Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

कि मलाई मेरा बुबा चाहिन्छ, कि प्रश्नको जवाफ

\"\"रोल्पा, २४ फागुन । दश वर्षे सशस्त्र युद्धका बेला अपहरणमा परेका मिरुल, रोल्पाका पत्रकार धनबहादुर रोकामगरकी छोरी पवित्रा रोकामगरले रुँदै भनिन्, “मेरा बुबाको कलमले कस्को के बिगारेको थियो रु किन अनाहकमा मेरा बुबालाई बेपत्ता पारियो रु किन अझै पनि मेरा बुबाकोे अवस्थाका बारेमा राज्य बेखबर छ, सरकार, कि मलाई मेरा बुबा चाहिन्छ, कि यो प्रश्नको जवाफ चाहिन्छ ।” धनबहादुरकी छोरी पवित्रा हाल १८ वर्ष पुगिसकेकी छिन् । उनीलगायत उनका दुई साना भाइ सदरमुकामस्थित होलिभिजन आवासीय माध्यमिक विद्यायल लिबाङ, रोल्पामा अध्ययनरत छन् । आगामी प्रवेशिका परीक्षामा सहभागी हुनका लागि पवित्राको तयारी तीव्ररुपमा चलिरहेको छ । तर पनि बुबाको सम्झनाले बेलाबेला उनलाई भावविह्वल बनाउने गरेको उनको भनाइ छ । पवित्राको ठूलोभाइ वसन्त हाल १६ वर्ष अनि सानो भाइ १४ वर्षका छन् । तर पनि अझै उनीहरुका बुबाको बारेमा परिवार बेखबर छ । पवित्राका बुबा युद्धका बेला रेडियो नेपाल, सुर्खेतमा मगरखाम भाषाको समाचार वाचन गर्थे । पारिवारिक स्रोतका अनुसार त्यसबेलाको देशको बिग्रँदो परिस्थितिका कारण धनबहादुरलाई घरमा सहजै आउने जाने वातावरण थिएन । यसकारण धनबहादुर चाहेको समयमा परिवारसँग भेट्न तथा घर पुग्न सक्थे । पवित्रा नजन्मदै धनबहादुरका बुबा र फुपाजुलाई तत्कालीन माओवादीले घरमै आएर रातको समयमा गोली हानेका थिए । गोली लागेर छटपटाइरहेका दुवैजनालाई उनीहरुले पटकपटक धारिलो हतियार प्रयोग गरेर छियाछिया पारेपछि घरमै एकैसाथ दुवैजनाको मृत्यु भएको धनबहादुरकी श्रीमती दिलकुमारीले जानकारी दिए । त्यसबेला धनबहादुरका भाइलाई पनि गोली लागेको थियो । युद्धकै समयमा नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगन्ज लगेर उपचार गरेपछि धनबहादुरका भाइको ज्यान बचेपनि धनबहादुरका बुबा र फुपाजुको एउटै चिहान बनेको उनले बताए । त्यसबेला भर्खरै विवाह बन्धनमा बाँधिएको धनबहादुरको जोडी भने ससुराली गएको हुँदा बाँच्न सफल भएको उनको भनाइ छ । दिलकुमारीका अनुसार तीन पटकसम्म तत्कालीन माओवादीले धनबहादुरको घर जलायो जसका कारण परिवारको सदस्य गुमाएको पीडा हुँदाहुँदै धनबहादुरको परिवारले अर्को ठूलो पीडा सहनुपरेको थियो । त्यसैले जीवन रक्षाका लागि पछिल्ला दिनमा धनबहादुर कहिल्यै घर फर्केनन् । विसं २०६० तिरको कुरा हो धनबहादुरकी श्रीमती दिलकुमारी सुत्केरी भएपछि सुत्केरी सामग्री तथा केही रुपैयाँ लिएर धनबहादुर सुर्खेतबाट लिबाङ आएका थिए । १७ दिनकी सुत्केरी बुहारी घरमा छोडेर धनबहादुरकी आमा छोरालाई भेट्न लिबाङसम्म आए । आमाछोरा दुइरात लिबाङ बसेपछि तेस्रो दिनमा उनकी आमा घर जानुभयो भने धनबहादुर कार्य क्षेत्र सुर्खेत । तर दुर्भाग्य उहाँको अन्तिम यात्रा प्यूठानको जलुकेमै रोकियो । धनबहादुर प्युठानको जलुकेबाट अपहरणमा परे । धनबहादुरसँगै अपहरणमा परेका अर्का एकजना शिक्षकले अपहरणमा परेको करिब तीन महिनापछि भागेर मुक्ति पाए, तर धनबहादुरको अवस्थाका बारेमा हालसम्म कसैलाई कुनै किसिमको आधिकारिक जानकारी छैन । पवित्राका अनुसार उनका बुबा अपहरणमा पर्दा पवित्रा पाँच वर्षकी थिइन् । अपहरणमा पर्नुभन्दा करिब एक वर्ष पहिले आमासँग आएकी पवित्राले लिबाङमा आफ्ना बुबालाई भेटेकी थिइन् । पवित्राको स्मरणमा बुबासँगको पहिलो तथा अन्तिम भेट त्यही थियो । त्यसबेला पवित्रा करिब चार वर्षकी थिइन् सबै कुरा उनले सम्झिराखेकी छैनन् तर पनि आफूहरु होटलमा बास बसेको र बुबाले किनेर ल्याइदिएको राम्रो फ्रक लगाएको कुरा उनको मानसपटलमा अझै ताजै छ । त्योबाहेक बुबाको बारेमा पवित्रालाई केही स्मरण छैन । आँसु पुछ्दै पवित्राले भनिन्, “धेरै वर्ष भयो बुबा बेखबर भएको अब त बुबा फर्कनु हुन्न भन्ने थाहा छ, तर पापी मन मान्दैन । बुबा फर्कने आशमा दिन गुजारीरहेका छौँ अझै पनि बुबा फर्कने झिनो आशा मनभित्रै लुकेको छ । यदि बुबा मारिएकै भए पनि आधिकारिक जानकारी पाए बुबाको काजकिरिया गर्ने थियौँ, अनिमात्र मनले शान्ति पाउने थियो ।” गएको दसैंमा स्कुल बिदा भएपछि पवित्रा घर गएकी थिइन् । उनलाई यसपालिको दसैंमा बुबाको धेरै याद आयो । अनि एल्बममा सजिएका फोटो हेर्दै गर्दा उनका बुबाले अपहरणमा पर्नुभन्दा अगाडि लेखेर पठाएको चिठ्ठी फेला प¥यो । पवित्राले दोहो¥याइ तेह¥याइ त्यो चिठ्ठी पढिन् । त्यसमा लेखिएको थियो, “छोरी पवित्रा र छोरा वसन्तलाई मीठो प्यार, अनि सम्झना । के गर्नु रु सन्तानको मायाले छट्पटाउँदा पनि घर आउन पाइँदैन । तिमीहरु ठूला भयौ भने मसँगै राखेर पढाउनेछु । चिठ्ठीमा राखेर रु छ हजार पठाएको छु घरखर्च चलाउनु । अपुग भए गाउँमा सापटी लिएर चलाउनु । नआत्ती बस जिन्दगी लामो छ । सधैँ समय निष्ठुरी बन्ने छैन । आज दुःख गरे भोलि सुखको दिन फर्कनेछ । उही तिमीहरुलाई माया गर्ने धनबहादुर ।’ यो चिठ्ठी पढेर पवित्रा धेरै रोएकी थिइन् । घरखर्च चलाउँदा अपुग भए सापटी काढेर चलाएको ऋण तिर्ने मान्छे नै बेखबर भएपछि पवित्राको परिवारमा ठूलो बज्रपात परेको छ । विद्यालयमा उनका सहपाठी साथीका अभिभावक आएर आफ्ना बालबच्चाको रेखदेख गर्दा पनि उनको मन पटकपटक छियाछिया भएको छ । कति पटक त उनी साथीको माझमा नै बुबालाई सम्झेर भक्कानो छोडेर रोएको उनका सहपाठीले बताए । पवित्रा भन्छिन् “जनताका पक्षमा काम गर्ने भन्दै पटकपटक शासन सत्ता बदलियो । तर बेपत्ता परिवारको न जीवन फेरियो न जीवनचर्या नै ।” पवित्रा जतिजति ठूली हुँदै गइन् त्यति त्यति बुबाको अभाव महसुस हुन थालेको छ । पवित्राका अनुसार हालसम्म नेपाल चिल्ड्रेन्स् एजुकेसन फन्डले उनीहरुको शैक्षिक क्षेत्रमा सहयोग गरिराखेको छ । यसले गर्दा उनीहरु शिक्षाको उज्यालो पाउनबाट वञ्चित बनेका छैनन् तर पवित्रालाई आगामी भविष्यको चिन्ताले पनि उत्तिकै पिरोल्ने गरेको छ । तीन सन्तानमध्येमा जेठी छोरी भएकै कारण उनलाई अझ बढी जिम्मेवारी थपिएको उनको भनाइ छ । हाल पवित्राले अध्ययन गर्दै आएको होली भिजन आवासीय माध्यमिक विद्यालय लिबाङ, रोल्पाका प्रिन्सिपल ओमप्रकाश केसीका अनुसार पवित्रा र उनका दुई भाइ पढाइमा उत्तिकै लगनशील र मेहनती छन् । अब निकट भविष्यमा पवित्रा एसएलसी उत्तीर्ण गरेर जाँदैछिन् । अबको उनको भविष्यका बारेमा विद्यालयले केही गर्न नसक्ने भएको हुँदा यस विषयमा सरोकारवाला निकायले सोच्नुपर्ने बेला आएको उहाँको भनाइ छ । उनका अनुसार अवसर पाए यी तीनै दिदीभाइ सक्षम र सबल नागरिकको रुपमा परिचित हुन सक्नेछन् । यस्तै, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रोल्पाका अध्यक्ष महेश न्यौपानेले पत्रकार धनबहादुर रोकाको अवस्थाबारेमा राज्यले चासो र चिन्ता गर्नैपर्ने बताएका छन । पत्रकार धनबहादुरको अवस्था यथाशीघ्र सार्वजनिक हुनुपर्ने उहाँको जोड छ । उनका अनुसार धनबहादुरका परिवारका सदस्य धनबहादुरलाई जिउँदो भेट्ने तीव्र चाहना बोकेर बाँचिराखेका छन् । उनीहरुको आर्थिक अवस्था पनि कमजोर भएका कारण सामान्य नागरिकभन्दा पत्रकारको परिवारलाई फरक ढङ्गबाट हेर्नुपर्ने उनको भनाइ छ । हाल छात्रवृत्तिकै भरमा अध्ययन गरिराखेका बालबालिकाको रोजगारीको ग्यारेन्टी राज्यले लिनैपर्छ, उनले भने । यसका साथै आयआर्जनका लागि पनि सोच्न सकेमात्र उनीहरुको परिवारलाई थप राहत मिल्नेछ भने धनबहादुरकी श्रीमतीलाई पनि आयआर्जनका लागि राज्यले व्यवस्था मिलाउनु पर्ने अध्यक्ष न्यौपानेको माग छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending