Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

निर्वाचनको ८० प्रतिशत तयारी पूरा भइसक्यो : प्रमुख आयुक्त यादव

\"\"काठमाडौँ, १ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनका लागि खेलाडीका रुपमा रहेका राजनीतिक दल निर्वाचनको मैदानमा ओर्लिसकेका र आयोग पनि निर्वाचनको अर्जुनदृष्टि लिएर अघि बढिसकेको हुँदा निर्वाचनप्रति अब शङ्का उपशङ्का नगर्न सबैसँग आग्रह गरेका छन् । नयाँ वर्ष २०७४ का सन्दर्भमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको भन्दै आगामी स्थानीय तहको चुनावमा सहभागी हुन सबै पक्षलाई आह्वान गरे । स्थानीय तहको निर्वाचनपछि मुलुकमा शान्ति, स्थायित्व र समृद्धि आउने बताउँदै प्रमुख आयुक्त यादवले भने, “हामी संविधान र कानुनका आधारमा निर्वाचनको प्रक्रिया अघि बढाउँछौँ, संविधान कार्यान्वयनको पहिलो खुड्किलोका रुपमा रहेको स्थानीय तहको निर्वाचनको जिम्मेवारी पूरा गर्न आयोग प्रतिबद्ध छ ।” मतदाता परिचयपत्र, मतदाता नामावली, मतपत्र र मतपेटिकाको छपाई र व्यवस्थापनको काम एकैसाथ भइरहेको बताउँदै प्रमुख आयुक्त यादवले निर्वाचनका लागि सबैको एउटै भावना भएकाले छोटो अवधिमै पनि तयारीको काम ८० प्रतिशत पूरा भइसकेको छ, भने । आयुक्त ईला शर्माले निर्वाचनमा महिला, मधेसी र युवाको बढीभन्दा बढी सहभागिता होस् भनी शुभकामना व्यक्त गरिन् । आयुक्त ईश्वरीप्रसाद पौडेलले नेपालको इतिहासमा ऐतिहासिक रुपमा रहने स्थानीय तहको निर्वाचनको जिम्मेवारी पूरा गर्ने प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरे । आयुक्त सुधीरकुमार शाहले नयाँ वर्षले शान्ति, समृद्धि र राजनीतिक स्थायित्वका लागि हुने निर्वाचनमा सहभागी हुने सबैमा हौसला र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । यसैगरी निर्वाचन आयोगले यही वैशाख ३१ गते आइतबार हुने स्थानीय तहको निर्वाचको राष्ट्रिय महोल बनिरहेको जनाएको छ । आयोगस्थित आफ्नो कार्यकक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आयोगका सचिव गोपीनाथ मैनालीले नगर र गाउँ तहमा मतदाता र उम्मेदवार निर्वाचनका लागि अत्यन्त जागरुक र उत्साहितका साथ प्रतीक्षामा रहेको बताए । मुलुकभरका ७४४ स्थानीय तहको आगामी निर्वाचनका लागि ८४ हजार मतपेटिका आवश्यकता रहेकामा खरिद गरिएकोे ३० हजार मतपेटिका अबको तीन दिनभित्रै सबै प्राप्त भइसक्ने पनि आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनका लागि २१ हजार मतदान केन्द्र मतदान रहने जनाउँदै आयोगले बिहीबार बेलुकासम्म करिब एक करोड १७ लाख ८१ हजार छापिसकेको जनाएको छ । आगामी निर्वाचनका लागि एक करोड ४० लाख ५४ हजार ४८२ मतदाता कायम भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञापनपत्रमार्फत उठाएका मागलाई स्थानीय चुनावको चटारोले गर्दा अहिले सम्बोधन गर्न नसकिए पनि निर्वाचन पछि तुरुन्तै यस विषयमा छलफल हुने बताउँदै सचिव मैनालीले निर्वाचनका लागि आवश्यकपर्ने १२ प्रकारका समानको पनि जोहो भइरहेको जानकारी दिए । यही वैशाख ३ गतेबाट निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आउन जनाउँदै उहाँले मधेसलगायत समग्र मुलुकमा निर्वाचनका काम सहजरुपमा भइरहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE