Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

टिकट हत्याउन नेता जति सदरमुकाममा

\"\"हुम्ला, ४ वैशाख  । अगामी वैशाख ३१ गते हुने स्थानीय तहका निर्वाचनका लागि ठुला दलका नेतादेखि कार्यकर्तासम्म जिल्लामा थुप्रिन थालेका छन् । स्थानीय तहको निर्वाचनमा गाँउपालिकादेखि वडापालिकासम्मको उम्मेदारीको ठेगान लगाउन हम्मेहम्मे भएको छ । उम्मेदारीको अहिलेसम्म टुङ्गो लगाउन दलका कार्यकर्ताहरुलाई चुनौती भएको छ । स्थानीय तहको उम्मेदारका लागि छलफल भइरहेको माओवादी केन्द्र हुम्लाका जिल्ला संयोजक विजय भण्डारीले जानकारी दिएका छन । पछिल्लो समय उम्मेदारीका आकाक्षी धेरै देखिएका छन । जिल्ला पार्टीले वैशाख १० गते भित्रै सबै उम्मेदवारको टुङ्गो लगाउने भनिएपनि सम्भावना कम देखिएको छ । २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मुृख्य केन्द्रविन्दु बनाएर विभिन्न राजनीतिक दलका नेताहरुको कसले हत्याउने भन्ने विषयमा चिन्तित देखिएका छन् । जिल्लाका मुख्य दलका रुपमा रहेको माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसहरुले उम्मेदवारी सिफारिस गर्ने गाँउस्तरका पार्टी कमिटिलाई निर्देशन दिए पनि गाँउ कमिटिले यो निर्णय गर्ने सकेको छैन । प्रमुख तीन दलका नेताहरुले उम्मेदवारी टुङ्गो लगाउन सकेका छैनन् । उता निर्वाचन आयोगले मतदाता शिक्षा स्वंयसेवक मतदान केन्द्रमा खटाइ सकेको जिल्ला निर्वाचन अधिकारी प्रदिप सि धामीले खबरडबलीलाई बताए । हुम्लामा सात वटा गाउँपालिका र चौवालीस वटा वडापालिकामा तिनपुस्ताका उम्मेदवारीले आकांक्षा गरेका छन् । अदानचुली गाँउपालिका नेकपा माओवादी केन्द्रले कर्ण रोकाया (सुधार) उम्मेदवारी घोषणा गरेको छ । यस्तै नेपाली कांग्रेसका लोकेन्द्र भण्डारी, रामे टमटा स्ुगे भणडारी, मोहन सिंहको उम्मेदारी आकाक्षी देखिएका छन । नेकपा एमालेले हस्तबहादुर शाही, दल फडेरालाई प्रस्ताव गरेको छ । ताजाँकोट गाँउपालिका नेपाली कांग्रेसका तिलक शाही, सुरेन्द्र थापा रहेका छन । नेकपा एमालेका पूर्ण ढकाल, अजमल बुढा, मनबहादुर शाही नरदिप थापा कर्णप्रसाद जैशीको चर्चा छ । माओवादी केन्द्रले एक जना बागदल मल्लको नाम चर्चा देखिएको छ । चंखेली गाँउपालिका नेपाली कांग्रेसका प्यारीलाल शाहीको चर्चा चलिहरेको छ । नेकपा एमाले पूर्ण रावललाई प्रस्ताव गरेको छ । माओवादी केन्द्रबाट गोविन्द्रबहादुर शाही , कालिबहादुर बुढाको नाम चर्चामा देखिन्छ । सर्केगाँड गाँउपालिका नेपाली कांगे्रसबाट ठानबहादुर रोकाया र मंगल शाही प्रतिस्पधी देखिएका छन् । नेकपा एमालेका उपाध्यक्ष रहेका ज्ञामी बुमीलाई प्रस्ताव सारेको छ । नेकपा माओवादी केन्द्रले अखिल बुढा र कर्ण बुढा रहेका छन् । सिमकोट गाउँपालिका माओवादी केन्द्रमा बली रावत मुस्कान लामा, महेन्द्रबहादुर शाही अविरामको नाम चर्चा आएको छ । नेपाली कांग्रेसबाट जिल्ला सभापति जयपति रोकाया, पदमबहादुर लामा, बसन्त रोकायाको नाम चर्चा देखिएको छ । यस्तै नेकपा एमालेबाट जिल्ला सचिव तिर्थराज रोकाया, नरबहादुर रोकाया, पामा लामाको नाम चर्चा चलिरहेको छ । नाम्खा गाउँपालिका कांग्रेसका तगदिर लामा, बलबहादुर लामा, सुर्य लामा, लाक्पा लामाको चर्चा छ । नेकपा एमालेबाट एक जना नोरजंग लामाको नाम बाहिर आएको छ । त्यस्तै माओवादी केन्द्रले विष्णु लामा, प्रेम लामाको नाम पनि चर्चामा छ । जिल्लामा भएका प्रम्ुख दलका नेताहरुले महिला दलित उम्मेदवारी भने शुन्य देखिएको छ । जिल्लाका दलित अगुवा प्रर्वत स्ुनारले दलितको कोटा महिलाहरुलाई माथिल्लो उम्मेदवार नदिएको गुनासो गरेका छन् । खापुनार्थ गाँउपालिका कांग्रेसका मुख्य आकांक्षीहरु राजबहादुर रोकाया कर्ण रावल दाबी गरेका छन । भने नेकपा एमाले मुख्य आकाक्षी प्रेमबहादुर बुढा, कम्मेर शाही लोकबहादुर हमाल रहेका छन् । कुनै दलको पार्टीबाट महिला सक्रिय नहुँदा एक जना महिला आकाक्षी रुपा शाहीले उम्मेदवारी आकाक्षा देखिएको छ
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending