Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

दुर्घटना न्यूनीकरण गर्न अब राजमार्गमा स्टिलबार

\"\"बैतडी, ३ फागुन । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विश्व बैंकको करिब रु २० करोडको सहयोगमा सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङका मुख्य राजमार्गमा स्टिलबार ९स्टिल क्रस बेरियर० लगाउने काम भइरहेको छ । विश्व बैंकको सहयोगमा सडक विभाग, वैदेशिक महाशाखा सडक तथा ट्राफिक सुरक्षा योजना अन्तर्गत बैतडीको खोडपेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ–झुलाघाट सडकखण्ड र महाकाली राजमार्ग अन्तर्गत बैतडीकै सतबाँझदेखि दार्चुला सदरमुकाम खलङ्गा जोड्ने सडकखण्डको २६ दशमलव ५ किलोमिटरमा स्टिलबार लगाउने कार्य भइरहेको हो । निर्माण कार्यको ठेक्का पाएको गौरी पार्वती सूर्य जेभी कन्सट्रक्सन तीनवटै राजमार्गका दुर्घटना हुनसक्ने क्षेत्रमा स्टिलबार लगाइरहेकोछ । खोड्पेदेखि बझाङ सडकखण्डको कुल १०६ किलोमिटर सडकको दुर्घटना बढी हुनसक्ने क्षेत्रमा ११ दशमलव ४५ किलोमिटरमा स्टिलबार लगाउने कार्य सम्पन्न भइसकेको सुपरभाईजिङ कन्सल्टेन्ट ९आईओडब्लु० पंकज चन्दले जानकारी दिउ । यस्तै, बैतडीको सतवाँझ–झुलाघाट सडकखण्डको कूल ३७ किलोमिटर सडकमध्ये बढी दुर्घटना हुनसक्ने ४ दशमलव ७ किलोमिटर क्षेत्रमा र सतवाँझ–गोकुलेश्वर दार्चुला सडकखण्डको कुल १२६ किलोमिटरमध्ये बढी दुर्घटना हुनसक्ने १० दशमलव तीन किलोमिटर क्षेत्रमा पनि स्टिलबार लगाउने कार्य भइरहेको उनले बताए । विसं २०७४ असार मसान्तसम्म सक्ने लक्ष्यअनुसार विसं २०७२ फागुनदेखि सुरु भएको उक्त कार्यमा हालसम्म ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । पहाडको बाटो त्यसैमा पनि सिङ्गल लेन साँघुरो बाटोमा बढी दुर्घटना हुने सम्भावना हुन्छ आइओडब्लु चन्दले भन्नुभयो “स्टिलबार लगाइसकेपछि दुर्घटना न्यूनीकरण हुन्छ ।” स्टिलबार लगाइसकेपछि चालक होसियार हुनुका साथै आत्मविश्वास बढ्ने से १ ख १३३३ ट्रकका चालक धर्मानन्द जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “घुमाउरो बाटो दुर्घटनाको सम्भावना बढी हुन्छ, स्टिलबार लगाएपछि गाडी चलाउन सजिलो छ ।” पहाडी सडक, भिर, घुमाउरो अनि सिङ्गल लेन भएको यी सडकमा नयाँ तथा पहिलोपटक गाडी चलाउने चालक डराउने गरेको र स्टिलबार लगाइसकेपछि त्यो समस्या समेत हट्ने विश्वास गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका कार्यबाहक इन्चार्ज डिल्लीप्रसाद आचार्यले स्टिलबारले सवारी दुर्घटनाको सम्भावना कम गरेको बताए । उनले भने “ दिनमा स्टिलबार सुरक्षा गर्छ भने रातिको समयमा स्टिलबारमा लगाइने रिफ्लेक्सन लाइटले दुर्घटनाको सुम्भावना कम हुन्छ ” यसका साथै चालकलाई सवारी साधन चलाउन सहज रहेको र सडक सुरक्षा परियोजनाको यो उत्तमकार्य भएको समेत जिल्ला ट्राफिक कार्यालय बैतडीका कार्यबाहक इन्चार्ज आचार्यको भनाइरहेको छ । स्टिलबार लगाइसकेपछि दुर्घटनामा कमी आउने भएकोले ट्राफिक प्रहरीलाई समेत सवारी व्यवस्थापनमा सजिलो हुने उनको भनाई रहेको छ । बैतडीको खोडपेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको सतवाँझ–झुलाघाट सडकखण्ड र महाकाली राजमार्ग अन्तर्गत बैतडीकै सतबाँझदेखि दार्चुला सदरमुकाम खलङ्गा जोड्ने सडकखण्डसँगै विश्व बैंकको सहयोगमा सडक विभाग, वैदेशिक महाशाखा, सडक सुरक्षा आयोजना अन्तर्गत सुर्खेत, जुम्ला, जाजरकोट र रुकुमको सितलपाटी–मुसिकोट सडकखण्डमा पनि स्टिलबार लगाउनेकार्य भइरहेको बताइएको छ । यसअघि विश्व बैंकको सहयोगमा सडक सुरक्षा योजना अन्तर्गत कालोपत्रे भएका सडकमा स्टिलबार लगाउने कार्य भइरहेको बताइएको छ । स्टिलबारसँगै ग्याबियनबार लगाउने कार्य पनि सुरु भएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending