Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

दिल्लीबाट फर्किएर उपेन्द्र सिधै प्रचण्ड भेट्न गए

\"\"काठमाडौं, १० चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक तथा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव दिल्लीबाट फर्किएलगत्तै विहीबार सिधै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गर्न पुगेका छन् । अपरान्ह काठमाडौं आइपुगेका यादव प्रचण्डलाई भेट गर्न सिंहदरबार गएका हुन् । सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको कार्यकक्षमा यादवले प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका हुन् । तर सभामुख घर्ती भने कार्यालयमा अनुपस्थित थिइन् । उपेन्द्रको प्रधानमन्त्रीसँगको भेटमा मोर्चाका अर्का नेता तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायत सहभागी थिए । साताब्यापी भ्रमणका लागि विहीबार राती चीन प्रस्थान गर्नुअघि प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलका नेताहरुसँग छलफल गरेका हुन् । विहानैदेखि ब्यस्त रहेका प्रचण्डले मोर्चाका नेताहरुसँगको भेटपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका छन् । ओलीसँग एमाले उपाध्यक्ष बामदेव गौतम पनि सहभागी थिए । मोर्चा र विपक्षी दलका नेताहरुसँगको छुट्टाछुट्टै भेटपछि प्रचण्डले अहिले मोर्चासहित विपक्षी दलसँग संयुक्त वैठक बोलाएका छन् । सीमांकनबाहेक संविधान संशोधनमा मोर्चासहमत भएमा एमालेलाई मनाउने प्रचण्डको प्रयास रहेको स्रोतको भनाइ छ । मोर्चाले नमानेमा पेलेर अघि बढ्ने प्रमुख चार दलले यसअघि नै निर्णय गरेकाले मोर्चाले सीमांकनलाई निर्वाचनपछि टीओआर बनाएर जाने सहमतिमा समझदारी गर्ने सम्भावना रहेको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE