Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

एमालेको निर्णयः सिङ्गो पार्टी स्थानीय निर्वाचनमा होम्ने

\"\" काठमाडौं, १० चैत । प्रमुख प्रतिपक्ष नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा सिंगो पार्टी होमिने भएको छ । गाउँ तहसम्मै निर्वाचन परिचालन कमिटी गठन गरी निर्वाचन अभियानमा जुटने निर्णय गरेको एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहीबार बसेको पार्टी स्थायी समितिको बैठकले गाउँ तहसम्म परिचालन कमिटी तत्काल गठन गरी निर्वाचन अभियानलाई तीव्रता दिने निर्णय गरेको हो । बैठकले स्थानीय तहको उम्मेदवार छनौट गर्ने कार्यविधि तथा मापदण्ड पनि तयार पारेको छ । गाउँपालिका र नगरपालिकाका वडाको उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला कमिटिले गर्ने, नगर पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसमा प्रदेश कमिटीले गर्ने र उपमहानगरपालिका तथा महानगरपालिकाको उम्मेदवारको टुंगो सम्बन्धित जिल्ला कमिटी, प्रदेश कमिटीको सिफारिसमा केन्द्रिय कमिटीले तय गर्ने कार्यविधि तय गरेको हो । सबै तहको उम्मेदवारी चयन स्थानीय कमिटीकै सिफारिसमा हुने कार्यविधि तय गरिएको सचिव भट्टराईले जानकारी दिए । त्यसै गरी एमालेले पार्टीप्रति प्रतिवद्ध, लोकप्रिय, इमान्दार, अनुशासित र कुनै भ्रष्टाचारजन्य गतिविधिमा संलग्न नभएकाहरुलाई उम्मेदवार बनाउने मापदण्ड पनि तय गरेको छ । उम्मेदवारी चयन गर्दा समावेशीतालाई पनि ध्यान दिइने निर्णय लिइएको एमालेले जनाएको छ । एमालेले निर्वाचन आचारसंहिता पालना गराउन निर्वाचन आयोगको पनि ध्यानाकर्षण गराएको छ । त्यसैगरी एमालेले सरकारले सरुवा, बढुवा, बजेट विनियोजना जस्ता निर्वाचन आचारसंहिता विपरित गतिविधि गरेको भन्दै गम्भिर आपत्ति पनि जनाएको छ । बैठकले प्रदेश नम्बर दुईमा चैत्र महिनाभर प्रदेश स्तरमा विस्तारित भेला, जिल्ला स्तरमा कार्यकर्ता भेला र गाउँरनगर स्तरमा जनसभा आयोजना गर्ने निर्णय पनि गरेको छ । खासगरी प्रदेश नम्बरको २ मा स्थगित गरिएको पार्टीको मेची महाकाली अभियान अन्तर्गत नै ती कार्यक्रमहरु संचालन गर्ने निर्णय लिइएको एमालेले जनाएको छ । बैशाख १ गतेबाट प्रदेश नम्बर दुईमा पनि निर्वाचन अभियानलाई तीव्रता दिने पनि भट्टराईले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE