Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

कञ्चनपुरका चार दर्ताकेन्द्रमा एक सय ९२ को मतदाता नामदर्ता

कञ्चनपुर । गत शुक्रबारदेखि कञ्चनपुरमा सुरु भएको फोटोसहितको मतदाता नामावली सङ्कलन तथा दर्ता गर्ने कार्यक्रम अन्तर्गत चार दर्ताकेन्द्रमा १९२ जनाले नाम दर्ता गराएका छन् । भीमदत्त नगरपालिकाको वडा नं १ प्रगति युवा प्राथमिक विद्यालय वाराकुण्डा, रैकवार विचवा गाविसको गाविस भवन र कृष्णपुरको गाविस भवन, भीमदत्त नगरपालिकाको वडा नं २ सरस्वती उच्च माध्यमिक विद्यालय खोल्टी उल्टाखाम दर्ताकेन्द्रमा सञ्चालित मतदाता नामावली सङ्कलन तथा दर्ता कार्य सम्पन्न भएको हो । ती चार केन्द्रमा गरी १९२ जनाको फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरिएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका कम्प्युटर अपरेटर प्रकाश भट्टले बताए । बुधबार र बिहीबार बाइसेविचवाको गाविस कार्यालय भवन र देखतभूलीको गाविस दर्ताकेन्द्रमा मतदाता नामावली सङ्कलन तथा दर्ता कार्य गरिने निर्वाचन आयोगले जनाएको छ । यसअघि नामावली दर्ता गराएका तर नामावलीमा त्रुटि देखिएका, विदेशमा बसोवास गरिरहेका, बसाँइसराइ, मृत्यु आदि कारणले अद्यावधिक गर्नुपर्ने र नयाँ नागरिकता लिएका मानिसले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने उद्देश्यले पुनः दर्ता कार्य थालिएको आयोगका जिल्ला निर्वाचन अधिकारी केशवसिंह भण्डारीले जानकारी दिनुभयो । फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम–२०७१ अनुसार माघ २२ गतेदेखि अद्यावधिक कार्य सुरु भएको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending