Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

अन्ततः थ्रेसहोल्ड सम्बन्धि विधेयक संसदबाट पारित

\"\"काठमाडौं, ९ चैत । साना दलहरुको विरोधका बाबजुद व्यवस्थापिका संसद्को विहीबारको बैठकबाट थ्रेसहोल्ड सम्बन्धी विधेयक पारित भएको छ । अब राष्ट्रिय दलको मान्यता पाउन कुनै पनि दलले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ १ सिट अनिवार्य रूपमा जित्नुपर्नेछ । नयाँ व्यवस्था अनुसार कुनै दलले समानुपातिकतर्फ खसेको कुल सदर मतको ३ प्रतिशत मत प्राप्त गरेर प्रत्यक्षमा एक सिट पनि जित्न सकेन भने उक्त दलको प्रतिनिधिसभामा प्रतिनिधित्व हुने छैन । निर्वाचन आयोगले राजनीतिक दलसम्वन्धी ऐनको मस्यौदामा ३ प्रतिशत थ्रेस होल्ड राख्न प्रस्ताव गरेको थियो । दोस्रो संविधानसभा निर्वाचनमा कमल थापा नेतृत्वको तत्कालिन राप्रपा नेपालले समानुपातिकबाट मात्रै२४ सिट जितेर चौथो ठूलो दल बनेको थियो । यो विधेयक यसअघि नै पारित भएका भए राप्रपा नेपाल संसदबाट बाहिर हुन्थ्यो । साना दलद्वारा सदन बहिष्कार ‘थ्रेसहोल्ड’ को विरोधमा साना दलहरुले बुधबारको संसद बैठक बहिष्कार गरे । मधेसी मोर्चालाई साथ दिँदै साना दलहरुले सदन बहिष्कार गरेका थिए । संसद बैठकमा राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीलाई राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ लाई प्रस्तुत गर्न सभामुख ओनसरी घर्तीले अनुमति दिनसाथ साना दलहरु नाराबाजी गर्दै संसदबाट बाहिरिएका थिए । सीपी मैनाली नेतृत्वको नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक), नेपाल परिवार दलसहितका दलहरुले थ्रेस होल्डको विरोध गरेका थिए । बैठकको सुरुमा बोल्दै साना दलका सांसदहरुले प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ एक सिट जित्नु पर्ने बाध्यकारी व्यवस्था संविधान र लोकतन्त्रविपरीत भएको भन्दै सो व्यवस्था रहेको विधेयक फिर्ता लिन आग्रह गरेका थिए । यो विधेयक बुधबार नै राज्य व्यवस्था समिति र उपसमितिको बैठकबाट पारित गरिएको थियो । साना दलहरुको उपस्थिति हुँदासमेत ठूला दलहरुको स्वेच्छाचारी हुने गरेकोले थ्रेसहोल्ड कायम गरी ठूलो दलहरु अझ स्वेच्छाचारी बन्न खोजेको साना दलका नेताहरुको तर्क छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE