसङ्ग उठाएका थिए । सम्भवतः विदेशी दबाबकै कारण उनले राष्ट्रिय दलको निम्ति थ्रेसहोल्डको विषय उठाएका थिए । अन्तरिम संविधान र नयाँ संविधानमा पनि थ्रेसहोल्ड राख्ने विषय केही प्रतिगामी दलहरूले उठाएका थिए । संविधानसभाका अधिकांश दलहरूले त्यसको विरोध गरेको कारण संविधानमा राखिएन । तर शासक दलहरूले आ–आफ्नो सरकार गठनको निम्ति थोरै संसद सदस्य भएका दलहरूलाई मन्त्री पद र अनेक सुविधा दिएर पालैपालो सरकारमा सहभागी बनाए । नेमकिपा राजनीतिमा त्यस्तो लेनदेन, राजनैतिक अनैतिकता र सिद्धान्तच्यूत प्रवृत्तिको विरोधमा रहृयो । नेमकिपाले शासक दलहरूको लाखौं र करोडौं रूपैयाँ लिएर राजदूत नियुक्ति गर्ने, न्यायाधीश, प्रहरी महानिरीक्षक र अन्य संवैधानिक पदहरू बहालीमा हुने भागबण्डा, भ्रष्टाचार र अनेक अनियमितताको विरोध गर्दै गयो । विदेशी व्यापारी कम्पनी र देशको उद्योग, व्यापार, सेवा र प्राकृतिक स्रोतहरू देशी वा विदेशी कम्पनीहरूलाई दिने शर्तमा निर्वाचनको निम्ति अरबौं रूपैयाँको लेनदेन गर्ने, निर्वाचनमा पैसा बाँड्ने, त्यसको निम्ति उद्योगपति, व्यापारी, ठेकेदार, भ्रष्ट कर्मचारी, म्यानपावर कम्पनी र गुण्डाहरूमार्फत् पैसा असुल गर्ने, निर्वाचनमा भौतिक बल वा गुण्डाहरूको प्रयोग र प्रशासनको दुरूपयोग नेमकिपाले उदाड्डो पा¥यो । यसकारण गृह मन्त्रालयले पेश गरेको राजनीतिक दलसम्बन्धि विधेयकमा थ्रेसहोल्ड नभए पनि शासक दलहरू मिलेर संशोधन पेश गरी ‘एकजना सांसद प्रत्यक्ष निर्वाचनमा विजय’ हुनुपर्ने र ‘समानुपातिकमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने’ प्रावधानसहित विधेयक बहुमतबाट पारित गरे । सरकारले संसदमा प्रस्तुत गरेको विधेयक असफल हुनुको अर्थ सदनमा सरकारको बहुमत गुम्नु हो । सदनमा बहुमतसिद्ध गर्न नसक्ने सरकारले राजीनामा दिनुपर्ने हुन्छ । नेमकिपाले सदनमा एक सचेत प्रतिपक्षको रूपमा देश र जनताको हितमा भूमिका निर्वाह गरेको हुँदा शासक दलहरूले आफूले जस्तै नेमकिपालाई अनियमितता गर्न बाध्य पार्नको निम्ति गैरप्रजातान्त्रिक र गैरसंवैधानिक रूपले थ्रेसहोल्डसहितको विधेयक संसदमा पारित गरे जो सा¥है लज्जास्पद छ भने यसले शासक दलहरूको निरंकुश प्रवृत्तिलाई उदांगो पा¥यो । शासक दलहरूले थ्रेसहोल्डलाई ‘राष्ट्रिय दल’ र ‘राष्ट्रियता’ सँग जोड्नुको अर्को अर्थ हो– पञ्चायतकालमा लागेको ‘अराष्ट्रिय तत्व’ को आरोपको अपराधबोध अन्य दललाई ‘राष्ट्रिय’ दल होइन भनी आफ्नो अपराधले पोलेको छातीमा मलम लगाउने दुष्प्रयास गर्दैछन् । यस कार्यले तिनीहरू आफूलाई ‘धमिलो पानी खाने’ कथामात्र दोहो¥याउन चाहेको पुष्टि ग¥यो । नेमकिपाको दृष्टिकोणमा राजनैतिक दलको पहिचानका आधारहरू तल लेखिएअनुसार छन् – १ देश र समाजमा आमूल परिवर्तन ल्याई एक आदर्श समाज निर्माण गर्न एक न एक राजनैतिक दर्शन र सिद्धान्तको आधारमा राजनैतिक दलको स्थापना हुन्छ । २ निश्चित आदर्श समाज स्थापना गर्न समाजको एक न एक वर्गको प्रतिनिधित्व राजनैतिक दलहरूले गर्छन् । ३ धर्म, जाति, भाषा र क्षेत्रका जनताको हित सुनिश्चित गर्न पनि सामुदायिक र राजनैतिक दलको स्थापना गरिएको हुन्छ । तर त्यस्ता राजनैतिक दलहरूले व्यापक राष्ट्रिय भावनाको प्रतिनिधित्व गर्दैन बरु कुनै एक सम्प्रदाय र क्षेत्रको मात्रै प्रतिनिधित्व गर्छन् । ४ समाजको आमूल परिवर्तन र आदर्श समाजको स्थापना गर्ने उद्देश्यको निम्ति व्यापक जनतालाई शिक्षित र दीक्षित गर्न सडक, सदन र स्थानीय तहमा पनि राजनैतिक दलहरूले प्रचारप्रसार गर्ने गर्छन् । ५ आ–आफ्नो गन्तव्यमा पुग्न राजनैतिक दलहरूले आवधिक निर्वाचनलाई पनि उपयोग गर्ने गर्छन् । ६ दलहरूले राजनैतिक दर्शन र आदर्श समाजको राज्य व्यवस्थाको रूपरेखा, त्यस गन्तव्यमा पुग्ने उपाय र माध्यमको प्रचार कार्य निश्चय पनि एक प्राज्ञिक विषय हो । ७ निर्वाचनलाई उपयोग गर्ने नाममा पैसा वितरण गर्ने, मालसामान वा उपहार प्रदान गर्ने, भोजभतेर गर्ने, आफ्नो दल शासनमा पुगेमा पदको लोभ देखाउने, ठेक्का–पट्टा र अन्य आर्थिक लोभ देखाउने तथा उद्योग–व्यापार र योजना बाँड्नेजस्ता आश्वासन दिनु आदर्श समाजको निर्माणमा बाधक हुने हुँदा त्यस्ता गतिविधिलाई रोक्न राजनैतिक पार्टीहरूलाई आचारसंहिताको बन्दोबस्त गरेको हुन्छ । ८ आचारसंहिता एक नैतिक प्रश्नमात्रै नहोस् भन्ने उद्देश्यले निर्वाचन ऐन–नियममार्फत् दण्ड जरिवानाको बन्दोबस्त गर्नु र समयमै कडाइका साथ आचारसंहिता लागू गर्नु स्वाभाविक हो । ९ निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण ढंगले सम्पन्न गराउने सिलसिलामा सानातिना त्रुटी र कमजोरी देखिएमा अनेक साम्प्रदायिक र आपराधिक घटना घट्ने हुँदा निर्वाचन आयोगले निष्पक्ष रूपमा निर्णायक भूमिका खेल्नुपर्ने हुन्छ । निर्वाचन आयोग शासक दलहरूको अनुचित प्रभावबाट मुक्त हुनुपर्छ । १० राजनैतिक दलले आफ्नो आदर्श समाजको निर्माण गर्न पार्टीको नाम, घोषणापत्र, पार्टी विधान, झण्डा, निर्वाचन चिहृन र राजनैतिक दस्तावेजहरू प्रस्तुत गरेको हुन्छ । त्यस्ता दलहरूले वर्षको कमभन्दा कम दुई पटक केन्द्रीय समितिको बैठक, दुई वर्षमा एक पटक सम्मेलन र ५ वर्षमा एक पटक राष्ट्रिय सम्मेलन वा महाधिवेशन गरेको हुन्छ । राजनैतिक दलले तत्कालीन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिस्थिति, समसामयिक विषय, देश तथा जनताको समस्या समाधानबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्न अन्तरक्रिया, गोष्ठी, जनसभा र प्रदर्शन आदि गतिविधि गरेको हुन्छ । जनतासम्म दलको दृष्टिकोण प्रस्तुत गर्न हरेक दलले दैनिक, साप्ताहिक वा मासिक र समसामयिक पत्रपत्रिका प्रकाशित गरेको हुन्छ वा रेडियो, टीभी र ‘मुखपत्र’ को बन्दोबस्त गरेको हुन्छ । ११ उपर्युक्त प्रावधानहरू पूरा नभएका दलहरूबाट जनता सुसूचित नहुने हुँदा त्यस्ता राजनैतिक दल नागरिक समाज र राजनैतिक समूहमा परिणत हुनेछन् । १२ नेपाल अधिराज्यको संविधान, २०४७ र प्रतिनिधिसभा सदस्य ऐनमा उल्लेख भएको ३ प्रतिशत मत प्राप्त नगर्ने राजनैतिक दललाई ‘मान्यता प्राप्त नभएको राजनैतिक दल’ को रूपमा दर्ता गर्ने प्रावधान साधारण जनताले राजनैतिक अधिकारहरू नपाउन् भन्ने उद्देश्यबाट प्रभावित पञ्चायती प्रवृत्ति र चिन्तनकै सिलसिला हो । ती प्रावधान निर्दलीय तानाशाहीजस्तै दुई दलीय तानाशाही लाद्ने उद्देश्यबाट प्रेरित थियो । त्यसको विरोधमा २०४८ सालमा काठमाडौं जिल्ला बालकुमारी गाविस पाँगा वडा नं ३ बस्ने नेमकिपाका उम्मेदवार प्रशान्त महर्जनले निर्वाचन आयोग काठमाडौंविरुद्ध रिट दर्ता गरेकोमा माननीय न्यायधीश सुरेन्द्रप्रताप सिंह, माननीय न्यायाधीश हरगोविन्द सिंह प्रधान र माननीय न्यायाधीश लक्ष्मणप्रसाद अर्यालको विशेष इजलासले ‘प्रतिशतको सीमालाई’ न्यायोचित ठह¥याएको छैन । १३ बेलायती मन्त्रीमण्डलीय प्रणालीअनुसार संसदको बहुमत दलले सरकार बनाउने र संसदको दोस्रो दलले प्रमुख प्रतिपक्ष दलको भूमिका निर्वाह गर्ने अभ्यासले कम प्रतिशत मत प्राप्त गर्ने अन्य दलहरू सरकारमा सामेल हुँदैनन् र राजनैतिक दलहरूको रूपमा रहन्छन् । १४० माथि उल्लिखित विषयहरूबाट एक राजनैतिक दल मानिसहरूको संख्या नभई ‘एक चिन्तनको निकेतन’ वा एक ‘स्कूल अफ ठट्’ पनि हो भन्ने सावित हुन्छ । १५ समान दर्शन र सिद्धान्तका राजनैतिक दलहरू संयुक्त हुनु स्वाभाविक विषय हो भने दलको दर्शन र सिद्धान्त समान नभएका राजनैतिक दलहरू निर्वाचनमा निश्चित प्रतिशत मत प्राप्त गर्ने उद्देश्यले ‘धेरै दलहरू एउटै निर्वाचन चिहृनमा’ चुनावमा भाग लिन पाउने प्रावधान दलहरूको आदर्श र सिद्धान्त विपरीत हो । यसले राजनैतिक दल, राजनैतिक नेता र कार्यकर्ताहरूसमेतलाई राजनैतिक नैतिकता र सिद्धान्तच्यूत हुन प्रेरित गर्ने सम्भावना भएको हुँदा यो प्रावधान दीर्घकालीन दृष्टिले अनुपयुक्त छ । १६ हरेक राजनैतिक दल एक न एक आदर्श समाजको बाहक र वर्गको प्रतिनिधित्व गर्ने हुँदा त्यस आदर्श र विचारसँग सहमत जनता, नागरिक र मतदाताहरूले नै आ–आफ्नो गच्छेअनुसार भौतिक र नैतिक समर्थन गर्छन् । यसकारण निर्वाचनको मतको आधारमा राजनैतिक दलहरूलाई सरकारको कोषबाट आर्थिक सहयोग गर्नु अनुचित हुनेछ र यो पनि एक ‘कानुनी डकैती’ सावित हुनेछ । थ्रेसहोल्ड र अन्य विषयमा केही पूँजीवादी नेता र बुद्धिजीवीहरूले बेलायत, संरा अमेरिका र फ्रान्सको नाम लिन्छन् । नेपालको तुलनामा ती देशहरूले पूँजीवादी प्रजातन्त्र प्राप्त गरेको धेरै पहिले हो । बेलायतले ३५० वर्ष, संरा अमेरिकाले २५० वर्ष र फ्रान्सले २३० वर्ष पहिले नै गणतन्त्रको घोषणा गरेका थिए । थ्रेसहोल्डको प्रावधान भएका देशहरू नर्वे, स्वीडेन, फिनल्याण्ड र टर्की हुन् । ती देशहरूलाई नेपालले आदर्श मानेर थ्रेसहोल्ड लगाउने हो भने पनि ती देशमा प्रजातान्त्रिक आन्दोलनको सालाखाला २ सय वर्षको इतिहास छ । तिनीहरूको प्रतिव्यक्ति आम्दानी क्रमशः ६४००० अमेरिकी डलर, ५५००० डलर र ६६००० डलरभन्दा बढी छ । नेपालको प्रतिव्यक्ति आम्दानी २ हजार डलर बताइन्छ । नर्वे र स्वीडेनमा राजतन्त्र छ भने के नेपालले त्यही चाहेको हो  ? फिनल्याण्डको थ्रेसहोल्ड मात्र ०.६७ प्रतिशत छ । टर्की गणतन्त्र भएको झण्डै १०० वर्ष भयो । सन् १९४९ मै त्यो देश युरोपेली काउन्सिलको सदस्य हो भने साम्राज्यवादी सैनिक शिविर नाटोको सदस्य हो । नर्वे पनि एक साम्राज्यवादी देश हो । नर्वेले अन्य साम्राज्यवादी देशहरूसँग मिली अफ्रिकी देश लिबियामा हमला ग¥यो र ५८८ थान बम खसाल्यो । विभिन्न देशका पेट्रोल खानीहरू कब्जा ग¥यो । स्वीडेनले पनि बंगलादेश र नेपालमा ठूल्ठूला तयारी पोशाकमा लगानी गरी मजदुरहरूको शोषण गर्दैछ र अन्य साम्राज्यवादीहरूको हितमा नै कुटनैतिक गतिविधि गर्छ । फिनल्याण्ड, डेनमार्कलगायत स्केन्डिभियाली देशहरू नामका प्रजातान्त्रिक समाजवादी देश हुन् र व्यवहारमा साम्राज्यवादी, हतियार, ग्यास र पेट्रोलका आक्रमक व्यापारी देशहरू हुन् । नेपालसँग तिनीहरूको तुलना हुनसक्दैन र ती देश नेपालको निम्ति आदर्श राज्य र समाज मान्नु आश्चर्यजनक छ । केही नेपाली नेता र बुद्धिजीवीहरू स्वीट्जरल्याण्डलाई आदर्श देश मान्छन् । त्यस देशको प्रतिव्यक्ति आम्दानी पनि ६५००० हजार डलरभन्दा बढी छ । क्षेत्रफलमा नेपालभन्दा तेब्बर सानो, जनसंख्यामा पनि तेब्बर सानो छ । तर त्यस देशमा प्रदेश वा क्यान्टन २६ वटा छन् भने नेपालमा १४ पनि होइन ७ वटा मात्र छ । हाम्रा पूँजीवादी नेता तथा बुद्धिजीवीहरू उदाहरण दिने बेला चीन, भियतनाम, प्रजग कोरिया, क्युवा, लावस, कम्बोडिया आदि देशको बारेमा बोल्दैनन् । के ती देशहरूमा पनि थ्रेसहोल्ड छ वा छैन भन्नेबारे बोल्नुपर्दैन रु यसकारण थ्रेसहोल्डका नेपाली पक्षपातीहरू जानेर वा नजानेर एक एक पाइला गरी नेपालमा दुई दलीय पूँजीवादी तानाशाही ल्याउन खोज्दैछन् भन्नेबारे नेपाली जनता प्रस्ट हुनैपर्छ । संविधानमा उल्लिखित अधिकारको सूचीबारे १ संविधानमा उल्लिखित सूचीमा गाउँ र नगरपालिकालाई नगर प्रहरी र एफएम सञ्चालन गर्ने अधिकार प्रदान गरेको छ । हाम्रो देशका सबै गाउँ र नगरपालिकाहरूको भूगोल, उत्पादन, विकासको स्तर र आर्थिक स्रोतहरू समान नभएको हुँदा तुलनात्मकरूपले सक्षम गाउँ र नगरपालिकाहरूले प्रहरी मात्रै होइन दमकलको बन्दोबस्तसमेत गर्ने अधिकार किटान गर्नुपर्दछ र एफएम मात्र होइन टीभी पनि सञ्चालन गर्ने अधिकार पाउनुपर्दछ । २ संविधानमा अनुसूची ८ को क्रमसंख्या ९८० मा स्थानीय तहलाई ‘आधारभूत र माध्यमिक शिक्षा’ को मात्र अधिकार दिइएको छ । संविधानको अनुसूची ९ साझा सूचीको क्रमसंख्या ९२० मा शिक्षा, खेलकुद र पत्रपत्रिकाको अधिकार उल्लेख छ । भक्तपुर नगरपालिकाले आधारभूत शिक्षा र माध्यमिक शिक्षाबाहेक महाविद्यालय वा कलेज र आचार्य वा एमएसम्मका कक्षाहरूसमेत वर्षौंदेखि सञ्चालन गर्दै आएको छ । भक्तपुर नगरपालिकाले ८–१० वर्ष पहिले नै जनता र बुद्धिजीवीहरूको बैठकको सुझावअनुसार ख्वप विश्वविद्यालय स्थापना र सञ्चालन गर्न अनुमति माग ग¥यो । त्यसअनुसार संसदको एक समिति र विश्वविद्यालय अनुदान आयोगबाट सिफारिस भई शिक्षा मन्त्रालयले ख्वप विश्वविद्यालयको विधेयक २०७३ कार्तिक २६ गते संसद सचिवालयमा दर्ता ग¥यो । सो विधेयक शिक्षामन्त्रीले संसदको बैठकमा पेश गरी पारित गर्न बाँकी छ । ३ संविधानमा उल्लिखित अधिकार सूचीको ९९० क्रमसंख्यामा ‘आधारभूत स्वास्थ्य र सरसफाइ’ को अधिकार प्रदान गरिएको छ । नेपालमा झण्डै ६० वर्ष पहिले नै नगरपालिकालाई ‘सफाइ अड्डा’ को रूपमा लिइएको थियो । सबै नगरपालिकाहरूबाट सफाइको काम भइआएकै छ । अहिले भर्खर घोषणा भएका गाउँ र नगरपालिकाहरूले अधिकार सूचीको क्रमसंख्या ९९० को आधारभूत स्वास्थ्य र सरसफाइको काम गर्नुपर्ने छ । बहुदलीय व्यवस्थाको झण्डै तीन दशकमा पनि शासक दलहरूले जिल्लामा आधारभूत स्वास्थ्य र सरसफाइको व्यवस्था गर्न सकेनन् । तर भक्तपुर नगरपालिकाले १०–१२ वर्ष अगाडिदेखि नै नगरभित्र दुईवटा स्वास्थ्य केन्द्र स्थापना गरी आएको छ र दिनको २–३ सय जना बिरामीको झण्डै २० जना चिकित्सकहरू र नर्सहरूले सेवा प्रदान गर्दैछन् । साथै जिल्ला स्वास्थ्य कार्यालयले हालै भक्तपुर नगरपालिकालाई २५ शैøयाको अस्पताल सुरु गर्ने स्वीकृति समेत दिइसकेको छ । ४ संविधानमा उल्लिखित अधिकार सूचीको क्रमसंख्या ९२२० मा ‘भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास’ गर्ने अधिकार दिएको छ । अधिकार प्रत्यायोजनको भाषाले कार्यान्वयन प्रस्ट गर्न गाउँ र नगरपालिकाले आ–आफनो स्थिति हेरी बुद्धिजीवीहरूको प्राज्ञिक समिति बनाई ‘गाउँ र नगरपालिकाको भाषा, साहित्य, कला–संस्कृति, नाचगान र वास्तुकलाको संरक्षण र विकास, सांस्कृतिक र ऐतिहासिक स्मारकहरूको संरक्षण गर्नेछ’ भनी किटान गर्नु आवश्यक छ । क्रमसंख्या ९१६० र अन्य विषयमा पनि प्रस्ट हुनुपर्ने र अझ व्याख्यासहित बन्दोबस्त गर्नुपर्ने विषयहरू पनि छन् । दाजुभाइ दिदीबहिनीहरू, सरकारले साविक स्थानीय निकाय ३३७४ लाई ७४४ स्थानीय तह बनायो । सिंहदरवारको अधिकार जनताको घरदैलोमा पु¥याउने भनी बनाइएका स्थानीय तहमा ५०–६० किमी लम्बाई भएका गाउँपालिका÷नगरपालिका पनि छन् भने जिल्लाको आधा भागलाई एउटा स्थानीय तहको क्षेत्र बनाइएको छ । स्थानीय निकायलाई स्थानीय तहमा परिणत गरिएको अधिकांश गाउँपालिका र नगरपालिकाको समस्या समान छन् । नेपाल मजदुर किसान पार्टीले आफ्ना जनप्रतिनिधिमार्फत् मजदुर, किसान, प्रगतिशील बुद्धिजीवी र राष्ट्रिय पूँजीपति वर्गसमेतको सहयोग र समर्थनमा गाउँपालिका र नगरपालिकामा तल लेखिएबमोजिम काम गर्न प्रेरित गर्नेछ । - भूबनोटअनुसारको घर बनाउन जनतालाई भार नपर्ने गरी स्थानीय तह र सरकारी निकायबाट माटोको परीक्षण गर्ने व्यवस्था गरिनेछ । आवास क्षेत्र, औद्योगिक क्षेत्र, कृषि क्षेत्र, शैक्षिक क्षेत्र आदिको भूउपयोग नक्सा तयार गरी कार्यान्वयनमा जोड दिइनेछ । - भूकम्पीय क्षति कम हुने प्रविधि प्रयोग गरी संरचना निर्माण गरिनेछ । यसको लागि आवश्यक डकर्मी र सिकर्मीलाई तालिम दिइनेछ । - सूचना प्रविधि ९क्ष्लायचmबतष्यल त्भअजलययिनथ० प्रयोग गरी सर्वसाधारण जनतालाई सेवा सुविधाहरू  मार्फत प्रदान गरिनेछ । यसको लागि सूचना प्रविधि केन्द्र ९क्ष्त् ऋभलतभच० स्थापनालाई प्राथमिकतामा राखिनेछ । - खोला र नदीलाई प्रदूषणमुक्त बनाउने र स–साना बाँध ९म्बm० बनाएर पानीको बहावलाई जीवन्त बनाउन जोड दिइनेछ । गाउँपालिकामा नेमकिपाले तलका विषयहरूमा जोड दिनेछः– १ निश्चित शहरमा जनसंख्या केन्द्रित भई यसबाट उत्पन्न समस्यालाई अन्त्य गर्न र देशको सन्तुलित विकासको लागि गाउँपालिकाहरूमै शहरको विकास गर्ने, यात्रु हिंड्ने पेटीसहितको सडक निर्माण गर्ने र ढल एवं बसपार्कलगायतको पूर्वाधार विकास गर्ने, २ जनभावना र भूगोलअनुकूल नभएका स्थानीय तहको संरचनाको सीमा हेरफेर गर्न सरकारलाई सिफारिस गर्ने, ३ स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरी युवालाई स्वदेशमा रोजगारी दिने र देशको द्रुत विकास गर्ने, ४ पानीको स्थानीय स्रोतलाई संरक्षण गरी गाउँपालिका क्षेत्रका जनतालाई स्वस्थकर खानेपानी व्यवस्था गर्ने, ५ शिशुहरूको उचित पालनपोषण र आमाहरूको श्रमशक्ति वृद्धि गर्न गाउँपालिकाको वडाका टोल टोलमा शिशु–स्याहार केन्द्र र बालोद्यान स्थापना गर्ने, ६ जनताको नागरिक भावना विकास गरी गाउँपालिका क्षेत्र सफा र स्वच्छ राख्ने, पानीका स्रोतहरू सफा राख्ने, बाढी पहिरो नियन्त्रणको लागि वृक्षारोपण गर्ने र जथाभावी जंगल फडानी रोक्ने, ७ कक्षा १२ सम्म निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था र प्राथमिक विद्यालयमा आ–आफ्नो मातृभाषामा शिक्षा दिन जोड दिने, ८ युवाहरूलाई साइकल, मोटरसाइकल, मोटर, रेडियो, टीभी, फ्रीज, ग्यास हिटर, मोबाइल, कम्प्युटरको हार्डवेयर तथा सफ्टवेयर, विद्युत जडान, पानी तान्ने पम्प आदि मर्मतको तालिम संचालन गर्ने, ९ गाउँपालिकाका रमणीय र ऐतिहासिक एवं सांस्कृतिक महŒव भएका सम्पदाहरू संरक्षण गरी पर्यटन उद्योगको विकास गर्ने, १० गाउँपालिकाका टोल र बस्तीलाई सडक र पुलले जोड्ने । पर्यावरणीय सन्तुलनको लागि खुला स्थान, हरित पार्क र मनोरञ्जन स्थलको विकास गर्ने, ११ कृषि उत्पादन बढाउन सिंचाईको व्यवस्था, आधुनिक औजार मेसिनको प्रयोग, उन्नत बीउबिजनको अनुसन्धानको लागि सरकारलाई घच्घच्याउने र १२ सम्भाब्यता भएको स्थानीय तहमा स्थानीय लगानीमा साना जलविद्युत र सिंचाई परियोजना विकास गर्न जोड दिने । नगरपालिकामा नेमकिपाले तलका विषयहरूमा प्राथमिकता दिनेछः– १ नेपालका नगरपालिकाहरूलाई सफा–स्वच्छ बनाउन घर–घरबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने अलग अलग संकलन गर्ने र कुहिने फोहोरबाट प्राङगारिक मल बनाउने र नकुहिने फलाम, काँच, इँटा, सिसा, प्लाष्टिकलाई पुनःप्रयोगको लागि पठाउने, २ घर घरबाट निस्कने फोहोर ढललाई उपचार गरिसकेपछि मात्र खोला वा नदीमा छोड्ने व्यवस्था गर्ने र प्रदूषणमूलक उद्योगको अलगै उपचार पोखरी बनाउने, ३ शहरको सडकको दायाँ बायाँ हरियाली विकास गर्ने र यात्रुहरूलाई अप्ठेरो नहुने गरी गाडी पार्कको व्यवस्था गर्ने, ४ खानेपानीको मुहानलाई जलाधार क्षेत्र घोषणा गरी संरक्षण गर्ने र नगरका सबै टोलमा पालैपालो खानेपानी आपूर्ति हुने व्यवस्था गर्ने, ५ नगरको कला–संस्कृति र सम्पदा संरक्षण गरी पर्यटन उद्योगलाई प्रोत्साहित गर्ने तथा सांस्कृतिक रूपले महत्वपूर्ण र विश्व सम्पदा क्षेत्रका निजी घरहरू पुनःनिर्माण गर्न आवश्यक जनशक्ति तालिम दिने र निर्माण सामग्री सहुलियतमा उपलब्ध गराइने, ६ शिशुहरूको उचित पालनपोषण र आमाहरूको श्रमशक्ति वृद्धिको लागि वडाका टोल टोलमा शिशुस्याहार केन्द्र र बालोद्यान संचालन गर्ने, ७।नमूना विद्यालय, कलेज र विश्वविद्यालय स्थापना गरी समाजलाई नै बुद्धिजीवीकरण गर्ने, ८ युवाहरूलाई मद्यपान र धुमपानलगायत कुलतबाट बचाउन वडाको टोल टोलमा खेलकुदको विकास गर्ने, ९ कालो बजार, जम्माखोर, कृत्रिम अभाव गर्ने र मिसावट एवम् म्याद नाघेको सामग्री बिक्री गरी उपभोक्ताहरूलाई ठगी गर्नेहरूलाई कानुनी कार्वाही गराइने, १० जनताको सहभागिता र श्रमदानमा उपभोक्ता समितिमार्फत स्थानीय विकास निर्माण आर्थिक अनुशासन, मितव्ययी र पारदर्शी ढंगले अगाडि बढाउने र ११ गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई नियमन गर्ने । सचेत मतदाता दाजुभाइ तथा दिदीबहिनीहरू, निर्दलीय पंचायती व्यवस्थाको विरुद्ध ३० वर्ष संघर्ष गरेका शासक पार्टीहरूले बहुदलीय प्रजातन्त्रको २७ वर्षमा पालैपालो सरकारको नेतृत्व गरी जनतामाथि शोषण र शासन गर्दैछन् र देशलाई परनिर्भर बनाउँदै छन् । चोरले चोरीलाई र डाँकुले डकैतीलाई कानूनी गर्न खोजेजस्तै पतनशील राजनीतिक सिद्धान्त बोकेका शासक दलहरूले निर्दलीय पंचायतकै आर्थिक कार्यक्रमलाई निरन्तरता दिएर देश र जनतालाई अप्ठेरो पार्दैछन् । यसरी ‘माल पाएर के गर्नु चाल पाए पो’ र ‘गाँसे गुसे एकै नासे’ उखान चरितार्थ भइरहेको छ । यो कठिन स्थितिबाट देशलाई उठाउने काम नेपाली जनताको सहयोगमा नेपाल मजदुर किसान पार्टीले पूरा गर्नेछ । देशको सन्तुलित विकासको लागि नेमकिपाले कुल बजेटको ५० प्रतिशत बजेट स्थानीय तहमार्फत विकास निर्माण गर्न दिने लक्ष्य लिएको हो । नेमकिपाले सार्वभौमिकता एवम् स्वाधीनता रक्षाको लागि संघर्ष गर्दै आएको छ । भारतीय विस्तारवादबाट भइरहेको सीमा अतिक्रमण र नाकाबन्दीविरुद्ध सडक र संसदमा आन्दोलन अगाडि बढाउँदै आएको छ । माथि उल्लिखित सबै विषयमा गम्भीररूपले कार्यान्वयन गर्न देशभक्त र राष्ट्रिय पूँजीपति वर्गसँग एकता गरी विदेशी हस्तक्षेपको विरोधमा संघर्ष गर्नु आवश्यक छ । देशमा जनताको प्रजातन्त्रको भावनालाई आत्मसात गराउन नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूलाई स्थानीय तहको चुनावमा अत्यधिक मतले विजयी गराउन मादल चिहृनमा छाप लगाउन आग्रह गर्दछौं ।

केन्द्रीय निर्वाचन परिचालन समिति नेपाल मजदुर किसान पार्टी

मितिः वैशाख २०७४

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending