Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

२४ घण्टा नवित्दै राप्रपामा तोडियो सहमति, लोहनीले अध्यक्षमा उम्मेदवारी दिने

\"\"काठमाडौं, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आजदेखि शुरु हुँदैछ । राजधानीमा हुने महाधिवेशनका लागि देशभरबाट राप्रपाका केन्द्रीय पार्षदहरु काठमाडौं आइसकेका छन् । योसँगै महाधिवेशनमा बोलाइएका भारतीय केहि दलका नेताहरु पनि काठमाडौं आइसकेका छन् भने केहि आउने क्रम जारी रहेको छ । अध्यक्ष पदका लागि फागुन ४ गते राप्रपाका कमल थापा, पशुपति शम्शेर राणा, लोकेन्द्रबहादुर चन्द र डा.प्रकाशचन्द्र लोहनीले कमल थापालाई अध्यक्ष बनाउने लिखित सहमति गरेका थिए । तर उक्त सहमतिलाई लोहनीले २४ घण्टा नवित्दै तोडेका छन् । पार्टीको विधानलाई असन्तुष्टि जनाउँदै एकलौटी ढंगले चलेको अारोप लगाएका छन् । लोहनीले आफु पनि अध्यक्षमा उम्मेद्वारी दिने विज्ञप्ति मार्फत जानकारी गराएका छन् । महाधिवेशनमा निम्त्याएका भारतीय केहि नेताले रातारात उक्त सहमतिलाई तोडेर लोहनीलाई अगाडी बढ्न सिग्नल दिएको स्रोतले खबरडबलीलार्इ बताएका छन् । सिग्नल पाएपछि लोहनीले आफ्ना कार्यकर्तालाई अध्यक्षमा आफुपनि उठ्ने भन्दै अाफ्नो पक्षमा माहौल सिर्जना गर्न निर्देशन दिएका छन् । राप्रपाको चुनाव चिह्न हलो राख्ने र पदाधिकारीमध्ये आधा निर्वाचित हुनुपर्ने सहमति पालना नभएको भन्दै यो अवस्थामा बुधबार भएको सहमतिको औचित्य नरहेको उनले बताए । ‘राप्रपा र राप्रपा नेपालबीच एकीकरण हुँदाको बखत एकीकृत राप्रपाको चुनाव चिन्ह हलो राख्ने सहमति भएको हो । तर उक्त सहमति हाल कार्यसम्पादन समितिमा पेश भएको नयाँ विधानमा हटाइएको छ ।’ लोहनीले भने, ‘चारजना महामन्त्री र पाँचजना उपाध्यक्षमध्ये दुई–दुईजना निर्वाचित हुने भन्ने थियो, यो सहमति पालना नभएपछि बुधबारको सहमति पालना गर्नुपर्ने औचित्य रहेन ।’ ‘पार्टीको अस्तित्व र पहिचान जोडिएका सहमति उल्लंघन भएको अवस्थामा अरू विषयमा भएको सहमतिको औचित्य नभएको मेरो निष्कर्ष हो, उनले भने, \'देशभरिका साथीहरूको स्वाभाविक सुझाबलाई शिरोपर गरेर म यो निर्णयमा पुगेको हुँ’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending