Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

सरकार गलत ढंगले प्रयोग भइरहेको ओलीको आरोप

\"\"भीमदत्तनगर, ४ चैत । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गलत ढंगले प्रयोग भइरहेको बताएका छन् । मेची –महाकाली राष्ट्रिय अभियानको समापनको अबसरमा एमालेले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विभिन्न आर्कषक अवरणभित्र निर्वाचन रोक्ने षडयन्त्र भइरहेको बताए । पत्रकार सम्मेलनमा बोल्दै उनले भने – “सरकार गलत ढङ्गले प्रयोग भइरहेको छ, कसैलाई सन्तुष्ट पार्न ७४४ स्थानीय तहलाई बढाउने खेलमा प्रधानमन्त्री हुनुहुन्छ ।” उनले वर्तमान सरकारले बितेको सात महिनामा स्थानीय तहको निर्वाचन मिति घोषणाबाहेक अन्य कुनै पनि काम गर्न नसकेको आरोप लगाए । पत्रकार सम्मेलनमा बोल्दै ओलीले आफ्नो पार्टीको मेची महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न भएको बताए । ओलीले सीमामा अतिक्रमण, नेपालीमाथि हेपाहा प्रवृत्ति देखाएर नेपालीको भावनामा चोट नपु¥याउन भारतसित आग्रह गर्दै केही दिन अघि भारतीय सुरक्षा बल (एसएसबी)को गोली लागेर सहादत प्राप्त गरेका पुनर्वासका गोविन्द गौतमको घटनामा भारतले नेपाल र नेपाली नागरिकसित माफी माग्नुपर्ने तथा दोषी सुरक्षाकर्मीलाई कारबाही को माग गरे । ‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान ः सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि मेची–महाकाली अभियान’ भन्ने नाराका साथ नेपालको पूर्व झापा जिल्लाको काँकडभिट्टाबाट सुरु भएको मेची–महाकाली राष्ट्रिय अभियान पश्चिमको कञ्चनपुरस्थित महेन्द्रनगरमा पुगेर बिहीबार सम्पन्न भएको छ । अभियानको प्रचारप्रसारका लागि झन्डै १० लाख घरधुरीमा पुगेर कार्यकर्ताले ५० लाखभन्दा बढी जनतालाई पार्टीको अपिल वितरण गरेका र २५ किलोमिटरभन्दा लामा ¥यालीहरू भएको अध्यक्ष ओलीले बताए । “अभियान नेकपा (एमाले)ले सुरु गरे पनि यो पार्टीको मात्रै अभियान होइन, राष्ट्रकै अभियान हो, पत्रकार सम्मेलनमा अध्यक्ष ओलीद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ— अभियानमा प्राप्त सामाजिक र नैतिक पुँजीलाई हामी आगामी दिनमा राष्ट्र निर्माण र संविधान कार्यान्वयनमा अधिकतम सदुपयोग गर्ने सङ्कल्प गर्दछौँ ।” “अभियानको तेस्रो दिन राजविराजमा मधेसी मोर्चाका कार्यकर्ता विखण्डनकारी र हिंसात्मक तत्वहरूको हतियार राख्ने आडका रूपमा प्रयोग हुनु दुखद र चिन्ताको विषय हो” —वक्तव्यमा भनिएको छ । तत्काल राजनीतिक दलसम्बन्धी विधेयकलगायत अन्य आवश्यक कानुनहरू अविलम्ब निर्माण गर्न, निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्न, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको कार्ययोजना प्रस्तुत गर्न, संविधान संशोधन विधेयक फिर्ता लिन र निर्वाचनसम्बन्धी अन्योल हटाएर सिङ्गो राष्ट्रलाई निर्वाचनको दिशामा अग्रसर गराउन अध्यक्ष ओलीले आव्हान गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE