Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

भैरहवा बुद्धमय हुने

\"\"भैरहवा, १ वैशाख । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार तथा रुपन्देहीको सदरमुकाम सिद्धार्थनगर भैरहवालाई व्यवस्थित र सुन्दर बनाउने उद्देश्यले मिलन चोक देखि बुद्धचोकसम्मका घरहरु बुद्धमय हुने भएको छ । पौष महिनाबाट भैरहवाको बैक रोडबाट थालिएको अभियानलाई तेस्रो चरणको रुपमा यस क्षेत्रमा हुने भएको एक कार्यक्रममा बताइएको छ । सामाजिक कार्यमा अग्रसर रहेको भैरहवा क्षेत्रका बिहानी समयमा हिड्नेहरुको समुह भैरहवा मर्निङ्ग वाक गु्रप (बिएमजी)ले नवबर्ष २०७४ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा यस्तो घोषणा गरिएको हो । भैरहवा मर्निङ्गवाक गुप्रले थालनी गरेका यो काम लार्ई निरन्तरता दिँदै शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका क्षेत्र भित्रका घरको छतमा बौद्ध झण्डा राखिएको छ । यससँगै अबको केही समय भित्र भैरहवाका सबै आवासीय भवनहरु एउटै रंगका हुनेछन् भने प्रत्येक घरका छतमा बुद्धका झण्डा फहराइने गु्रपले जनाएको छ । शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवा रहे पनि प्रवेशद्वारमा बौद्धात्मक झल्किने कुनै क्रियाकलाप नभएका कारण ग्रुपले शहरको प्रत्येक घर घरमा बुद्धको झण्डा लगाउने अभियानको थालनी गरेको ग्रुपका अध्यक्ष ओमकार गौचनले बताए । बुद्ध झण्डा शान्तिको प्रतिक रहेको र सो झण्डा शहरको प्रत्येक घरघरमा राखिएमा बुद्धजन्मस्थल प्रवेशद्वार सिद्धार्थनगरमा बौद्धात्मक प्रतिक झल्किने तथा पर्यटनको विकासमा पनि थप टेवा पुग्ने उद्देश्यले अभियानको थालनी गरि यसलाई निरन्तरता दिइएको हो । झण्डा वितरण कार्यक्रमको शुभारम्भ गर्दै अखिल नेपाल भिक्षु महासंघका केन्द्रिय अध्यक्ष भिक्षु मैत्री महास्थबिरले नँया बर्षको अवसरमा बुद्धभुमि लुम्बिनीको प्रवेशद्धार सिद्धार्थनगर (भैरहवा) लाई बुद्धमय बनाउन थालिएको प्रयास प्रशंसनीय रहेको बताए । लुम्बिनी विकास कोषका आध्यात्मिक सल्लाहकार समेत रहेका भिक्षु मैत्रीले भैरहवा मर्निंग वाक गु्रपले सचेतनामुलक काम गर्दै आएकोमा भविश्यमा यस्ता कामलाई अझ फराकिलो बनाउँदै निरन्तर गर्नु पर्नेमा जोड दिए । सो अवसरमा संस्कृितविद प्रा.डा. गितु गिरीले शान्तिका दुत बुद्धको जन्मथलोका नेपालीहरुले आपसी भाईचारा अभिवृद्धीका लागी बुद्धका ज्ञानलाई अंगिकार गर्दै अघि बढनु पर्नेमा जोड दिए । भैरहवा मर्निंग वाक गु्रपका अध्यक्ष ओमकार गौचनले बुद्ध नगरी बनाउने अभियान अन्तरगत झन्डा फहराउने कार्यक्रम भैरहेको र अब आप्mनै घरलाई बुद्ध रंग (पहेलो)ले रंगाउने प्रतिबद्धता जनाउदै सबै नगरबासीमा यो अभियानलाई साथ दिदै बिश्वकै नमुना बौद्ध शान्ति शहरका रुपमा सिद्धार्थनगरलाई स्थापित गराउन आग्रह गरे । उन्ले नगरका समसामयिक मुद्धाहरुलाई सम्बन्धित सरोकारवाला निकायमा पुृरयाउने आफुहरुको अभियान निरन्तर चल्ने जनाए । नव बर्ष २०७४ को अबसरमा भैरहवा मर्र्िनग वाक गु्रपले आयोजना गरेको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा भैरहवा कार्यक्षेत्र रहेका तीन पत्रकार लाई सम्मान गरिएको थियो । लामो समयदेखि सञ्चारक्षेत्रमा रही समाज परीबर्तनका लागी बिभिन्न बिषयहरुको उठान गर्दै सकारात्मक समाचार सम्प्रेषण गरी महत्वपुर्ण योगदान पु¥याएको भन्दै ग्रुपले न्यूज ओके पत्रिकाका सम्पादक एवं कारोबार दैनिकका संवाददाता मनोरञ्जन शर्मा, लुम्बिनीखबर पत्रिकाका सम्पादक, दैनिक लुम्बिनी र हिमालय टिभी तथा दैनिक नेपाल डट कमका संवाददाता नरेश के.सी र रुपन्देही एफएमका स्टेशन म्यानेजर शंकर पाण्डेलाई सम्मान गरेको हो । सो अवसरमा विश्व शान्तिको कामना गर्दै नेपाल र भारतको बिभिन्न ठाउमा पैदल यात्रा गर्दै आएका पैदलयात्री छबिलाल धवनलाई ११ हजार नगद सहित सम्मान गरिएको थियो । पञ्चशिल पाठ र ७४ वटा दिप बालेर उद्घाटन भएको कार्यक्रम ग्रुपका अध्यक्ष ओमकार गौचनको सभापतित्व, उपाध्यक्ष बाबुराम केसीको स्वागत तथा भिझु मैत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा वैदिक सनातन धर्मका अध्यक्ष जानुका भट्टराई, अमेरिकन कर्नरका दिलीप भटट्राई, समाजसेवी नारायण अग्रवाल, सम्मानित पत्रकार मध्येबाट मनोरञ्जन शर्मा, सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराई, होटल व्यवसायी तथा सल्लाहकार चन्द्रप्रकाश श्रेष्ठ, प्रा.डा. गितु गिरी, सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष डा.शान्त कुमार शर्मा, महेन्द्रकुमार श्रेष्ठ, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष विमल सेञ्चुरी ,प्राध्यापक कपिलदेव लामिछाने, कथाकार वनमाली निराकार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE