Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

अमेरिका, रुस, स्पेन, फ्रान्सलगायत देशका शिकारी ढोरपाटन पुग्दै

\"\"बागलुङ, ७ चैत । ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाम सुरु भएको छ । विदेशी सिकारी नाउर तथा झारलको सिकार गर्न आरक्ष आउन थालेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० वटा नाउर र तीनवटा झारलको सिकारका लागि अनुमति दिएको छ । नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोबल सफारी प्रालि र ट्र्याक एन्ड टे«ल्र्स प्रालिले सिकार खेलाउने छन् । बोलपत्र आह्वानका क्रममा भएको प्रतिस्पर्धाले यस याममा सिकारको दर बढेकोे छ । एउटा झारल सिकार गरेबापत रु १३ लाख पाँच हजार राजस्व सरकारलाई बुझाउन सिकार एजेन्सी तयार भएका छन् । नाउर सिकारको दर भने बढीमा रु आठ लाख ७५ कायम भएको ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । “झारल सिकारको दर अहिलेसम्मकै बढी हो,” उनले बताए । महँगो रकम तिरेर झारल सिकार अनुमति लिएका हिमालयन सफारी र ट्र्याक एन्ड टे«ल्सले यसै साता सिकार खेलाउने तयारी गरेका छन् । हिमालयन सफारीले आरक्षको फागुने ‘ब्लक’मा एउटा र ट्र्याक एन्ड टे«ल्सले घुस्तुङ ‘ब्लक’मा दुईवटा झारलको सिकार गराउने अधिकृत बरालले बताए । विदेशी सिकारी आरक्ष पुग्ने क्रम सुरु भएको छ । आउँदो वैशाखको दोस्रो सातासम्म सिकार चल्नेछ । सिकारका लागि यस वर्ष अमेरिका, रुस, स्पेन, फ्रान्सलगायत देशका सिकारी ढोरपाटन पुग्दैछन् । सबैजसो सिकारी हेलिकप्टरमार्फत आरक्ष पुगेर सिकार खेल्ने गरेका बरालले बताए । एउटा सिकारीले वन्यजन्तुको सिकारमा रु २५ लाखदेखि रु ३० लाखसम्म खर्च गर्ने गरेका छन् । आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ब्लकमा सिकार खेलिनेछ । निकै कम सिकारी पुग्ने सुनदह ब्लकमा यस याममा ग्लोबल सफारीले नाउरको सिकार गराउने भएको छ । अन्यको तुलनामा सुनदह अत्यन्तै विकट क्षेत्रमा रहेको र बढी खर्चिलो भएका कारण सिकारीलाई त्यहाँ पुग्न कठिनाइ हुन्छ । आरक्ष कार्यालयका अनुसार नेपाल वाइल्ड लाइफ सफारीले एक रुसी, एक स्पेनी र एक फ्रान्सेली सिकारीलाई सेङ र फागुने ब्लकमा सिकार गराउनेछ । हिमालयन सफारीले झारलसहित एक नाउर, ट्र्याक एन्ड टे«ल्र्सले दुई झारलसहित दुई नाउर, नेपाल वाइल्ड लाइफ सफारीले तीनवटा नाउर र ग्लोबल सफारीले चारवटा नाउरको सिकार गराउने अनुमति पाएको छ । नाउर र झारलको सिकार अनुमतिबाट रु एक करोड १३ लाख ८५ हजार राजस्व सङ्कलन भएको छ । यस वर्षको पहिलो सिकारयाम (असोज–मङ्सिर) मा रु ३३ लाख ६८ हजार राजस्व जम्मा भएको छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको रोजाइमा पर्ने गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE