Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

भक्तपुरमा दलहरु उम्मेदवार तय गर्दै

\"\"भक्तपुर, ४ वैशाख । स्थानीय निकायको निर्वाचन नजिकिएसँगै भक्तपुरका राजनीतिक दललाई उम्मेदवार छान्न भ्याइनभ्याई भएको छ । दलहरु वडा वडाबाट उम्मेदवारको नामावली सङ्कलन गर्दै जिल्लामा पठाउने काम व्यस्त छन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेमकिपा, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा मालेलगायतका पार्टीले दैनिक कार्यकर्ता भेला एवम् वडा भेला गर्दै उम्मेदवारको नामावली सङ्कलन गर्ने र माथिल्लो निकायमा पठाउने काम सुरु गरेका छन् । नेकाका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले वडा वडामा कार्यकर्ता भेला गर्दै वडादेखि नगरपालिकासम्मका उम्मेदवारको नामावली पठाउन सुरु गरेको बताए । उनले भने – “वडाले नगरलाई, नगरले क्षेत्रलाई र क्षेत्रले जिल्लामा उम्मेदवारको आकाङ्क्षीको नामावली पठाउने क्रम जारी छ र केही दिनभित्रै सबै नगरपालिकादेखि वडासम्मको नामावली आइपुग्ने छ ।” उनका अनुसार वडाका उम्मेदवारको टुङ्गो काँग्रेसको क्षेत्र नं १ र २ ले गर्न नसकेमात्रै जिल्लामा पठाउन भनिएको छ र केही दिनभित्रै सबै उम्मेदवारको टुङ्गो लाग्नेछ । काँग्रेसमा उम्मेदवारका आकाङ्क्षी धेरै भए पनि सिफारिस भइआएका नामावलीलाई बिना विवाद टुङ्गोमा पु¥याउने कसरतमा काँग्रेस लागिपरेको छ । यता, एमालेले पनि गाउँ गाउँमा वडा कार्यकर्ता भेला गर्दै उम्मेदवारको नामावली तय गर्ने र माथिल्लो निकायमा पठाउने कार्यलाई तीव्रता दिएको छ । एमाले भक्तपुरका अध्यक्ष राजेन्द्र राजथलाले वडा वडाबाट उम्मेदवारको नामावली सर्वसम्मत रुपमा आउने क्रम जारी रहेको बताए । वडादेखि नगर कमिटीले समेत आकाङ्कक्षी तीनजनाका दरले उम्मेदवारको नामावली पठाएको र केही दिनभित्रै नामावलीको टुङ्गो लाग्ने बताए । यता, माओवादी केन्द्रका भक्तपुरका जिल्ला संयोजक डिपी ढकालले निर्वाचनको तयारीका लागि चारवटै नगरपालिकाको गाउँगाउँमा कार्यकर्ता प्रशिक्षण दिनेदेखि उम्मेदवार छनोट गर्नेसम्मका काम भइरहेको बताए । चैत २८ गतेसम्म सबै उम्मेदवारको नामावली टुङ्गोमा पु¥याउने पार्टीको योजना छ । नेपाल मजदुर किसान पार्टीले पनि गाउँगाउँमा गएर कार्यकर्ता प्रशिक्षण र उम्मेदवारको आकाङ्क्षीको नाम सङ्कलन गर्ने काम थालेको छ । पार्टीका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठका अनुसार वैशाख १० गतेसम्म कसरी जाने र क–कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भइसक्नेछ । यता, राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकीकरणसँगै कार्यकर्तामा उत्साह थप्दै निर्वाचनका कार्यक्रम तीव्र रुपमा अगाडि बढाएको राप्रपा केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहले जानकारी दिए । उनले भने – “उम्मेदवारको नामावली छनोट गर्ने र कार्यकर्तालाई प्रशिक्षण दिने कामलाई तीव्र पारेका छौँ । केही दिनभित्रै सबै उम्मेदवारको छनोट टुङ्ग्याएर चुनावी प्रचार अभियानलाई तीव्र पार्छौं ।” मालेका केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष अदीपकुमार खड्काले चुनावको तयारीमा पार्टी होमिइसकेको र उम्मेदवार छनोटका लागि पार्टीले वडा वडाबाट नाम मागिसकेको बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE