Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

मधेसका केही ठाँउमा अवरोध भएपनि स्थानीय तहको निर्वाचन रोकिँदैनः सञ्चारमन्त्री कार्की

\"\"भक्तपुर, ३ चैत । सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले तोकिएको मितिमा स्थानीय तहको निर्वाचन हुनेमा कुनै शंका नगर्न आग्रह गरेका छन् । रफत सञ्चार क्लवमा शुक्रबार भएको साक्षात्कार कार्यक्रममा बोल्दै सञ्चारमन्त्री कार्कीले मधेशी मोर्चासँग निरन्तर संवाद भइरहेकाले छिटै मोर्चा सहमतिमा आउने र स्थानीय तहको निर्वाचन हुँदैन कि भनेर आंशका नगर्न आग्रह गरे । उनले मोर्चाबीना निर्वाचनमा गए मधेशमा अतिवादले प्रश्रय पाउने भएकाले मोर्चालाई पनि निर्वाचनमा सहभागि गराउनुपर्ने बताए । स्थानीय तहको निर्वाचनका सवालमा बाहिर अनेक टिकाटिप्पणी आइरहेपनि आशावादी हुन सबैमा आग्रह गर्दै उनले निर्वाचन तोकिएकै मितिमा हुने बताए । उनले मधेशी मोर्चा सरकार निरन्तर सम्वाद र वार्तामा रहेकाले छिटै मोर्चा वार्तामा आउने विश्वास व्यक्त गरे । उनले भने, – संविधानभन्दा ढाढा कोही छैन, मेधेसी मोर्चा पनि संविधानको पक्ष रहेको छ , सबै दलहरु संविधानको परिधिमा घुमिरहेकाले सबै राजनीतिक दलहरु निर्वाचनको पक्षमा छन् । ’ मधेशका केहि ठाउँमा अवरोध भएपनि स्थानीय तहको निर्वाचन नसर्ने र नरोकिने उनले बताए । देशका सबै गाउँपािलका, नगरपालिकामा निर्वाचनको वातावरण बनिरहेकोे र दलका नेता तथा कार्यकर्ता गाउँ केन्द्रित भई निर्वाचनको माहौल सृजना गर्न लागिपरेकाले देश निर्वाचनमय भइसकेको उनले दाबी गरे । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेर स्थानीय तह कार्यान्वयनमा ल्याइसकेपछि सिंहदरबारमा धाउने पार्टीका नेता तथा कार्यकर्ता गाउँकेन्द्रित भएको र सिंहदरबारमा मान्छेको संख्यासमेत घट्दै गएको उनले बताए । स्थानीय तहलाई नै अधिकार प्रत्यायोजन गरेपछि जनताहरु खुसी हुँदै स्थानीय तहमै केन्द्रित हुन थालेको उनको भनाई थियो । सप्तरी घटना हुनु दुखद् भएको बताउँदै उनले सप्तरी घटनामा एमालेको अपरिपक्वताले सो घटना घटेको दाबी गरे । उनले एमालेलेको सुरक्षाप्रति ध्यान नजाँदा र जिद्दीपनले सो घटना भएको उनको भनाई थियो ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies