Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

ललितपुरमा जित्ने उम्मेदवार खोज्न प्रमुख तीन दललाई धौ–धौ

\"\"ललितपुर, ३१ चैत । स्थानीय चुनावको लागि ललितपुरमा प्रमुख दलहरुले जित्ने उम्मेदवारलाई टिकट दिने तयारी गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सबै ६ वटै तहमा चुनावी अभियान तीव्र पारेसँगै जित्ने उम्मेदवाको खोजि गरेका हुन् । उम्मेदवार छनोट गर्नको लागि कांग्रेस, एमाले र माओवादी केन्द्र तीनवटै दलले पार्टीको केन्द्रीय कार्यालयले बनाएको मापदण्ड अनुसार उम्मेदवार छनोटका लागि तयारी सुरु गरेका छन् । तर त्यसमा उनीहरुको प्राथमिकता जित्ने उम्मेदवारलाई दिएका छन् । सोही अनुसार दलहरुले कतिपय गाउँपालिकामा अन्य दलको उम्मेदवार हेरेर उम्मेदवार उठाउने योजना बनाएका छन् । ललितपुरमा एक महानगरसहित दुई नगरपालिका र तीन गाउँपालिका रहेका छन् । लामो समयदेखि लोडसेडिङको अन्त्य गराएका प्रधानमन्त्री प्रचण्डको सरकारले यही विषय जनताकोमा प्रमुख एजेण्डा बनाएर लाने र उम्मेदवार पनि सोही अनुसार प्रशासनिक रुपमा दक्ष उम्मेदवार उठाउने तयारी गरेको सोत बताउँछ । स्थानीय तहको पुनःसंरचना गरिएकाले ती दलका लागि आप्mना स्थानीय संगठनहरु गठन तथा पुनर्गठनको चटारो पनि यसैबेला परेको छ । माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हरि दाहाल जनताको चर्चित अनुहारले टिकट पाउने बताउँछन् । उनले भने– गत एक महिनाको अवधिमा ललितपुरका ६ वटै तहमा पुग्दा जनताको अपेक्षा केन्द्रका नेतासँग पहुँच भएको खोजी रहेका पायौं ।’ जिल्लाको तीन गाउँपालिकाका जनताहरुले एकै स्वरमा विकास निर्माण गर्न सक्षम पढेका उम्मेदवारको अपेक्षा गरेका छन् । सबै खाले उम्मेदवारहरुको सूची क्षेत्रमा बुझाउनुपर्ने भएकोले चुनावका लागि हौसलाका साथ कार्यकर्ताहरु गाउँ तथा शहर केन्द्रित भइसकेको दाहालले बताए । ‘जिल्लामा अहिले विप्लव माओवादीका कार्यकर्ता लगायत अन्य संगठनबाट माओवादी पार्टीमा प्रवेशको लहरै चलेको छ, उम्मेदवारलाई टिकट दिने सवालमा पनि राम्रा सुझाव आएका छन्,’दाहालले भने । एमालेले पनि सोही रणनीतिमा लागेको छ । तर, एमालेले उम्मेदवार छनौटको प्राथमिकता पार्टीमा लामो समय काम गरेको हुनुपर्ने गरी बनाएको छ । लामो समय काम गरेका नेताहरु जनताको घर घरका मानिस चिन्ने हुन्छन्, जसबाट चुनाव जित्न सहज हुने एमालेको विश्लेषण छ । एमालेले पनि नगर, महानगर र गाउँपालिकाहमा आफ्ना राजनीतिक र सांगठनिक गतिविधिलाई व्यापक बनाएको जनाएको छ । उम्मेदवारका बारेमा केन्द्रले नियम बनाइसकेको छ,’ एमाले ललितपुर प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले भने– सोही अनुसार पार्टीका सबै नेता कार्यकर्ता पार्टीले जित्नेगरी प्रचारमा लागेका छन् ।’ एमालेले चुनावी रणनीतिमा घर घर पुगेर आफ्नो एजेण्डाबारे कन्भिन्स गराउने योजना लिएको छ । अहिले एमाले प्रचार अभियानमा जुटिसकेको उनले जानकारी दिए । संविधानसभाको दोस्रा चुनावमा ५५ वर्षपछि जिल्लाको तीनै क्षेत्र जितेको कांग्रेस आफ्नो बलियो उपस्थिति रहेको विश्लेषणमा छ । कांग्रेसले ०७० सालकै मतदातालाई आफ्नो पक्षमा ल्याउने योजना बनाइरहेको पाइएको छ । त्यसैगरी जिल्लाको सबै नगर र गाउँपालिकामा चुनावी अभियान सञ्चालन गरिएको नेपाली कांग्रेस ललितपुरले जनाएको छ । पार्टीले सबै क्षेत्रमा संगठन गर्नुका साथै प्रचारप्रसार समेत तिब्र पारेको जिल्ला सभापति मदन अमात्यले जानकारी दिए । अमात्यका अनुसार जिल्लाका एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिकामा संगठनको भेला गर्ने र चुनाव परिचलन समिति बनाउने काम भैरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE