Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

मतदानमा ढिलाइले ट्रम्पलाई झट्का

\"\"काठमाडौँ, ११ चैत । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संसदमा प्रस्ताव गरेको स्वास्थ्य सेवा सम्बन्धी नयाँ विधेयकमा मतदान गर्ने पूर्व निर्धारित योजनामा ढिलाइ भएको छ । ट्रम्पकै रिपब्लिकन पार्टीका दुई दर्जन सांसदहरुले उक्त विधेयकमा परिमार्जन नगरिए विपक्षमा मतदान गर्ने चेतावनी दिएका छन् । यसअघिका राष्ट्रपति बराक ओबामाले ल्याएको स्वास्थ्य सेवामा पहुँच उपलब्ध गराउने एउटा कानूनलाई प्रतिस्थापन गर्न उक्त विधेयक संसदमा प्रस्तुत गरिएको थियो । व्हाइट हाउसले भने शुक्रबारै मतदान हुनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिएको छ । स्वास्थ्य सुधार सम्बन्धी विधेयकमाथिको मतदानलाई पर सार्ने रिपब्लिकन पार्टीको निर्णय आफूसँग त्यसका लागि आवश्यक पर्याप्त मत संख्या नपुगेको भन्ने स्वीकारोक्ति हो । राष्ट्रपति ट्रम्पले मतदान स्थगित गरिनु केही अघिसम्म पनि बिहिबारै उक्त विधेयक तल्लो सदनले पारित गर्ने बताएका थिए । एउटा परम्परावादी समूह द फ्रिडम ककसका प्रतिनिधीहरुले राष्ट्रपति ट्रम्पलाई भेटेका थिए तर पछि तिनका नेताले खासै प्रगति नभएको प्रतिक्रिया दिए । उक्त समूहले विधेयकमा बीमाकर्ताहरुका लागि प्रस्ताव गरिएको निरोधक उपचार र आपतकालिन सेवा सम्बन्धी प्रावधानहरु हटाउन चाहन्छ । त्यसो गर्दा बीमाको लागत कम पर्न जाने उक्त समूहको मत छ। तर त्यस्तो गर्दा धेरै जनाले सेवा नपाउने र आफ्ना अत्यावश्यक माग समेत बीमाले नसमेट्ने भन्दै मध्यमार्गी रिपब्लिकनहरुले चिन्ता जनाइरहेका छन् । वासिङटनबाट बीबीसीका एन्थोनी जार्चर भन्छन्, रिपब्लिकनहरुलाई विधेयक संसदमा विफल हुनुभन्दा त्यसलाई पास गर्न समय लाग्नु नै फाइदाजनक हुनेछ । विधेयकको असफलताले राष्ट्रपति ट्रम्पको सहमति जुटाउन सक्ने खुबी र दलका अनुदारवादीलाई नियन्त्रण गर्नसक्ने रिपब्लिकन नेता पल रायनको क्षमताबारे गम्भीर प्रश्न उठ्नेछ । अनुदारवादीहरुको समर्थन जुटाउन विधेयकमा कडा प्रावधानहरु राखिए मध्यमार्गी विचार राख्नेहरुको बाहुल्य रहेको सिनेटमा उक्त कानून पारित गर्न थप कठिन हुने उनको टिप्पणी छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending