Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

चुनाव तयारीका लागि नेता/कार्यकर्ता गाउँ पसे, चहलपहल बढ्दै

\"\"नवलपरासी, पाल्पा ११ चैत । सरकारले स्थानीय तहको निर्वाचन गर्ने तयारी गरिरहँदा नवलपरासीमा नगर तथा गाउँ क्षेत्रमा निर्वाचनको चहल पहल बढेको छ । राज्य पुनर्संरचनाअन्तर्गत जिल्लामा हाल सातवटा नगरपालिका र आठवटा गाउँपालिका भएका छन् । आ–आफ्नो गाउँ तथा नगरपालिकामा गाउँपालिका प्रमुख तथा नगरपालिकाको प्रमुखका रुपमा आकाङ्क्षी देखिएका आकाङ्क्षी आ–आफ्नो तरिकाले मतदाता रिझाउन लागेका छन् । १९ वर्षपछि हुन लागेको निर्वाचनमा पार्टीगतभन्दा पनि तटस्थ मतदाताको मत निर्णायक हुनेमा मधेसकेन्द्रित दलबाहेक अरू सबैजसो दलका जिल्ला नेता सहमत देखिएका छन् । विशेषगरी आफ्नो दलबाट उम्मेदवार बन्न जिल्लाबाट प्रतिनिधित्व गरेका केन्द्रीयस्तरका नेता र निर्वाचित सांसद कहाँ टिकट प्राप्त गर्नका लागि आकाङ्क्षी दौडधुपमा व्यस्त छन् । सबैभन्दा बढी स्थानीय आकाङ्क्षी देखिएको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, बर्दघाट, रामग्राम र सुनवल नगरपालिकामा नेतृत्वमा पुग्न पुराना र नयाँ अनुहारको हानथाप सुरु भएको छ । प्रदेश नं ४ मा गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका परेका छन् जसअन्तर्गत ५९ हजारभन्दा बढी जनसङ्ख्या रहेको गैँडाकोट नगरपालिकामा सबै दलमा उम्मेदवारको टुङ्गो लगाउन दललाई हम्मेहम्मे पर्ने अवस्था छ । गैँडाकोट नगरपालिका नेपाली काँग्रेसका लागि सबैभन्दा पकड भएको मानिएको र मुकुन्दपुर, अमरापुरी र रतनपुर गाविसका केही वडा गाभिएर बनेको गैँडाकोट नगरपालिकामा काँग्रेसलाई चुनौती दिन अन्य सबै दल एक प्यानल बन्ने कसरतमा देखिएका छन् । गैँडाकोटमा काँग्रेसविरुद्ध एमाले, माओवादी केन्द्र र अन्य नौवटा साना दलको मोर्चाबन्दी हुने सम्भावना बढी छ । त्यहाँ काँग्रेसबाट मेयरमा युुवा पुस्ताका चर्चित उम्मेदवार केशव सापकोटा, पुराना नेता मदनभक्त अधिकारी, ओमप्रसाद सापकोटा, गजेन्द्र आलेमगर र क्षेत्रीय सभापति द्रोण बन सन्यासीको नाम चर्चामा छ । स्थानीयस्तरमा सामाजिक विकास र विभिन्न राजनीतिका विभिन्न तहमा कुशल नेतृत्व प्रदान गरिसकेका केशव सापकोटालाई काँग्रेसले अघि सार्नुपर्ने भन्दै केही युवा जमात पनि लबिङमा लागेका छन् । काँग्रेससँग दरिलो, दाबेदार एमालेमा पनि उम्मेदवार बन्न हानथाप उस्तै छ । एमालेबाट मेयरमा छत्र पौडेल र यमुनाथ आचार्य मुख्य दाबेदार देखिएको एमाले जिल्ला नेतृत्वले जानकारी दिएको छ । जनजातिको मत निर्णायक रहेको र २७ हजारभन्दा बढी मतदाता रहेको देवचुली नगरपालिकामा जनजातिका मत तान्न सक्ने उम्मेदवारको खोजीमा सबै दल लागेका छन् । देवचुलीमा काँग्रेसबाट हेमराज कोइराला, डिल्लीराम कडरिया टिकट दाबी गर्दै नेताको घरदैलोमा टिकटका लागि दौडधुप गरेका छन् । देवचुलीमा एमालेबाट निर्वाचनमा मेयरको उम्मेदवार बन्ने आकाङ्क्षाका कारण शिक्षक खिमानन्द भुसालले राजीनामा स्वीकृत गराएर बसेका छन् । नवलपरासीको पूर्वी भागको कावासोती नगरपालिकामा ती तीनवटै दलमा उम्मेदवार दिने आकाङ्क्षी बढी देखिएका छन् । काँग्रेसबाट मेयरको उम्मेदवार बन्न झपीन्द्र भुसालले कुमारवर्ती क्याम्पस प्रमुखबाट राजीनामा दिएका छन् । कावासोतीमा मेयरका लागि काँग्रेसमा नयाँ पुस्ताको हानथाप नै देखिएको छ । मेयरमा काँग्रेस पार्टीका जिल्ला सचिव बालकृष्ण घिमिरे, महेन्द्र पोख्रेल र महिला सङ्घकी जिल्ला सचिव सरस्वती तिमिल्सिनाको नाम चर्चामा छ । कावासोतीमा एमालेबाट दुर्गा भण्डारी र दीपक लम्साल चर्चामा देखिएका छन् । साबिकका शिवमन्दिर, कावासोती, अग्यौली, पिठौली र कुमारवर्ती गाविस मिलाएर बनाइएको कावासोती नगरपालिकामा आ–आफ्नै दाबी रहेको छ । प्रदेश नं ५ क्षेत्रमा पर्ने अर्थात् दाउन्नेपारिको रामग्राम, सुनवल र बर्दघाट गरी तीनवटा नगरपालिका यतिबेला विभिन्न दल निटकका नेता, मेयर वा नगर प्रमुखका आकाङ्क्षी देखिएका छन् । तीमध्ये नेपाली काँग्रेसका तर्फबाट नरेन्द्रकुमार गुप्ता र बैजनाथ जयसवाल चर्चामा छन् । यद्यपि जयसवाललाई गत संविधान सभामा निर्वाचन क्षेत्र ४ का बागी उम्मेदवारलाई सहयोग गरेको आधारमा केन्द्रीय समितिबाट कारबाही पनि भएको थियो । यस्तै, नेकपा ९एमाले०का तर्फबाट दीपेन्द्र यादवको नाम चर्चामा छ । त्यस्तै माओवादी केन्द्रबाट बुद्धन अलि चर्चामा छन् । मधेसी मोर्चाले भने स्थानीय निर्वाचनमा भाग नलिने बताउँदै आए पनि यद्यपि आफ्ना माग पूरा हुने गरी संविधान संशोधन गरेर सरकारले निर्वाचन गरेमा निर्वाचनमा सहभागी बन्ने सम्भावना छ । सो अवस्थामा मधेसी मोर्चा एक भएर सत्रजित यादवलाई मेयरमा अघि सार्ने चर्चा छ । त्यस्तै, सुनवल नगरपालिकाको मेयरमा काँग्रेसका तर्फबाट अर्जुनकुमार पोखरेल, भीमबहादुर थापा ९भरत०को नाम चर्चामा छ । एमालेबाट थानप्रसाद गैरे, बिमला अर्याल, उमानाथ पोख्रेल, बिमला अर्याल मेयर पदको आकाङ्क्षी देखिएका छन् । यस्तै, माओवादी केन्द्रबाट भविश्वर तिवारी र डोलराज भण्डारीको नाम चर्चामा छ । यसैगरी, बर्दघाट नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरमा शम्भुलाल श्रेष्ठ, विश्वप्रेम पाठक, इन्द्र सापकोटाको नाम चर्चामा छ । एमालेबाट रुक्मागत ज्ञवाली, दीपेन्द्र अधिकारी र धिरज शर्माको नाम चर्चामा छन् । माओवादी केन्द्रबाट रुद्रप्रकाश उपाध्याय मेयरका आकाङ्क्षी देखिएका छन् । जिल्लामा तीनलाख ७३ हजार मतदाता रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । जिल्लाभरि दुईसय ३७ वटा मतदानस्थल तोकेको छ भने ती स्थलमा करिब पाँचसय मतदान केन्द्र रहने कार्यालयले जनाएको छ । पाल्पामा स्थानीय निकायको निर्वाचनको तिथि मिति नजिकिँदै गर्दा यहाँका मुख्य राजनैतिक दलका नेतादेखि कार्यकर्तासम्मले मतदातालाई आफ्नो पकडमा राख्न, छलफल, अन्तरक्रियाका कार्यक्रमलाई अगाडि बढाएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका नेतादेखि कार्यकर्तासम्मका व्यक्ति आ–आफ्ना पार्टी नेतृत्व गर्ने दाबी गर्दै गाउँ पसेका छन् । लामो समयदेखि स्थानीय निर्वाचन नभएकाले कार्यकर्ताले उम्मेदवार बन्ने अपेक्षा गर्नु स्वाभाविक पनि हो । मतदातामा आफ्नो प्रतिनिधि चयन गर्न आतुर भएको देखियो त्यसैले निर्वाचनका लागि राम्रो वातावरण बन्दै गएको एमालेका जिल्ला सदस्य कमल पौडेलले बताए । संविधान कार्यान्वयन भनेको निर्वाचन हो, त्यसैले पहिलो चरणको काम गाउँपालिका बनाएर कामको सुरुवात नै भयो अब निर्वाचनलाई धकेल्नु वा पर सार्नु भनेको जनताप्रतिको बेइमानी हुनेछ सदस्य पौडेलले बताए । एकातर्फ निर्वाचन लामो समयपछि हुनु, अर्कोतर्फ संविधान सभाद्वारा निर्मित संविधानले जनता र जनताका प्रतिनिधिलाई असीमित अधिकार दिएकाले गाउँपालिकाको प्रमुख, उपप्रमुख, सदस्य, नगरपालिकाको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्य, महिला, दलित, प्रतिनिधि बन्नका लागि आ–आफ्नो पार्टीमा टिकटका लागि लबिङ गर्नेहरु पनि उत्तिकै रहेका छन् । यसैक्रममा केही नेता, कार्यकर्ता आफू र आफ्नो पार्टीले अहिलेसम्म गरेका काम र संविधान निर्माणका क्रममा आफ्नो पार्टीले खेलेको भूमिकाका विषयमा बुझाउन जनताको घरदैलोमा पुगेका बखत, केही नेता सदरमुकाममा नै बसेर चिया गफमा आफ्नो राजनैतिक विवरण बताउँदै आफूले नै टिकट पाउनुपर्ने दाबी गर्नेहरु समेत भेटिएका छन् । जनयुद्धदेखि हालसम्मको अवस्थामा आइपुग्दा पार्टीका कार्यकर्ताले खेलेको भूमिकालाई उच्च मूल्याङ्कनकै आधारमा निर्वाचनमा टिकट दिइने एनेकपा ९माओवादी केन्द्र०का जिल्ला सदस्य प्रेम सागर शाही बताए । नेकपा एमालेले पनि तेस्रो चरणको कार्यक्रम बनाएर कार्यकर्ताको घरदैलोमा जाँदैछ । कुन गाउँपालिका, नगरमा को प्रमुख, उपप्रमुख तथा वडा सदस्यको उम्मेदवार को हुने भनेर पार्टीको आधिकारिक जिल्ला कार्यसमितिको बैठकबाट निर्णय गरिनेछ, पार्टीका जिम्मेवार एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा बताए । “पार्टीमा अहिले मत मतान्तर छैन, हामी गुट, समूहभन्दा पनि सिङ्गो पार्टी भनेर लागेका छौँ”, उनले भने । मुख्य ठूलो दल नेपाली काँग्रेसको दोस्रो चरणको कार्यक्रम सकिएको क्षेत्र नं १ का क्षेत्रीय सभापति सन्तोष थापाले बताउनुभयो । गाउँपालिका भइसकेपछि पनि गाउँपालिकाअन्तर्गतका पार्टीका क्षेत्रीय प्रतिनिधिको भेला सम्पन्न भइसकेको छ । त्यसअलावा पार्टीका जिम्मेवार पदाधिकारीसहित, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि गाउँकेन्द्रित नै छन् । संविधान जारी भएपछि मुलुकको राजनैतिक घटनाक्रमदेखि जनतालाई आर्थिक रुपमा कसरी बलियो बनाउने हो भन्ने विषयमा गाउँ जागरणको कार्यक्रम सकिएको नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE