Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

रंगशालामा प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले जनाए पाँच ‘म’ को प्रतिवद्धता

\"\"काठमाडौं, १ बैशाख । नयाँ बर्षको नयाँ बिहानी सुरुआतसँगै प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान शुभारम्भ गरेका छन् । स्वास्थ्य मन्त्रालयको आयोजनामा त्रिपुरेश्वरको दशरथ रंगशालावाट सुरु गरिएको अभियानको झण्डोत्तलन र मंगलधुनका साथ प्रचण्डले शुभारम्भ गरेका थिए । सो अवसरमा स्वास्थ्य मन्त्री गगन थापासहित विभिन्न मन्त्री, सांसद, सरकारी कर्मचारी, समाजसेवी, विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता थियो ।
  • म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ सेवन गर्दिनँ ।
  • म नियमित व्यायाम गर्छु ।
  • म स्वस्थ र पोषिलो खाना खान्छु ।
  • म नियमित स्वास्थ्य परीक्षण गराउँछु ।
  • म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु ।
कार्यक्रम उद्घाटन लगत्तै दशरथ रंगशालावाट सुरु भएको अभियानात्मक ¥याली बसन्तपुरमा पुगेर समापन भएको थियो । देशभर ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । कार्यक्रममा सहभागिहरुले पाँच म बारे पनि प्रतिवद्धता जनाएका छन् । मन्त्री थापाका अनुसार एक वर्षे अभियानमा स्वास्थ्य मन्त्रालय अन्तर्गतकै विभिन्न विभागसँगको समन्वयनमा कार्यक्रम गरिनेछ । उच्च प्राथमिकतामा रहेका रोगको पहिचान र रोकथामका लागि पहल गर्ने, मानव स्वास्थ्यमा महत्वपूर्ण भूमिका भएका कृषि, शिक्षा, वातावरण, खानेपानीलगायतसँग सहकार्य र समन्वयन गरी कार्यक्रम गर्ने लक्ष्य राखिएको छ उनले जानकारी दिए । सरकारले नयाँ बर्षबाट लागु हुने गरी विपन्न नागरिक उपचार सहायता, कडा १२ लाई निस्शुल्क डायलाइसिस सेवा र मृगौला प्रत्यारोपणमा लाग्ने खर्च निःशुल्क गरेको छ । ५० बढी अस्पतालमा फार्मेसिको स्थापना र संचालन गरिसकेको सरकारले २०७४ साल भित्रमा सबै अस्पतालमा फार्मेसि स्थापना गर्ने लक्ष्य लिएको छ । बाथ मुटुको भल्बको शुल्यक्रिय निशुल्क गर्नुको साथै मुटु र क्यान्सरको उपचार सेवा विस्तार गरी काठमाण्डौ बाहिर डायालाइसिस सेवा विस्तार पनि गरेको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending